Skip to main content

सरकारले नयां औद्योगिक नीति ल्याउने - उद्योग मन्त्री

काठमाडौं, मंसिर ३०। सरकारले केही दिनभित्रै राष्ट्रिय औद्योगिक नीति ल्याउने भएको छ। नयाँ नीतिलाई शुक्रबारसम्म क्याविनेटमा लैजाने र १५ दिनभित्रै लागू गरिने उद्योगमन्त्री महेन्द्र यादवले जानकारी दिए।
'मजदुरहरुले श्रम ऐन र ट्रेड युनियन ऐनविपरीत गैरव्यावसायिक माग राखेर बन्द, हडताल र चक्काजाम गरिरहेकाले त्यसको अन्त्य गर्न सरकार राष्ट्रिय औद्योगिक नीति ल्याउने निष्कर्षा पुगेको हो,' मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री यादवले भने, 'नयाँ नीतिमा काम नगरेको दिनमा मजदुरले पैसा नपाउने -नो वर्क, नो पे) को स्पष्ट व्यवस्था हुनेछ।'
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री यादवले औद्योगिक क्षेत्र तहसनहस हुनुमा मजदुर दोषी पाइएको बताए। 'व्यापार घाटा, कच्चा पदार्थको संकट, कानुनको अभाव, राजनीतिक दबाब, उद्योग कौडीको भाउमा जाने स्थिति र विद्युत आपर्ूर्तिको कमीले नहुँदा औद्योगिक क्षेत्र धराशायी भएको छ,' उनले भने।
मन्त्री यादवले बन्द, हडतालको अवज्ञा गर्न व्यवसायीलाई आग्रह गरे। 'अब कुनै पनि बन्दको अवज्ञा गर्नोस्, सरकारले पर्ूण्ा सुरक्षा दिन्छ र नियमअनुसार क्षतिपर्ूर्ति पनि दिन्छ,' उनले भने, 'सुरक्षा दिन सरकारले कुनै कसर बाँकी राख्ने छैन।'
उनले एकीकृत माओवादीलाई पुस ५, ६ र ७ को आम हडताल तत्काल फिर्ता लिन आग्रह गरे। 'नलिए शान्ति सुरक्षा कायम राख्न र जिउधनको सुरक्षा दिन सरकारले जस्तोसुकै कदम उठाउन पछि पर्ने छैन,' उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले औद्योगिक क्षेत्रमा संकटकाल क्षेत्र घोषणा गर्ने अवस्था आएको बताए। सुरक्षाको प्रत्याभूति नभएकाले उद्योग क्षेत्र संकटमा परेको उनको भनाइ थियो। 'कुनै पनि दल र संघसंस्थाको बन्द कुनै पनि हालतमा बन्द स्वीकार गर्दैनौं,' उनले भने, 'औद्योगिक क्षेत्र तहसनहस हुनबाट रोक्न सरकारले गम्भीर भएर सुरक्षा दिनर्ुपर्छ।'
महासंघले 'बन्द अवज्ञा गर, प्रतिवाद गर र प्रतिकार गर' भन्ने नयाँ नीति ल्याउन लागेको उनले जानकारी दिए। उनले औद्योगिक क्षेत्रलाई जोगाउन दलहरुले राष्ट्रिय सहमति बनाउनुपर्नेमा जोड दिए। 'सरकारले हामीलाई एउटा सुरक्षा देओस् र अर्को क्षतिपर्ूर्ति देओस्,' उनले भने।
आफू सरकारमा हुँदा बन्द सधैंका लागि बन्द गर्ने भन्ने माओवादीले सत्ताबाट हट्नासाथ बन्द गर्ने डबल स्ट्यार्न्र्डड देखाएको आरोप उनले लगाए। माओवादीको पर्ूव घोषित आम हडताल रोक्न महासंघले छिट्टै मुख्य तीन पार्टर्ीी शर्ीष्ा नेताको बैठक राख्ने उनले बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले बन्द, हडताल तत्काल बन्द नगरे मुलुकको आर्थिक क्षेत्र धराशायी हुने बताए। 'आर्थिक क्षेत्रलाई बचाउने हो भने माओवादीले हडताल फिर्ता लिएर तत्काल सहमतिमा आउनर्ुपर्छ,' उनले भने, 'नत्र हामी एक भएर प्रतिवाद र प्रतिकारमा उत्रन बाध्य हुनेछौं।'
माओवादी निकट राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष कृष्ण आचार्यले बन्द, हडताल राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै समाधान गरिनुपर्ने उनले बताए। 'बन्द हडताल कसैले गनर्ुर्ुुँदैन,' उनले भने, 'तर, पहिले सरकार सुधिनर्ुपर्छ।'

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।