Skip to main content

लेखा समितिले जहाज खरिदमा अवरोध पुर्‍याउनुहुँदैन ः पर्यटन व्यवसायी

जहाज खरिद प्रक्रिया रोक्दैनौं ः लेखा समिति

काठमाडौं, १ मंसिर । नेपाल वायुसेवा निगम -एनएसी) को जहाज खरिदको पक्ष र विपक्षमा मुलुक बाँडिए पनि सरोकारवालाहरुले जहाज प्रक्रियालाई लेखा समितिले अवरोध गर्न नहुने र खरिद प्रक्रिया रोकिएमा सिंगो पर्यटन व्यवसाय नै धराशायी हुने बताएका छन् । बिहीबार रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा एनएसी व्यवस्थापन, लेखा समितिका सदस्यहरु र पर्यटन व्यवसायीले आफूहरु जहाज खरिद प्रक्रिया खुला गरिदिनुपर्ने र प्रक्रियामा पारदर्शीत्ाा खोज्नु स्वाभाविकै भएको औंल्याए ।

कार्यक्रममा र्सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले संसदको र्सार्वजनिक लेखा समिति जहाज खरिदको विरोधी नभएको खालि त्यसको खरिद प्रक्रियामा छलफल मात्र चलाएको बताए । उनले भने-लेखा समितिले उठाएका प्रश्नहरुको सम्बन्धमा जानकारी नदिई किन एनएसीले ७, ५०, ००० अमेरिकी डलर कमिटमेन्ट चार्ज पठायो - कात्तिक १९ गते नेपालमा सम्झौता गर्ने र अरब मुलुकमा गएर किन र्सार्वजनिक गरियो भन्ने प्रश्न उठेकाले मात्र बोलाएका हौं । भोलिको बैठकमा निगमबाट सबै कागजात आए जहाज खरिद प्रक्रिया खुला गर्न तयार रहेको उनले बताए । उनले भने- हामी खरिद प्रक्रिया रोक्न चाहँदैनौं । यसमा कसैले दुबिधा नलिए हुन्छ।

जहाज खरिद प्रक्रियामा आर्थिक विनियमावली र र्सार्वजनिक खरिद ऐननियमको पालना भएको, नभएको हर्ेन चाहेको उनले बताए । एनएसीले सबै कारोबार पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवश्यक रहेको उनले औंल्याए ।

क्लब अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनएसीका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले कुनै पनि हालतता जहाज खरिद नरोकिने र आउँदो सेप्टेम्बरभित्र दुइटा एयरबस आउने ठोकुवा गरे । उनले भने- बरु म जस्तोसुकै कारबाही भोग्न तयार छु । तर यो खरिदप्रक्रियाबाट पछि हट्दिन । लेखा समितिले मागेका कागजात बुझाइसक्दा पनि निर्ण्र्ाागर्न ढिला गरिएको उनले आरोप लगाए । उनले भने- लेखा समितिले राजनीति गर्ने होइन, विकास निर्माणमा सहयोग गर्नुपर्छ ।

लामो समयपछि निगम व्यवस्थापनले विमान खरिद प्रक्रिया अघि बढाइरेका बेला यसलाई प्रभावित पार्न खोजिएको उनको धारणा थियो । उनले अन्य सरकारी संस्थानका कामकारबाहीम्ाा मौन लेखा समितिले निगममा हात हाल्नु शंकास्पद रहेको बताए । उनले भने-एयरबस कम्पनीबाट समयमै एमओयु गरी बैनाको रुपमा रकम नपठाए डेलिभरी समय तालिका गडबढ हुने भएकाले पठाइएको हो । विशुद्ध रुपमा निगमकोे हित र पर्यटन पर््रवर्द्धनलाई सघाउ पुर्‍याउन गरिएको कामलाई खराब नियतले शंका नगर्न उनको आग्रह थियो ।

कार्यक्रममा लेखा समितिका सदस्य रवीन्द्र अधिकारीले एनएसीलाई संकट नपरोस् भनेर समिति संवेदनशील भएको भन्दै कार्यकारी अध्यक्ष र महाप्रबन्धकको विवादले भद्रगोल अवस्था देखा परेको बताए । उनले भने- हामी जहाज खरिदको विरोधी होइनौं । प्रक्रिया पूरा गरेर जहाज किन्नोस् । हामी अनुमति दिन्छौं ।

लेखा समितिका सदस्य केशव नेपालले एनएसी जहाज खरिद प्रक्रियामा कमिसनको खेल भएको सुनिएको भन्दै पारदर्शीताका निम्ति लेखा समितिले हात हालेको बताए । अर्का सभासद् नारायण दाहालले जहाज खरिद प्रक्रियामा व्यक्तिलाई होइन, संस्थालाई फाइदा हुनुपर्ने बताए । हतारमा काम गरेर फर्ुसदमा पछुताउने स्थिति आउन दिनुनहुने उनको भनाइ थियो । दुवै सभासद्को भनाइ थियो- जहाज खरिद प्रक्रिया रोक्नु हुँदैन । यसले मुलुकको आर्थिक क्षेत्रमा क्षति पुर्‍याउन सक्छ ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष२०११ का संयोजक योगेन्द्र शाक्यले जहाज किन्न नसकिए नेपाल भ्रमण वर्ष२०११ मनाउन नसकिने बताए । जहाज खरिद प्रक्रियामा राजनीति नगरौं । रोकिएमा पर्यटन क्षेत्र ध्वस्त हुन्छ । पर्यटन व्यवसायी वसन्त मिश्रले भ्रमण वर्षसफल पार्न पनि राष्ट्रिय ध्वजावाहकको जहाज थप्नुपर्ने बताए । उनले भने- पहिले हामीसँग १७ वटा जहाज थियो । अहिले सात वटा मात्र छ । हामी सँगै आएको थाई एयरवेज कहाँ पुगिसक्यो, हामी संकर्ीण्ाताका कारण यस्त्ाो नियति झेलिरहेका छौं ।

कार्यक्रममा पर्यटन व्यवसायी दीपक महत, राजेन्द्र बजगाईं, सुमन पाण्डे, शम्भू पाठकलगायतले जहाज खरिद प्रक्रिया रोकिए अन्तर्रर्ााट्रय विमान कम्पनीको विश्वास गुम्ने, नेपाल भ्रमण वर्षसफल नहुने, पर्यटन क्षेत्र संकटग्रस्त हुने भएकाले तत्काल खरिद अनुमति दिन लेखा समितिलाई आग्रह गरे ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।