Skip to main content

ऐतिहासिक धार्मिकस्थल राम-जानकी मन्दिर जीर्ण हुंदै

- अजय यादव
वीरगंज, ८ पुष। ऐतिहासिक धार्मिकस्थल जनकपुरको रामजानकी मन्दिर लगायत अन्य मठ-मन्दिर, पार्टर्ीीैवा आदि जीर्ण हुंदै गएपछि धार्मिक स्थलको संरक्ष्ँण गर्ने जिम्माबाट सरकार पन्छिरहेको रामजानकी मन्दिरका पूजारीको आरोप छ। नेपालको प्रमुख ठाउं जनकपुरधामका रामजानकी मन्दिरका ७० वर्षीय मूलपूजारी पं. भुवनेश्वर मिश्रका अनुसार विश्वमा प्रख्यात रहेको रामजानकी मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीहरूले मठ-मन्दिरको दुरावस्था देखी आफूसंग गुनासो गरेको बताएका छन्। निकै वर्षेखि सो क्ष्ँेत्रमा पसल संचालन गर्दै आएको धीरेन्द्र झाले नेपालमा अहिले राजनीतिक खिंचातानी भइरहेको बेला ऐतिहासिक एवं धार्मिक स्थलहरू पनि मासिदै गइरहेको बताए। रामजानकी मन्दिरका मूलपूजारी पं. भुवनेश्वर मिश्रका अनुसार मैले यस मन्दिरमा विसं. २०३८ सालदेखि हालसम्म पूजारीको रूपमा काम गर्दै आइरहेका छन् तर सरकारको तर्फाट यस मन्दिरको लागि अहिलेसम्म कुनै ठोस योजना नभएकोमा दुःख व्यक्त गर्नुभयो।
रामजानकी मन्दिर प्राचीनकालदेखि नै रहेको त्यहांका स्थानीयवासीले बताएका छन्। भगवान राम र सीताको विवाह जनकपुरमा भएको धर्मशास्त्रमा उल्लेख छ। भगवान राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् भने सीता जनकपुरका राजा जनककी छोरी रहेको रामायणमा प्रष्ट उल्लेख छ। मन्दिरको अवस्था दिनपरदिन जीर्ण बन्दै गइरहेको छ तर नेपाल सरकारले अहिलेसम्म कुनै ध्यान नदिएको मूल पूजारी मिश्रको आरोप छ। पुरानो शैलीमा बनेका मन्दिरमा रंगरोगन सबै उप्किएका छन्। ढोकाहरूको अवस्था पनि त्यस्तै बन्न पुगेको छ। धाराको उचित व्यवस्था नरहेको त्यहां दर्शन गर्नका लागि सिरहाबाट आएका रामेश्वर साह, दिनेश यादव, ललिता देवी, बबिता झा लगायतले यस दैनिकलाई बताए।
विवाह मण्डपको अवस्था केही हदसम्म राम्रँे भए पनि सजिसजाउ गर्न नसकिएपछि मन्दिरका व्यवस्थापन पक्ष्ँले सोचे अनुसारको कार्य गर्न सकिरहेका छैनन्। फाल्गुणमा जनकपुर आउनेहरूको संख्या उल्लेखनीय हुने कपडा व्यापारी रामनिवास झाले बताए।
नेपाल सरकार तथा अन्य गैर सरकारी संस्थाले यसतर्फध्यान पुर्‍याए भने जनकपुरधामलाई पर्यटकीय स्थल बनाउन सकिने जनकपुरस्थित जानकी एफएमका रमेशकुमारले बताए । उनका अनुसार जनकपुरको बाह्रविघाबाट पूर्वमा रहेका मन्दिरलाई संरक्षण गरियो भने नेपाली र जनकपुरवासीहरूको कल्याण हुनेछ। जनकपुरमा चारवटा भन्दा बढी एफएमहरू संचालन रहेको टुडे एफएमका वृजकिशोर यादवले बताए । उनले जनकपुरलाई ऐतिहासिक एवं धार्मिक स्थल सावित गर्नको लागि यथेष्ठ प्रमाणहरू रहेको बताए। जनकपुर नेपालको धार्मिकस्थल भए तापनि सबैको मन, मष्तिष्कमा बस्न सकोस्। रामजानकी मन्दिरले सबैको कल्याण गर्न सकून्। चांडै नेपालीहरूको चाहना अनुसार सबै कुरा पूरा हुन सकोस् यही कामना रामजानकी मन्दिरका ७० वर्षीय मूल पूजारी पं. भुवनेश्वर मिश्रले गरेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...