सन्तोष दाहाल, बहराइन, २९ मंसिर। मिति २००९-१२-०४ का दिन बहराइन नेपाली एकता समाज केन्द्रिय समितिले हाँजी हसिन अल अली कम्पनीमा कार्यरत नेपाली मजदुरहरुको एक भेला आयोजना गर्यो। शो भेलामा बहराइन नेपाली एकता समाज केन्द्रिय समितिका सभापति तेजमान सिंजाली, सल्लाहकार दलबहादुर गाँहा र अलि एरिया समितिमा सचिव भोला राम बि.क. को विशेष उपस्थिती रहेको थियो। भेलामा बहराइन नेपाली एकता समाजको निति र उद्देश्य माथी प्रकाश पार्दै भेलाले "ए" र "बि" गरी एघार/एघार जना रहने गरी दर्ुइ इकाई समिति गठन गरेको छ। पदाधिकारीहरु यस प्रकार रहनु भएको छ। "ए" इकाई समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, कोषाध्यक्ष र सदस्यहरु गरी क्रमश पदम सुनार, मनोज थापा, प्रेम पुन, हरि खड्का, कुमार गुरुङ्ग, रमेश थापा, श्याम गुरुङ्ग, कृष्ण रेग्मी, भिम केसी, पदम न्यौपाने र जितबहादुर रहनु भएको छ। "बी" इकाई समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश नरेन्द कार्की, नरेन्द्र श्रेष्ठ, दिलीपकुमार थापा, सुनिल शर्मा, दिलीप लिम्बु, उमेश र्राई, तामबहादुर सारु, तेकबहादुर परियार, दिलबहादुर थापा र सन्जिव लिम्बु रहनु भएको छ। त्यसतै गरेर ६ डीसेम्बर २००९ का दिन केन्द्रिय सचिव श्याम प्रसाद गौतमको बिशेष उपस्थितीमा र चित्र बहादुर बिष्टको पहलमा कोइजी कन्ट्रक्सन इकाई समिति पनि गठन भएको छ। जसमा सभापति, सचिव, कोषाध्यक्ष र सदस्यहरु क्रमश तेजबहादुर गेवा, सन्तोष लिम्बु, पदमबहादुर तामाङ्ग, टोकबहादुर गुरुङ्ग र विश्व केसी रहनु भएको छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment