Skip to main content

वीरगंज नगरको दूर्गति

वीरगंज, १७ मंसिर। वीरगंज उपमहानगरपालिका लामो समयदेखि कार्यकारी अधिकृतबिहिन छ। स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत पठाउन सकेको छैन। वीउमनपामा जनप्रतिनिधि छैनन्। कार्यरत कर्मचारीहरूले काम गर्न छाडेका छन्। वीरगंज नगर पूर्ण दर्ुगन्धित छ। वीरगंज नगरको दर्ुगति वीरगंजवासी तीन छक्क परेका छन्। वीउमनपाले उठाएको करमा भ्रष्टाचार भएको छ। वीउमनपाको स्वामित्व र संरक्षणमा रहेका र्सार्वजनिक जग्गाहरू अतिक्रमण भइरहेका छन्। र्सार्वजनिक सडक र र्सार्वजनिक जग्गा -ओपन स्पेश) फोहर फाल्ने डम्पिङ साइटमा परिणत भएको छ। वीउमनपाका फोहर व्यवस्थापन गर्ने कर्मचारीहरूले आप\mनो दायित्व लगभग भुलेका छन्। वीरगंज उपमहानगरपालिका कार्यालय टाट पल्टिएको छ। दुहुनो गाइका रूपमा चुस्दै र लुट्दै आएका विभिन्न दलका प्रतिनिधि हिजोआज थारो गाइ ठानेर वीउमनपामा पाइला समेत टेक्न छाडेका छन्। वीमउनपाबाट भुक्तानी लिन बा“की निर्माण ठेकेदार र सामग्री सप्लाएरहरू भुक्तानी गरिरहेका घुसखोरी, भ्रष्टाचार र ढिलासुस्तीको वर्णन गरेर साध्य छैन। वीरगंज नगरपालिका अब नरकपालिका बनेको छ। वीरगंज नेपालको प्रमुख प्रवेशद्वार र औद्योगिक एवं व्यापारिक केन्द्र हो। दर्ुगन्धित नगरमा रोग पनि फैलिएको छ। नगरको वीरगंज नगरको सभ्यता र संस्कृति र्छल· हुन्छ। छाडा गाई, सुंगुर नगरका सडकमा कुदिरहेका छन्। हराभरा, स्वच्छता भन्ने छैन। प्लाष्टिकमय वीरगंज कुरूप छ। वीरगंजवासीहरूले आफू बसेको सहर दिनपरदिन प्रदूषित हु“दै जा“दा राजनीतिमा अपराधिकरण, अपराधमा राजनीतिकरण हु“दा पनि कुनै प्रतिक्रिया नजनाइ रहेबाट वीरगंजमा मर्ुदाशान्ति छाएको अनुभूति हुन्छ। वीरगंज नगरका सडकहरू सबै भत्किएका छन्। पानी बग्ने नालाहरू सबै फोहर भरिएर थुनिएका छन्। वीरगंज नगरको छेउबाट बग्ने पवित्र नदी सिर्सिया दर्ुगन्धित ढल बनेको छ। वीरग.जको हावा, पानी, माटो सबै प्रदूषित छन्। वातावरणीय प्रदूषणका कारण मानिसहरूको विचार पनि प्रदूषित बनेको छ। दर्ुगन्धित नगर, दर्ुगति भोगिरहेको वीरगंजलाई अब कस्ले व्यवस्थापन र निर्माण गर्ने -

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।