Skip to main content

संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्त नभी पिल्लेको वक्तव्य

काठमाडौं, २५ मंसिर । संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्त नभी पिल्ले मानवअधिकार दिवसको अवसरमा आज दिनुभएको प्रेस वक्तव्य दिनुभएको छ ।
उहांले दिनुभएको वक्तव्यमा उल्लेख छ - अविभेदसम्बन्धी अवधारणा मानवअधिकारको हृदयमा रहेको हुन्छ।

यसै कारणले गर्दा यसलाई सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र पारित भएको वार्षिकोत्सवमा प्रत्येक वर्ष मनाइने मानवअधिकार दिवसको औपचारिक विषयवस्तु तोकिएको हो। अनि, यो र अन्य धेरै कारणले गर्दा यो प्रत्येक दिन, प्रत्येक वर्ष, प्रत्येक व्यक्तिका लागि अनौपचारिक विषयवस्तु हुनुपर्छ।

विश्वव्यापी घोषणापत्रका ३० मध्ये २६ धाराहरू ूप्रत्येकले॰॰॰ू वा ूकसैले॰॰॰ू शब्दबाट सुरु हुन्छन्। प्रत्येकले सबै मानवअधिकारको उपभोग गर्नुपर्छ। कसैलाई पनि बहिष्कार गरिनु हुँदैन। सबै मानिस स्वतन्त्र जन्मन्छन् र मर्यादा र अधिकारहरूमा समान हुन्छन्। कुनै पनि भेदभाव हुनुहुँदैन।

आज, हामीसँग अविभेदको अवधारणाले भरिएका अधिकारमा आधारित अन्तर्राष्ट्रिय सन्धिहरूको पूर्ण शृङ्खला छ। यिनमा, उदाहरणार्थ, बालअधिकार, अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकार, शरणार्थी तथा आप्रवासी कामदाहरूको अधिकारसम्बन्धी महासन्धिहरू, जातीय भेदभाव तथा महिलाविरुद्ध हुने भेदभाव उन्मूलनमा समर्पित महासन्धिहरू एवं श्रम, स्वास्थ्य र धर्मसँग सम्बन्धित सन्धिहरू पर्दछन्। यी कानुनी रूपमा बन्धनकारी मापदण्डहरूलाई अल्पसङ्ख्यकको अधिकार तथा आदिवासी जनजाति अधिकारसँग सम्बन्धित महत्त्वपूर्ण संयुक्त राष्ट्रसङ्‍घीय घोषणापत्रहरूले पूर्ण बनाएका छन्।

यी अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डहरूलाई हजारौँ राष्ट्रिय तथा क्षेत्रीय कानुन र संस्थाहरूले समर्थन गरेका छन्। केही देशहरूमा अहिले वास्तविक विश्वव्यापी शिक्षा छ र त्योभन्दा सानो सङ्ख्याका देशहरूमा विश्वव्यापी स्वास्थ्य प्रणाली छ। यी सबै कुराहरूलाई एकै ठाउँमा राख्दा यसले कानुनअन्तर्गत समान अवसर र समान व्यवहार भएको विश्व सिर्जना गर्ने मानवको क्षमता र आकाङ्क्षाको असाधारण उपलब्धिलाई जनाउँदछ। यसैको फलस्वरूप दशौं लाख मानिसहरूले लाभ उठाएका छन्।

सबै प्रकारका मानिसहरूमा केही न केही दिने कुराहरू हुन्छन्। हामीले विविधता अङ्‍गीकार गर्दा हामी हाम्रो सेवामा थप समृद्धि र गहिराइ ल्याउनेछौँ। तथापि भेदभाव अझै जताततै छ।

महिलाहरूले विश्वको कार्यसमयको दुई/तिहाई काम गर्छन् र विश्वमा उत्पादन हुने खानाको आधा उत्पादन गर्छन्, तैपनि विश्वमा हुने आमदानीको १० प्रतिशतमात्र कमाउँछन् र उनीहरूसँग विश्वको सम्पत्तिको एक प्रतिशतभन्दा कम सम्पत्ति छ। अघिल्लो शताब्दीमा भएका उल्लेखनीय सुधारका बाबजुद महिला तथा बालिकाहरू अझै केही समाजमा केही मात्रामा र धेरै समाजमा ठूलो मात्रामा भेदभाव गरिएका छन्। प्रत्येक दिन असङ्‍ख्य महिलाहरू यौन वा शारीरिक दुर्व्यवहारको सिकार हुन्छन् र उनीहरूमाथि दुर्व्यवहार गर्ने अधिकांश व्यक्तिहरू सजायबाट उम्कन्छन् र भावी दुर्व्यवहार रोकिंदैन।

विश्वका सबै क्षेत्रका अल्पसङ्ख्यकहरूले निरन्तर गम्भीर खतरा, भेदभाव तथा जातिवादको सामना गर्नुपरेको छ र उनीहरूलाई आफू बस्ने देश वा समाजका बहुसङ्ख्यकलाई उपलब्ध आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पूर्ण रूपमा भाग लिनबाट प्रायः वञ्चित गरिएको छ।

विश्वको जनसङ्ख्याको पाँच प्रतिशतमा पर्ने तर सर्वाधिक गरिबहरूमध्ये १५ प्रतिशत पर्ने अनुमानित ३७ करोड आदिवासी जनजातिहरूले पनि त्यस्तै समस्याहरूको सामना गर्नुपरेको छ। उनीहरू प्रायः सीमान्तीकृत छन्, जग्गा तथा सम्पत्तिलगायत धेरै मौलिक अधिकारबाट वञ्चित छन् र आधारभूत सेवाहरूमा उनीहरूको पहुँच कम छ।

नश्लीय तथा जातीय भेदभाव पनि विश्वभर पाइन्छ र यो सबैभन्दा खतरनाक भेदभावहरूमध्ये एक रहेको छ। यसलाई नरोक्ने वा फैलन दिने हो भने यसले सजिलै घृणा, हिंसा निम्त्याउन र सबैभन्दा नराम्रो भए पूर्ण द्वन्द्व, मानवताविरुद्धको अपराध र जातिहत्यासम्मको स्थितिमा धकेल्न सक्छ।

धर्म र आस्थामा आधारित भेदभाव पनि उत्तिकै विध्वंशकारी हुन्छ। केही देशमा केही समुदायका सदस्यहरूलाई आफ्नो धर्म वा आस्था मान्न पाउने कुराहरूमा बन्देज लगाइएको छ र उनीहरूलाई मौलिक अधिकारबाट वञ्चित गरिएको छ। चरम अवस्थामा त्यस्तो स्थितिले साम्प्रदायिक हिंसा, हत्या र द्वन्द्व निम्त्याउन सक्छ। रुढिवादले कलङ्‍क र एक्ल्याउने अवस्था ल्याउन सक्छ।

शरणार्थी र आप्रवासीहरू सम्पन्न देशहरूमा समेत व्यापक रूपमा भेदभाव गरिएका छन्। त्यस्ता देशहरूमा कुनै अपराध नगरेका पुरुष, महिला तथा बालबालिकाहरूलाई प्रायःजसो लामो समयसम्म थुनामा राखिन्छ। उनीहरूमाथि जमिन्दार, रोजगारदाता तथा राज्यद्वारा सञ्चालित निकायहरूद्वारा बारम्बार भेदभाव गरिएको छ र केही राजनीतिक दल, आमसञ्चार माध्यम तथा केही सर्वसाधारणहरूद्वारा उनीहरूलाई रुढिवादी दृष्टिकोणबाट हेरिनुका साथै उनीहरूको बदख्वाइँ गरिएको छ।

अरू धेरै समुदायले पनि कमबेसी भेदभावको सामना गर्नुपरेको छ। तीमध्ये केहीलाई अपाङ्‍गता भएका व्यक्तिहरू, राज्यविहीन, महिला तथा पुरुष समलिङ्गीहरू, जातविशेषका सदस्य तथा वृद्धवृद्धा भनेर सजिलै परिभाषा गर्न सकिन्छ। यस्तो भेदभावमा अरू कतिपय भिन्न समुदायहरू पनि परेका हुनसक्छन् जसले परिणामस्वरूप फरक मात्रामा आफूमाथि भेदभाव गरिएको पाउन सक्छन्।

भेदभाव नगरिएकाहरूलाई आफूजस्तै मानिसहरूमाथि भेदभावले पारेको पीडा र मानमर्दनबारे बुझ्न प्रायः कठिन हुन्छ। न त उनीहरूले सम्पूर्ण समाजमाथि यसले पारेको क्षयकारी प्रभावबारे नै सधैँ बुझ्दछन्।

भेदभावले अविश्वास, आक्रोश, हिंसा, अपराध तथा असुरक्षा पैदा गर्छ र यसले उत्पादकत्व कम गर्ने हुनाले कुनै आर्थिक अर्थ पनि राख्दैन। समाजका लागि यो बिल्कुलै लाभदायी छैन। तथापि, हामी के गरिरहेका छौँ भन्ने बुझ्दै नबुझी पनि प्रायः आफसेआफ हामी सबैजसो यसमा लागेका छौँ।

तसर्थ, म विविधतालाई अँगालेर तथा भेदभावलाई अन्त्यका लागि ठोस र दिगो कार्य गर्न दृढ भएर मानवअधिकार दिवस २००९ लाई सम्मान गर्न सबैतिरका मानिसहरू / राजनीतिज्ञ, अधिकारीहरू, व्यापारी नेताहरू, नागरिक समाज, राष्ट्रिय मानवअधिकार संस्थाहरू, सञ्चारमाध्यमहरू, धार्मिक नेताहरू, शिक्षक, विद्यार्थी तथा प्रत्येक व्यक्ति / लाई प्रोत्साहन गर्न चाहन्छु।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।