वीरगंज, ९ मंसिर । रौतहट, चितवन र मकवानपुरमा डांका तथा लुटेराहरुले लुटपाट मच्चाएका छन्।
गए राति साढे १ बजे रौतहट रघुनाथपुर-१ बस्ने रंन्जित चौधरीको घरमा हतियारधारी डाँकाहरुले घरका सदस्यहरुलाई कोठामा थुनी नगद रु. ५० हजार, सुन-४ तोला, चांदी-१ के.जी, नोकिया मोवाईल सेट-२ थान र विभिन्न लत्ताकपडा गरी रु.१० हजार बराबरको धनमान लुटी फरार भएको प्रहरीले जनाएको छ।
यसैगरी गए राति सवा १ बजे काठमाण्डौबाट बारा कोल्वी जाँदै गरेको ना.३ख १४७६ नं.को बसमा यात्रा गरी आएका ३ जना अपरिचित लुटेराहरुले पिप्ले-९ डढवा भन्ने स्थानमा लुटपाट गरेको छ।
लुटेराहरुले पेस्तोल, रड, खुकुरी देखाई गाडीवालाको रु.३५ हजार यात्रीहरुको रु ३ लाख लुटी फरार भएको प्रहरीले जनाएको छ।
यसैगरी हिजो साँझ हेटौडा -९ पशुपतिनगरस्थित नारायणी बहुउद्देश्य सहकारी संस्थामा लुटपाट भएको छ। नं. नखुलेको २ वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले रु.७ लाख लुटेर फरार भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment