Skip to main content

कांग्रेस-एमाले शान्ति र संविधानविरोधी ः शर्मा

काठमाडौं, पुस ५। एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् जनार्दन शर्मा -प्रभाकर) ले राष्ट्रिय सेनामा माओवादी लडाकुलाई समायोजन हुन नदिने षड्यन्त्रको चक्रव्युह भारतमा रचिएको आरोप लगाएका छन्। 'भारतको स्थल सेनाध्यक्ष दीपक कपुरले प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग नेपाली सेनामा कुनै पनि हालतमा जनसेनालाई प्रवेश गर्न दिनहुन्न भन्ने धारणा राष्ट्रिय स्वाभिमानमाथि गम्भीर हस्तक्षेप हो,' आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा शर्माले भने, 'शान्ति प्रक्रियालाई अघि बढ्न नदिने चक्रब्युहको डिजाइन भारतमा भएको छ।'
कार्यक्रममा भासद् प्रदीप ज्ञवालीले एकीकृत माओवादीले मुलुकलाई उग्र वामपन्थी अराजकता मच्चाएर नाइजेरिया र सुडान बनाउन खोजेको बताएका छन्। 'माओवादी मुलुकको संविधानसभालाई प्रयोजनहीन तुल्याउने कसरत गरिरहेको छ,' उनले भने, 'यसरी माओवादीले सरकारै कब्जा गरे पनि त्यसले निरन्तरता पाउनेवाला छैन।'
माओवादी पाँच वर्षछि पश्चातापको अवस्था भेटिने उनको दाबी थियो। जनसेना, जनअदालत र जनसरकार गठन गर्ने माओवादी नागरिक सर्वोच्चताका पक्षमा हुन नसक्ने उनको थप जिकिर थियो। ज्ञवालीले सात महिनासम्म संसद बन्द गर्नु संसारकै लागि नौलो भएको बताए। 'माओवादीले बजेट पास गर्न संसद खोलेकोदेशको मायाले होइन,' उनले भने, '१९,६०२ लडाकु र २३८ सभासदलाई भत्ता खुवाउन हो।'
नेपाली कांग्रेसका नेता एवं सभासद रमेश लेखकले माओवादीले संकल्प प्रस्तावको हलो हड्काएर राजनीतिको गोरु चुट्ने काम गरिरहेको आरोप लगाए। नितान्त प्राविधिक विषय उठाएर माओवादीले नागरिक सर्वोच्चतालाई रणनीतिक नारा बनाएको उनको आरोप थियो।
'राष्ट्रपतिको चुन्ने र पदमुक्त गर्ने काम संसदको हो,' उनले भने, 'यसका लागि माओवादीले महाभियोग लगाउनुको विकल्प छैन।' नेता लेखकले सबैभन्दा ठूलो पार्टर्ीीएर पनि माओवादी गम्भीर र जिम्मेवार बन्न नसकेको आरोप लगाए। 'माओवादी संविधानसभाको काम आफै गर्दै हिँड्छ, अनि कांग्रेस, एमालेले संविधानसभाको औचित्य समाप्त गर्यो भन्ने आरोप लगाउँछ,' उनले भने, 'संविधानसभा त उसको काम उसैलाई गर्न दिए पो मजबुत हुन्छ।' माओवादी क्रियाकलाप जनप्रतिनिधिमुलक संस्थाहरुको औचित्य समाप्त गर्न उन्मुख भएको उनको भनाइ थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...