Skip to main content

गढीमाइ मेला संचालक समितिमा भांडभैलो र भ्रष्टाचार


बरियारपुर, १० मंसिर । पंचवर्षीय विश्व प्रसिद्ध गढीमाई मेला व्यवस्थित रुपमा संचालन गर्न बनेको श्री गढीमाइ मेला मूल समिति विवाद, गूटगत स्वार्थ र भ्रष्टाचारपरस्त गतिविधिका कारण दर्शनार्थीहरुको सर्वोत्तम हितका लागि उपयोगी बन्न नसकेको कुरा बाहिर आएको छ।
विशेषगरी नेपाल तथा भारतका गढीमाईप्रति अपार श्रद्धा भएका नरनारीहरु पंचवर्षीय गढीमाई मेला भर्न असंख्य रुपमा पुगे पनि मेला मूल समिति नै भांडभैलोको खाल्डोमा जाकिन पुगेबाट मेला समितिले उल्लेखनीय, प्रसंशनीय र लोकप्रिय हुने कुनै गतिविधि गर्न सकेन भनि टिप्पणी गर्ने प्रशस्त उदाहरणहरु छन्।
श्री गढीमाइ मेला मूल समितिमा रहेका पदाधिकारी, सदस्यहरुका बीचमा मेला संचालनका विषयमा सहमति सहकार्य र एकता देखा परेन। श्री गढीमाई मेला मूल समितिका वैधानिक अध्यक्ष एनेकपा माओवादी बाराका चर्चित नेता एवं संविधानसभा सभासद्, स्थानीय बासिन्दा शिवचन्द्र कुशवाहा ँजमिन’ रहे पनि अवैधानिक रुपमा एनेकपा माओवादी भोजपुरा राज्य बारा, पर्सर्ाा रौतहटका सचिव एवं शिक्ष्ँक तथा स्थानीयवासी रामबाबु यादवले गढीमाइ मेला मूल समिति अवैधानिक तरिकाले समानान्तर रुपमा संचालन गरी मूल समितिको नीति र निर्ण्र्ााविपरित गतिविधि गरिरहेको थाहा हुन आएको छ।
गढीमाइ मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको समेत सहयोग पाएका रामबाबु यादवले नक्कली रसिद छपाएर जथाभावीसंग कर असूल गरेको पाइएको छ। रामबाबु यादव र शिवचन्द्र कुशवाहा दुवै माओवादी कार्यकर्ता भएर पनि उनीहरुमा व्यक्तिगत स्वार्थका कारण मेलमिलाप हुन नसक्दा मेलाको व्यवस्थापनका निकै कमी कमजोरी र भ्रष्टाचार मौलाउन भएको नाम नबताउने र्सतमा दुवैको क्रियाकलाप नजिकबाट नियालीरहेका स्थानीय एक माओवादी कार्यकर्ताले बताए।
वैधानिक रुपमा श्री गढीमाइ मेला मूल समितिको कार्यालय बरियारपुरस्थित श्री गढीमाइ महेन्द्र उच्च माध्यमिक विद्यालयमा रहेको छ र सो कार्यालयमा लगभग सवै संचारमाध्यमका प्रतिनिधि पुगेर मेला संचालनका बारेमा आवश्यक जानकारी लिएका थिए।
मेला मूल समितिका अध्यक्ष शिवचन्द्र कुशवाहा र सदस्य रामबाबु यादवबीचको चर्को अन्तरविरोध र गूटगत स्वार्थका कारण पंचवर्षीय मेलाबाट संकलन हुने ठूलो धनराशी डुबेको छ।
पंचवर्षीय श्री गढीमाइ मेलाको मुख्य पूजाको दिन सप्तमी तिथिका दिन नेपाल तथा भारतका दर्शनार्थीहरुले गढीमाईको भाकल स्वरुप ब्रम्हबाबा स्थानमा करिब १५ हजार रांगा महाबलिका रुपमा काटिने भएको छ।
सुरुका दिनमा मेला मूल समितिले प्रति रांगा रु २ हजारको दरले ठेक्का लगाउने तयारी गरिरहेको अवस्थामा मूल समितिमा गूट, फूट र लूटको अवस्था कायम हुंदा प्रतिगोटा रांगा छाला र मासुसहित रु ५ सयमा ठेक्का दिइएको छ। यस ठेक्का प्रकरण ठूलो घोटाला भएको छ। यो घोटाला कस्ले कसरी गर्‍यो भन्ने कुराको भण्डाफोर हुने मूल समितिका एक सदस्यले बताएका छन्।
मेला मूल समितिका अध्यक्ष शिवचन्द्र कुशवाहाले यस वर्षो मेलाबाट अनुमानित १२ करोड संकलन हुने आधार भए पनि आपसी फूट र असहयोगका कारण ३ करोड भन्दा बढी आम्दानी हुन नसक्ने बताउनुभएको छ। गढीमाइ क्ष्ँेत्रको विकासको लागि आफूले नेपाल सरकारबाट ठूलो बजेट रकम निकासा गराइ गुणस्तरीय कार्य गराइएको र स्थानीय जनताहरुले पनि आफूलाई बसी विश्वास गरेकोमा एउटै पार्टर्ीी विगतको आप\mना सहयोगीहरुले अन्तिम समयमा आएर आफूलाई असहयोग गरी मेलाबाट हुने आम्दानीको बाटोमा अवरोध पुर्‍याएको बताउनुभएको छ।
मेला समितिको आम्दानी, खर्च र समानान्तर समितिबाट उठाइएको रकमका बारेमा पब्लिक अडिट हुनुपर्ने कुरामा अध्यक्ष कुशवाहाले जोड दिनुभएको छ।
मेला मूल समितिले बोका, रांगा कर, जग्गा कर, मनोरन्जन कर, सवारी पार्किङ कर आदि लगाएको
छ।
समानान्तर समिति संचालन गरी मेलाबाट कर उठाउंदै आएका रामबाबु यादवको मोबाइल नं. ९८५५०४५०२९ मा सर्म्पर्क गर्न खोज्दा हुन सकेन।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।