Skip to main content

मीनपचासमा मेला र महोत्सव

काठमाडौं, २ पुष। पुष र माघलाई मीनपचास पनि भन्ने गरिएको छ। अंगे्रजी क्यालेण्डरको नयाँ बर्षर क्रिसमस बिश्वमा प्रचलित चार्डपर्बहरु हुन। केही यता नेपालमा पनि यी पर्बहरु मनाउने गरिन थालेको छ। यसै नयाँ बर्षो अबसरमा दर्जनौं कार्यक्रमहरु देशैभरी आयोजना गरिदैछन्।
हिमाली समुदायका मानिसहरुले पनि आफ्नो नयाँ बर्षो पहिलो दिनको रुपमा लोसार पर्ब मनाउने गर्दछन्। चार वटा लोसार अहिले आआफ्ना समुदायले मान्ने गरेका छन्। मनाङमा मात्र मनाइने तोल लोसार यस बर्षपुष २ गते परेको छ। गुरुङ समुदायको तमू लोसार पुष गते मनाइदैछ। यसैगरी सोनाम लोसार माघ २ गते र शर्ेपाहरुको लोसार फागुन ३ गते भब्यताका साथ मनाइने भएको छ।
आफ्नो ठाउँमा पर्यटक भित्र्याउन मीनपचास अबधि महोत्सब र मेलाहरु पनि आयोजना गरिने भएको छ। आन्तरीक पर्यटकहरुलाई लक्षित गरेर यी मेला तथा महोत्सबहरु आयोजना गरिएका हुन।
धार्मिक स्थलहरुमा मीनपचास अबधिमा मेला लाग्ने गर्दछ । भक्तपुरको ल्हासापाकेमा मंसिर १७ गतेबाट शुरु भएको मेला आगमी श्री पञ्चमीसम्म लाग्नेछ। यहँा ज्ञानकी देबी सरस्वतीको दर्शनको लागि सबै उमेर समूहका मानिसहरु मेला अवधिको आइतबार र बिहिवारका दिनमा जाने गर्दछन्।
स्याङजामा स्याङजा महोत्सब क्रिसमसको अघिल्लो दिन पुष ९ गतेबाट सुरु भै पुष १८ गते सम्म सञ्चालन हुनेछ। पुष ९ गते नै सुरु हुने बुटवल महोत्सबको ११ औं संस्करण भने पुष २१ गते सम्म आयोजना हुनेछ । पुष ९ गते सुरु हुने अर्को मेला टिकापुर महोत्सब हो, जुन पुष १९ गते सम्म सञ्चालन हुनेछ। पुष १० गते काठमाण्डौंमा क्यापिटल एक्सपो नामको पुजी मेला सुरु हुनेछ। यसै दिनबाट सुरु हुने गोरखा महोत्सव भने पुष १४ गते सम्म सञ्चानलन हुनेछ।
र् पर्यटकको मनोरञ्जनको लागि बिगत ६ बर्षेखि निरन्तर आयोजना भैररहेको हात्ती दौड प्रतियोगिता चितवनमा हुन लागेको छ । चितवनको सौराहा तीन दिनसम्म सञ्चालन हुने दौड पुष ११ गतेबाट सुरु हुदैछ। पर्यटकीय नगर पोखरामा पुष १३ गतेबाट सुरु हुने पोखरा स्ट्रीट फेस्टिभल पाँच दिनसम्म चल्नेछ। नयाँ बर्षो अवसरमा युवा पिढीको मनोरन्जनको लागि यो फेस्टिभल आयोजना गर्न लागिएको हो। सुदुर पश्चिमको दैलखमा पुष २२ गते बाट सुरु हुने दैलेख महोत्सब पुष २८ गते आयोजना हुनेछ।
माघे संक्रान्तिबाट पनौतीमा एक महिना १२ बर्षो मकर मेला सुरु हुनेछ। मकर संक्रान्तिकै दिनमा गुल्मीको त्रिबेणा, सुनसरीको बराह क्षेत्र, सिपाडोलको आशापुरेश्वर महोदेबस्थानमा पनि भब्य मेला लाग्नेछ । आन्तरीक पर्यटनको धार्मिक आधार भएकाले यी क्षेत्रमा पर्यटक तथा तिथार्लुको सुबिधाको लागि कार्यहरु भैरहेका छन्। यसपाली कास्कीमा हुने लेखनाथ महोत्सबलाई बिवाह मेला बिशेषको रुपमा मनाउन तयारी गरिएको छ। माघ ८ गतेबाट सो मेला १० दिन सम्म चल्नेछ। जनकपुरका पर्यटन क्षेत्रको पंचारको लागि आयोजना गर्न लागिएकिो मिथिला महोत्सव माघ २३ गते सुरु हुनेछ। त्यसैगरी पाल्पाको रामपुर महोत्सव फागुन ६ गते देखि १० गते सम्म आयोजन गर्न लागिएको छ। रामपुरलाई कृषि पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने सो महोत्सबको लक्ष्य रहेको छ। पाल्पाको तानसेन महोत्सब भने फागुन २१ देखि नौ दिन सम्म चल्नेछ। नेपालमा हुन लागेका मेलाहरुको जानकारी हरीत समूहले वेभसाइट मा राखेको छ। http://rachalica.tripod.com मा मेला र महोत्सबका बारेमा उल्लेख गरिएको छ। यो पेजमा रहेको इभेन्ट भन्ने लिङक खोलेर मेलाको जानकारी पाइनेछ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।