Skip to main content

अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको अनुमोदनका लागि उच्चायुक्तको कार्यालयको आग्रह

काठमाडौं, १७ मंसिर । उच्चायुक्तको कार्यालय-नेपालले अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ९डिसेम्बर ३०का अवसरमा अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको नेपालद्वारा अनुमोदनको पक्षमा समर्थनका लागि नागरिक समाजका राष्ट्रिय सङ्‍गठनहरूद्वारा आयोजित विभिन्न कार्यक्रममा साथ दिएको छ।
यस कार्यालयले साझेदार सङ्‍गठनहरूसँगको सहकार्यमा अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारका सम्बन्धमा सचेतना ल्याउन तथा वकालत गर्न विभिन्न गतिविधिहरूको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरूमा सहयोग गरिरहेको छ। अन्य कुरामध्ये, यी गतिविधिहरूमा स्कुले बालबालिकाका लागि चित्रकला प्रतियोगिता ९मङ्‍‌सिर १५०, अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको अनुमोदनका साथै नयाँ संविधानमा अपाङ्‍गता भएका व्यक्तिहरूका लागि मानवअधिकार संरक्षणको सबलीकरण ९मङ्‍‌सिर १७०मा सांसदहरूको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रम तथा दृष्टिविहीनहरूको म्याराथन दौड ९मङ्‍‌सिर २०० पर्दछन्। नेपाल अपाङ्‍ग मानवअधिकार केन्द्र ९केन्द्र०सँग मिलेर यस कार्यालयले “अपाङ्‍गताः बहिष्करणदेखि अधिकारसम्मः सांसदहरूका लागि हातेपुस्तक”को विमोचन पनि गर्नेछ।
विश्व जनसङ्‍ख्याको १० प्रतिशत अपाङ्‍गताबाट पीडित भएको र झन्डै दुई करोड महिला गर्भावस्था तथा प्रसव अवस्थामा हुने जटिलताहरूको परिणामस्वरूप अपाङ्‍ग हुने गरेको अनुमान गरिएको छ। नेपालमा अपाङ्‍गताबाट पीडित व्यक्तिहरूलाई स्वास्थ्य सेवा, सार्वजनिक भवन तथा यातायातका साधन, शिक्षा, सूचना, रोजगारी एवं मतदान तथा आफ्नो स्वतन्त्र र सूचित मञ्जुरीमा आफ्नो जीवनबारे निर्णय गर्नेलगायतका राजनीतिक तथा नागरिक अधिकारहरूमा पहुँचको अभाव जस्ता आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूबाट नियमित रूपमा वञ्चित गरिएको छ।
“अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धि र यसको ऐच्छिक सन्धिपत्रको अनुमोदन मुलुकको राष्ट्रिय कानुनी खाका, विकास योजना र बजेट निर्धारण तथा सम्बद्ध नीतिहरूमा प्रतिविम्बित हुनेछ। यसले अपाङ्‍गता भएका व्यक्तिहरूलाई महासन्धिमा प्रस्ट रूपमा उल्लेख गरिएअनुसार आफ्नो समाजप्रति तथा नेपालको विकासमा महत्त्वपूर्ण रूपमा योगदान पुर्‍याउन पूर्ण नागरिकका रूपमा जीवन निर्वाह गर्न सक्षम तुल्याउनेछ,” नेपालस्थित उच्चायुक्तको कार्यालयका प्रमुख रिचर्ड बेनेटले भन्नुभयो। “अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारलाई अगाडि बढाउनेतर्फ नागरिक समाजले गरेका प्रयासहरूलाई मेरो कार्यालयको बलियो समर्थन रहेको छ।”

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।