Skip to main content

हेटौँडामा फोटो पुस्तक "लर्डाईंमा जनता" फोटो प्रदर्शनी हुने

हेटौडा, १४ मंसिर। बृहत शान्ति सम्झौताको तेश्रो वाषिर्कोत्सवको अवसर पारेर नेपाञ्लयले र्सार्वजनिक गरेको बहुचर्चित फोटो पुस्तक "लर्डाईँमा जनता" को तेश्रो भाग "युद्धपछि जनता" को हेटौँडामा प्रदशृनी गरिने भएको छ।
नेपाललयको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र नारायणी यातायात व्यवसायी संघ, हेटौँडाको आतिथ्यमा यही मंसिर १७ र १८ गते हेटौँडामा पर््रदशनी गर्न लागिएको हो।
हेटौँडाको पल्पसा सभागृहमा विहान १० वजेदेखि ५ः०० वजेसम्म फोटा प्रदर्शनी गरिने छ।
काठमाण्डौवाट सुरु भएको "युद्धपछि जनता"को फोटो प्रदर्शनी यात्रा बाहेकर् इटहरी, इलाम, दमक हुँदै हेटौंडापछि कावासोती, नेपालगंज र तानसेन गरी देशका ७ सहरहरूमा पनि हुने भएको छ।
सन् २००६ मा प्रकाशित "लर्डाईँमा जनता" को दोश्रो भाग "फेरि यस्तो नहोस्ा्" सन् २००८ मा प्रकाशित भैसकेको छ। कुन्द दीक्षितद्वारा सम्पादित यी तीनै फोटो पुस्तकहरूले एक दशक लामो जनयुद्धका व|mममा आम नागरिकलाई परेका प्रत्यक्ष्य­ अप्रत्यक्ष्य असरहरूलाई उजागर गरेका छन्। सो युद्धका व|mममा १५ हजार भन्दा बढी नेपालीहरूले ज्यान गुमाएका थिए।
नेपालयलेे सन् २००७­८ मा देशका ३२ जिल्लाहरूमा "लर्डाईँमा जनता" पुस्तकबाट चुनिएका फोटोहरूको प्रदर्शनीयात्रा सम्पन्न गरेको थियो, जसलाई तीन लाख पचास हजार भन्दा बढी जनताले अवलोकन गरेका थिए। सोही प्रदर्शनीका व|mममा जनताहरुले व्यक्त गरेका अभिमतहरूको संगालो "फेरि यस्तो नहोस्ा्" नामक दोश्रो फोटो पुस्तकको रुपमा प्रकाशित भएको थियो।
"लर्डाईँमा जनता" मा समेटिएका पीडितहरू मध्ये केही प्रतिनिधि पात्रहरू र विगत तीन वर्षा उनीहरुको अवस्थामा आएका परिवर्तनलाई "युद्धपछि जनता" मा चित्रण गर्न खोजिएको छ।
सम्पादक कुन्द दीक्षित भन्नुहुन्छ ( "युद्धको त्यति भयावह परिस्थितिबाट गुज्रेर पनि आफूलाई पुनर्सथापन गर्न नेपाली जनताहरूले देखाएको संयम, अदम्य साहस र आशावादी सोचका कारण साधारण मान्छेका आसाधारण कथाहरू जन्मेका छन्।"
युध्दका व|mममा दर्ुइ भिन्दै पक्षबाट लडेर पनि अहिले फेरि आपसमा मिलेका दिदीभाईको परिवार, युद्ध विराम पछि साधु बनेका लडाकु, अनि मारिएका तथा वेपत्ता पारिएकाहरूका परिवारले बाँच्नका लागि गरिरहेका दैनिक संर्घष्ाका कथाहरू "युद्धपछि जनता" का फोटोहरूमा समेटिएको छ।
"यी पुस्तकहरूले हामीलाई युद्धका विभिषिकाको सम्झना दिलाउँछन् र त्यो घाउ पुरिन कति कठीन हुन्छ भन्ने वास्तविकता पनि देखाउँछन्ा्",
कुन्दले भन्नभयो("सामाजिक मतभेद र कलहलाई शान्तिपूर्ण ढंगले समाधान गरेर भविष्यमा फेरि यस्तो बेहोर्नु नपरोस्ा् भन्ने अठोट गर्नका लागि यसले महत्वपूर्ण योगदान गर्नेछ।
नेपाञ्लय र मदन पुरस्कारको सहकार्यमा यी तीनै पुस्तकका चित्रहरूको स्थायी प्रदर्शनी पनि मदन पुरस्कार पाटन ढोकामा हुने भएको छ जसमा युध्दका थप फोटोहरू र जन अभिमत पनि समावेश हुनेछ।
"यो प्रदर्शनी शान्ति संग्रहालय र शैक्षिक गतिविधिका लागि केन्द्र विन्दुका रूपमा रहनेछ भन्ने हामीले आशा गरेका छौं।" नेपालयका किरणकृष्ण श्रेष्ठले भन्नुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।