
वीरगंज, १० मंसिर / महिला हिंसा विरुद्ध १६ दिने अभियान सफल पारौं नाराका साथ महिला विकास कार्यालय पर्साले जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। आज बिहान वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले महिला हिंसाको अन्त्यको लागि महिलामैत्री संविधान निर्माण गर लगायतको नाराअंकित प्लेकार्ड बोकेर नगर परिक्रमा गरेको हो।
यसैगरी नेपाल सरकारले यो वर्षलाई महिला हिंसाबिरुद्धको वर्षघोषणा गर्दैछ ।
महिलाबिरुद्ध हुने गरेका विभिन्न हिँसाको बिरुद्धमा आज सुरु हुने १६ दिने अभियानको अवसरमा यो घोषणा गर्ने तयारी भएको हो। - तस्बिर- जीवनलाल श्रेष्ठ
Comments
Post a Comment