Skip to main content

शान्ति-सुरक्षाको प्रत्याभूतिः पर्खाइको बिषय

-महेशचन्द्र गौतम

वीरगंज नगरमा बिग्रिएको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्छु न्ने बात हांक्ने पर्साका प्रजिअ, वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रहरी उपरीक्षकले कहिलेसम्म स्थानीय वासिन्दाहरुलाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउने हुन्, पर्खाइको विक्षय भएको छ।
शहरको मुटु मानिने आदर्शनगर क्षेत्रका व्यापारी, र्सवसाधारण मात्र नभइ नगर क्षेत्रको अन्य स्थानका बासिन्दाहरु समेत अपराधिक क्रियाकलापबाट अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको वृद्धिले सरकारको मातहतमा रहेका सुरक्षाकर्मी प्रमुखहरुको योजनालाई धोती लगाएको भान हुन थालेको छ।
यसरी नगर क्षेत्रमा बढ्दै गएको अपराधिक क्रियाकलापलाई सुधार गुर खोक्रो प्रतिबद्धता जाहेर गर्ने सुरक्षा निकायले राज्यद्वारा प्रतिबन्धित गरिएको विस्फोटक पदार्थ वैवाहिक कार्यक्रममा हिजै मात्र निरन्तर २५ औं पटक पडकाएर नगरवासीलाई आतंकित तुल्याउने कार्य गर्दा समेत उक्त कार्यउपर रोक लगाउन नसकेबाट वर्तमान सुरक्षा निकाय प्रमुखको काबिलियतसमेतलाई नागरिक समाजसमक्ष प्रष्टयाएको छ ।
बिग्रिदै गएको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्ने चुनौति रहेको पर्साको सुरक्षा निकायले एक मोटरसाइकलमा तीन व्यक्ति सवार, बिना हेलमेट सवारी चलाउने, मोटरसाइकलका नम्बर प्लेटमा बसन्ती र शोले चलचित्रको संवाद लेखी हिंड्ने, नम्बर प्रष्ट नदेखिने, बिना लाइसेन्स सवारी गुडाउने, वन-वे नियम तोड्ने, अनटेस्ट लेखिएका मोटरसाइकल लामो समयसम्म चलाउन दिइने जस्ता प्रत्यक्ष देखिने कार्यको नियन्त्रण नगर्न सक्नुलाई नागरिक समाजले कुन रुपमा हर्ेर्ने यस्ता प्रश्न पनि उठ्न थालेका छन्।
डिउटीमा खटिएका प्रहरी, ट्राफिक प्रहरी कामप्रति इमान्दार नभइ घण्टौं मोबाइलमा कुरा गर्ने जस्ता क्रियाकलाप अझैं देख्न सकिने अवस्थाले सुरक्षा निकाय प्रमुखको लाचारीपनलाई दर्शाउंछ भन्दा अत्युक्ति नहोला।
यस परिस्थितिमा वर्तमान सुरक्षा निकाय प्रमुखहरुले आप\mनै क्षेत्रबाट सुधारको प्रक्रिया थालनी गरी ट्राफिक प्रहरी लगायत सुरक्षाका लागि खटाइने अन्य प्रहरीहरुलाई चुस्त, दुरुस्त बनाइ परिचालन गरेमा नागरिक समाजले अवश्य पनि सुरक्षाको प्रत्याभूति पाउंछन् भन्ने कुरामा दुइमत नहोला। वर्तमान परिस्थितिमा
सवारी ट्राफिक व्यवस्थापन दुरुस्त पार्ने एवं पट्का जस्ता विस्फोटक पदार्थ वैवाहिक कार्यक्रममा पड्काउन नपाइने परिपत्र जारी गरी सो कार्यउपर रोक लगाउन सकिए मात्रै भने पनि त्रासमय वातावरणबाट नागरिक समाजले छुटकारा पाइ केही हदसम्म सुरक्षाको प्रत्याभूति हुने नागरिक समाजका बौद्धिक व्यक्तिहरुको धारणा छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।