बारा, मङ्सिर ९/ऐतिहासिक गढीमाइ मन्दिरमा एसियामै सबैभन्दा बढी बलि दिइने दिन आजदेखि सुरु भएको छ।
वलीको पहिलो दिन आज राँगाको बलि दिइएको छ। राँगाको वली दिएपछि भोलि अन्य पशुपंक्षीको वली दिने चलन रहेको छ। वलीका लागि हिजो करिब १५ हजार राँगाहरू मेलामा भित्र्याइएको छ।
आज बिहान तान्त्रिक विधिअनुसार पूजा गरेर ब्रम्हस्थानमा द्वीप बालेर वली दिने काम सुरु भएको छ। ब्रम्हस्थानमा द्वीप बालेपछि सो स्थानमा गढीमाईको उपस्थिति रहने धार्मिक विश्वास रहिआएको छ।
गढीमाइ मेलामा अनुमानित १ करोड भन्दाबढि मानिसहरूको उपस्थिति रहेको गढीमाई मेला समितिले दावी गरेको छ।
मेला क्षेत्रमा एनिमल वेलफेयर नेर्टवर्क नेपाल र पशुबलि निषेध चेतना अभियान, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रलगायतले बलि दान नगर्न आग्रह गर्नुको साथै चेतनामूलक पोस्टर पम्पलेट टांसेका छन्।
Comments
Post a Comment