Skip to main content

बारामा खुलेयाम काठ तस्करी

-अजय यादव -
बारा, ५ पुष। बारा जिल्लामा यतिखेर खुलेयाम रूपले काठतस्करहरूले दिनहुं हरियो काठ काटेर भारत पुर्‍याइरहेको स्थानीयवासीहरुले बताएका छन्। हरियो बन नेपालको धन भन्ने उखान समाप्त पार्न लागेका तस्करहरुले बारा जिल्लाको सीमावर्ती गाउं हुंंदै ५ सयको संख्यामा रहेका काठ तस्करहरूले काठ लगि भारतमा बेचिरहेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालय बारा मौन भएर बसेको छ । सहजबली, हरैया, करैया, दहियार, भवानीपुरबाट, बरियारपुर, धर्मपुर, स्रि्रौनगढ, मटिअर्वा, इनर्वा, मझरिया, हर्दिया कबही हंुदै भारत पुर्‍याइरहेको त्यस क्ष्ँेत्रको हरियो काठलाई सम्बन्धित निकायले रोक्न प्रति कुनै कदम नचलाएको प्रत्यक्ष्ँदर्शीहरूले जानकारी दिएका छन् । अहिले बारामा काठतस्करहरूको संख्या बढ्दै गएको वन व्यवस्थापन समितिका एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्। उनका अनुसार बारा जिल्लाको सदरमुकाम कलैया बस्ने ठूला नेताहरूले यस कार्यलाई संरक्षण गरिरहेको र काठतस्करमार्फ धमाधम हरियो काठ काटेर भारत पुर्‍याइरहेका छन्।
सयौंको संख्याभन्दा बढी रहेका तस्करहरुले हरियो काठहरू दिनहुं साइकलमा लोड गरी तस्करी बाटो भारततर्फ लाने गरेको कुरा मझरिया धर्मपुर टोलका कृष्णप्रसाद यादव बताउंछन्। यादवका अनुसार धर्मपुर चोक हुंदै लगभग दिनहुं २ सय भन्दा बढी साइकलहरू जाने गर्दछन् तर प्रहरी प्रशासनले महिनाबारी लिएका कारण केही बोल्न सक्दैनन्। त्यसरी नै बारा, हर्दिया-५ का अशोकप्रसाद यादवले अहिले बारा जिल्लामा काठतस्करहरूको वृद्धि हुनुमा नेताहरूको हात रहेको आरोप लगाएका छन्। बारा जिल्लाका केही नेताहरूको संरक्षणमा काठको तस्करी भइरहेको खुल्न आए तापनि सम्बन्धित निकायले केही गर्न नसकेको उनले बताए।
बारा जिल्लामा यसरी काठ तस्करी हुंदा पनि सम्बन्धित निकाय मौन बस्नुले बाराबासीहरू चिन्तित बन्न पुगेको उनले बताए। अहिले बरियारपुर, हर्दिया, कबहीलगायत अन्य गाविसमा काठतस्करहरू बिहानैदेखि काठ लगिरहेको दृश्य जोकोहीले पनि देख्न सकिने हर्दियाका मोतीप्रसाद यादव, नन्हक साद, विजयकुमार मिश्रले बताएका छन्। यसरी भइरहेको हरियो काठको तस्करीले भोलिका दिनमा तर्राई क्ष्ँेत्र नै मरुभूमिको रुपमा बदलिन सक्ने भएको हुंदा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बाराबासीको भनाइ छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।