Skip to main content

ग्रामीण बिकासको लागि पर्यटन

भक्तपुर, ९ मंसिर । तेश्रो पर्यटन मेलामा नेपालका ग्रामीण पर्यटकीय गन्तब्यहरुको बारेमा सुचना लिने युवाहरुको घुइचो लागेको छ। मंसिर ८, ९ र १० गते सम्म ७५ वटा स्टल राखिने पुर्वकार्यक्रम हेरफेर गरिएको थियो। स्टल राख्ने चाहनेको संख्या बढे पछि स्टल संख्या ८५ पुगेको हो।
भक्तपुरमा होटेल ब्यबसाय गरिरहेको मकर श्रेष्ठले बाह्र बर्षो मकर मेलाको बारेमा त पहिले सुनेका थिए। मेलामा राखिएको पनौतीको स्टलमा उनले मकर मेला आगामी माघ महिना भरी लाग्ने थाहा पाए। २४ बर्षअघि माघ महिनामा मकरका मातापिता पनौती मेला भरेर फर्किए पछि जन्मिएकोले उनको नाम मकर राखिएको रहेछ। आन्तरीक पर्यटन खानपिनको सेवा गर्न चाहने मकरले पनौती मेलामा खानपिनको पसल राख्ने भएका छन्। तीस लाख मानिस आउने सो मेलामा तयारी सुरु भैसकेको छ।
र् पर्यटन मेलामा नेपालका ग्रामीण भेगका उत्पादनहरु पर््रदर्शन गरिएको छ। ताप्लेजुङको छर्ुर्पीमा दर्शकहरुको रुचि देखिन्थ्ये। इलामको चिया, धनगढी बासका सामाग्री, सिन्धुपाल्चोकको चीज, जलकपुरको मिथिला आर्ट र लुम्बिनीको बौद्ध गुम्बाहरुको फोटोहरु मेलामा पर््रदर्शन गरिएको थियो।
मेला हर्ेन आइपुगकी पाटनकी कल्पना महर्जन गत बर्षकलेजबाट नेपाल टुर गएर फुरुङ भएकी रहिछिन्। त्यतिबेला उनलाई पुरै नेपाल घुमिसकेको अनुभव भएको थियो। मेलामा आए पछि भने उनले नजिकै रहेको सुन्दरीजल समेत नपुगेको थाहा पाए। यस किसिमको मेलाले आन्तरीक पर्यटन पर््रबर्द्धन गर्न सहयोगी हुने कल्पनाले भने।
नगरकोटबाट आएकी र्सर्मिला लामालाई आफ्नो जातिको बारेमा जान इच्छा छ। तामाङ संस्कृति लोप भएकोमा चिन्ता ब्यक्त गर्नले लामाले पर्यटन धुन्चे गाउँमा तामाङ संङग्राहलय सन्चालनमा रहेको थाहा पाउदा निकै खुसी भए। म्युजियममा तामाङ जातिको रहनसहन झल्कने भेषभुषा, संस्कृति सामाग्रीहरु संकलन गरिएको पर््रदशकले लामालाई जानकारी गराए। तामाङ पोशाक पहिरिएर फोटो खिचाउन स्टुडियो समेत म्युजियम भित्र रहेको छ।
आधुनितासंगै लोप हुदै गएको ढुङगे कलाको संरक्षणको लागि बिराटनगरका युवा मञ्जुल मितेरी बिश्वबिख्यात एक हजार ब्यक्तित्वहरुको मुर्ति बनाइ संङग्रालय बनाउने योजना दर्शकहरुलाई जानकारी गराइएको थियो।
र् पर्यटकीय नगर पोखरा मा रहेको फेवातालको मुहान हर्पन खोला रहेको पञ्चासे लेकको पर््रबर्द्धनको लागि गुरुयोजना बनिरहेको पञ्चासे बिकास समितीले जानकारी गराएको छ। पदमार्गको बारेमा जानकारी लिन पर्यटन बिषयका बिद्यार्थीहरु उत्साहित देखिएका थिए।
जीबजन्तुको संरक्षण प्रति चासो राख्ने बातावरण बिज्ञानकी बिद्यार्थी प्रगति शाही नेपालका निकुञ्जहरुको बारेमा एक छतमुनि जानकारी पाउदा मेला उपयोगी भएको बताए। भबिष्यमा मेला दिइएको जानकारीको आधारमा निकुञ्जहरुको भ्रमणमा जाने योजना प्रगतिले सुनाए। पर्यटन मार्फ ग्रामीण बिकास भएमा स्थानीयबासिन्दाले नै दर्ुलभ बन्यजन्तुको संरक्षणमा लाग्ने प्रगतिको भनाइ छ । निकुञ्ज भित्र तस्करीको लागि खोलिने महँगा होटेलहरु भन्दा निकुञ्ज बाहिर रहेका बस्तीहरुमा पर्यटकहरुलाई बसोबास गर्ने ब्यबस्था निति सरकारको हुनु पर्नेमा शाहीले जोड दिए।
तीन पटक काठमाण्डौंमा आयोजना भएको मेला आगामी बर्षउपत्यका बाहिर लग्ने पर्यटन बोर्ड लक्ष्य रहेको छ। ग्रामीण बिकासको लागि गरिएको मेलामा कम मात्र ग्रामीण दर्शकको सहभागिता रह्यो।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...