Skip to main content

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनर्ुपर्छ (फोरम अध्यक्ष यादव

काठमाडौं, कात्तिक १६। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमति सरकार गठन गर्न सक्नुपर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सहमति बनाउने दायित्व प्रधानमन्त्रीको भएको बताएका हुन्।
'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनर्ुपर्छ,' यादवले भने, 'राष्ट्रिय सहमति बनाउने दायित्व प्रधानमन्त्रीको हो।' के गरेर राष्टिय सहमति हुन्छ त्यही गर्नुपर्ने उनको भनाई थियो। कुनै एक दललाई पन्छाएर अगाडि बढ्दा समस्या समाधान हुननसक्ने बताए। सबैलाई समेटेर लानुको विकल्प नभएको बताए। राष्ट्रिय सहमति बने आफ्नो दल सरकारमा जाने तर तत्काल सरकारमा जाने नीति नरहेको बताए।
यादवले प्रधानमन्त्रीले सहमति बनाउन नसके ढोका खोल्नुपर्ने बताए। उनले भने, 'सहमति बनाउन नसके ढोका बन्द गरेर बस्नु हुदैन, बाटो छाड्नर्ुपर्छ।' प्रधानमन्त्रीले राजीनामा दिनर्ुपर्छ भन्नुभएको हो भन्ने प्रश्नमा उनले ढोका खोल्ने दायित्व निभाउनर्ुपर्छ भनी दोहोर्‍याए। राष्टिय सहमति भए फोरम सरकारमा जानसक्ने बताए। यद्यपि अहिले सरकारमा जाने कुनै नीति नरहेको बताए। आफ्नो दल सहमतिको पक्षमा रहेको बताए। देशलाई द्वन्द्वमा धकेलेर कसैको हित नहुने बताए।
एकीकृत नेकपा माओवादीको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले अहिले सहमति गर्ने बेला रहेको बताए। उनले भने, 'माओवादी र हाम्रो बाटो बेग्लै छ। माओवादीसंग हाम्रो मोर्चाबन्दी छैन।' माओवादीलाई पनि सहमतिमा आउन आग्रह गरे। सदनमा अवरोध गर्न नहुने भन्दै गतिरोध अन्तको ढोका सदबाटै खोल्नुपर्ने बताए। सदन अवरोध हुदा धेरैजसो महत्वपर्ूण्ा विषयमा अवरोध उत्पन्न भएको बताए। बजेट सदनबाटै पारित हुनुपर्नेमा उनको जोड थियो। बजेट पारित गर्न अन्य बाटो खोजिनु उपयुक्त नहुने बताए।
फोरमले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ९ बुंदे ज्ञापनपत्र पेश गरेको उल्लेख गर्दै सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिए। विगतमा संयुक्त मधेशी मोर्चासंग भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उपराष्टपतिलाई क्रियाशील बनाउनुपर्ने, हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए। सहमतिका साथ सबै दल संविधान निर्माणमा जानुपर्नेमा उनको जोड थियो। पछिल्लो असमझदारी तत्काल हट्नुपर्ने र त्यसका लागि सबैले आफ्नो अडान छाड्नुपर्ने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।