Skip to main content

भ्रष्टाचारको समाचार प्रकाशि भएपछि थारु छात्रावास संचालक समितिको ध्यानार्षण

वीरगंज, २० मंसिर। आदर्श थारु छात्रावासमा समेत भ्रष्टाचार भन्ने शिर्ष समाचार प्रकाशित भएपछि आदर्श थारु छात्रावास संचालक समितिको गम्भीर ध्यानाकर्षण जनाउंदै एउटा खण्डन पत्र जारी गरेको छ।
संस्थाले जारी गरेको पत्रमा उल्लेख छ- २००९ सालमा थारु समाजका अग्रज एवं समाजसेवी स्व. केवल चौधरीको अथक प्रयासमा स्थापना भएको यस संस्थामा हालसम्म विभिन्न कार्यकालमा गरी पांचवटा कार्यकारीणी संचालक समितिका रेखदेखमा संचालन हुंदै आएको जनाएको छ।
कार्यकारीणी समितिमा शान्ति चौधरीलाई यस संचालक समितिको निर्णय अनुसार मिति २०६५ चैत ७ गतेदेखि संस्थाको कोषाध्यक्ष पदमा नियुक्ति भइ कामकाज गर्दै आउनुभएकोमा निजले आप\mनो मनोमानी ढंले यस संस्थाको कोष संचालन गर्दै आएकोमा संस्थाका संचालक समितिले सो कार्य एकलौटी निर्णयले गर्नु मनासिब नहुने भनि रोक लगाएकोले निजले आफूखुशी गर्न नपाएकोमा मिति २०६६ कार्तिक ७ गते यस संस्थाको संचालक समितिसमक्ष राजीनामा पेश गरेको हुंदा कार्तिक २५ गते बसेको बैठकले निजको राजीनामा स्वीकृत गरेको थियो। ततपश्चात निजलार्य पटक पटक आप\mनो जिम्मा रहेको नगदी जिन्सी सहित आफूले आफनो कार्यकालमा गरेको आर्थिक कारोबारको पेश्की फछ्र्यौट गर्न आउनुहुन पत्राचार गर्दा पनि निजको जिम्मा रहेको आव. २०६५/६६ को लेखा परीक्षण प्रतिवेदनबाट बक्यौता रहेको असूल गर्नुपर्ने रकम रु ३५ हजार ५ सय ८५ समेत गरी कूल १ लाख १२ हजार ८ सय २५ यस संस्थाको रकम उल्टै हिनामिना गरेको देखिन्छ।
यस संस्थाको विधान बमोजिम संस्थाको कोष संचालन गर्ने अभिभारा कोषाध्यक्षको नै रहने हुंदा निजको कार्यकालमा नै महशुल तिर्न बांकी देखिन्छ। जबकि तत्कालीन कोषाध्यक्ष श्रीमती शान्ति चौधरीले आप\mनो पदमा बहाल रहदाको बखत निजले उठाएको रकममध्येबाट विद्युत महसुल तथा खानेपानी महशुल तिर्न पुग्ने प्रयाप्त रकम देखिए तापनि निजले के कति कारणले नतिरी हालसम्म बाकी बक्यौता देखिन्छ।
आदर्श थारु छात्रावासको नाममा दर्ता रहेको वीउमनपा वडा नं. ६ कि. नं. ६८ नम्शा नं. ०३९०-१४ जम्मा क्षेत्रफल ०.६६५५.४ वर्गमिटरको जग्गा हालसम्म यस संस्थाको नाममा नै दर्ता कायम रहेको छ। संस्थाको संचालक समितिको मिति २०६६ कार्तिक ११ गते बसेको बैठकले गरेको निर्णय अनुसार यहा उपलब्ध पुरान ाइटा र काठको समुचित सदुपयोग हुने गरी थप आय मूलक भवन टहरा निर्माण गर्ने र्सवसहमतिबाट निर्णय भएकोले सोही बमोजिम निर्माण भएको जानकारी गराइएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...