Skip to main content

गीता जयन्तीको अवसरमा ११ दिनसम्म गीता मन्दिरमा गीतापाठ, हवन, भजनकिर्तन

-सुदर्शनराज पाण्डे
५८औं गीता जयन्तीका अवसरमा वीरगंजस्थित गीता मन्दिरमा गीता प्रवचन दिइरहनुभएका आचार्य उमानाथ शास्त्रीले गीता र्सवशास्त्रमयी अर्थात सबै शास्त्रको सार गीतामा रहेको बताउनुभएको छ।
उहांले गीता उपनिषदको आधारमा ज्ञानकाण्ड, कर्म काण्ड, भक्तिकाण्ड, योग, साधना, कर्म सबैको ब्याख्या गीतामा पाइन्छ। गहिरो चिन्तन भएको हुनाले र्सवसाधारणलाई सजिलोसंग बुझन् अलि अप्ठेरो पर्दछ । गीता धर्म उपदेश सबैका लागि उपयोगी छ। गीतामा कर्मलाई प्रधानता दिइएको छ। कर्मको निन्दा नगरेर कर्म गर्दै जानुपर्दछ। निष्काम कर्मले नै मनुष्यलाई ज्ञान र भक्ति सिकाउंछ। गीतामा १८ अध्याय छ। अर्जुनको विषाद (दुःख)बाट गीताको जन्म भएको हो। १७ अध्यायसम्म १७ प्रकारका भगवानलाई प्राप्त गर्ने बाटो गीताले देखाएको छ। जस्मा ज्ञान, भक्ति र कर्म तीनैको त्रिवेणी बगेको छ। गीता समाधान ग्रन्थ भएको हुनाले सबैले गीतालाई र्सवश्रेष्ठ मानेका छन्। जसरी अर्जुनको विषद समाधान भयो, उसै प्रकारले सबै मानवको समाधान हुन सक्दछ भन्नुभएको छ।
गीता जयन्तीका बारेमा प्रकाश पार्नुहुंदै आचार्य उमानाथ शास्त्रीले मार्ग शिर्षशुक्ल एकादशीबाट महाभारत युद्ध आरम्भ भएको थियो। तर्सथ त्यस दिन भगवान श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश दिएको हुनाले प्रत्येक वर्षमार्ग शिर्षएकादशीका दिनदेखि ११ दिनसम्म गीता जयन्ती मनाइंदै आइरहेको हो। वीरगंजस्थित गीता मन्दिरमा ५८ औं गीता जयन्ती समारोहको आयोजना भइरहेको छ। ११ दिनसम्म गीता मन्दिरमा अपार भक्तजनहरूको सहभागितामा अखण्ड हवन, दैनिक १८ अध्याय गीताको पाठ, गीताको दैनिक १८ अध्यायबाट हवन, संक्षिप्त प्रवचन, भजनकिर्तन, प्रसाद वितरण आदि कार्यक्रम हुने बताउनुभएको छ। महामण्डलेश्वर ब्रम्हलीन स्वामर्ीर् इश्वरानन्दजीबाट वि.सं. २००९ सालमा स्थापना भएको गीता जयन्ती निरन्तर रूपले आजसम्म चलिरहेको छ। यस्का प्रथम आचार्य वीरगंजका श्री रामशरण शास्त्रीजी हुनुहुन्थ्यो। अहिले धेरैजसो समय मोरीसस राज्यमा बिताउनुहुने आचार्य उमानाथ शास्त्रीले स्थानापन्नमा सहयोग पुर्‍याइरहनुभएको छ।
गीता मन्दिर, गीता अध्ययन मण्डलका संस्थापक श्री इश्वरानन्द महाराज हुनुहुन्थ्यो भने स्थानापन्न महन्त श्री स्वामी त्यागानन्दजी रहनुभएको थियो। वर्तमान गीता मन्दिरको महन्त वाराणासी, भारतको महादेवा मठको समेत महन्त रहनुभएकी मां करूणानन्द भारती हुनुहुन्छ।
गीता मन्दिर, वीरगंजको संचालक समितिको संस्थापक अध्यक्ष रामबहादुर लाखे, सचिव गौरीलाल मुखिया, कोषाध्यक्ष शोभाहर्षशाक्य हुनुहुन्थ्यो। रामबहादुर लाखेपछि गीता मन्दिर संचालक समितिको अध्यक्ष स्व. गिरधारीलाल लाठ रहनुभयो र वर्तमान अध्यक्ष रामेश्वर खेतान, सचिव मदन गुप्ता र कोषाध्यक्ष फूलचन अग्रवाल रहनुभएको छ।
१००८ महामण्डलेश्वर स्वामी श्री इश्वरानन्द महाराजको प्रेरणा र हिन्दू धर्मावलम्बीहरूको सहयोगमा वीरगंज, घडिअर्वा पोखरी पर्ूव निर्मित गीता मन्दिरको शिलान्यास तत्कालीन नारायणी अंचलाधीश नन्दबहादुर मल्लबाट भएको थियो।
वि.सं. २०३२ साल जेष्ठ ९ गते तत्कालीन शाहवंशीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट करिब ६ लाखको लागतमा निर्मित गीता मन्दिरको उद्घाटन भएको थियो । गीता मन्दिरमा भगवान श्रीकृष्णको जन्मकालदेखि अन्त्यसम्मका विभिन्न शिलाहरूको भित्ताचित्रहरू अंकित छन् । श्रीमदभागवद गीताका अष्ट दशोध्याय -१८ अध्याय) भित्ताको शिलामा लेखिएका छन्। भगवान श्रीकृष्णको पूण्कदको मूर्ति छ। दिनहुं भजनकिर्तन, पूजापाठ, आरती हुने गीता मन्दिरमा सांझ-बिहान भक्तजनहरूको भींड लाग्ने गर्दछ र धार्मिक पर्यटन केन्द्र पनि बनेको छ ।
नेपालमा रहेका हिन्दूहरूको व्यवहारमा र समाजका सबै मानिसको मानसिक अवस्थामा भयानक नकारात्मक प्रभाव पार्दै आइरहेको वातावरणमा गीता अध्ययन मण्डल जस्ता संस्थाहरूको विशेष महत्व हुने भएकोले गीता अध्ययन मण्डल स्थापना गरी सोही अर्न्तर्गत काठमाडौं, वीरगंज, पोखरा, धरान लगायतका स्थानमा गीता मन्दिर निर्माण भए, मन, बचन र कर्मलाई पवित्र पार्ने उद्देश्यले अभ्रि्रेरित भइ गीताको निस्काम सेवाको मूलमन्त्र बोकी अचेतना र ज्ञानको कमी भएका तथा दर्रि्रता र पछौटेपनले सताइरहेको नेपाली समाजमा केही गरौं भन्ने भावना राख्ने सनातन हिन्दू धर्म र्रर् इश्वरप्रति आस्था राख्ने सबैका लागि गीता मन्दिर एउटा पवित्र थलो बनेको छ।
गीता मन्दिर संचालक समिति वीरगंजको सक्रियतामा प्रत्येक वर्षधुमधामका साथ गीता जयन्ती मनाइन्छ। गीता मन्दिरको स्वामित्वमा अचल सम्पत्ति निकै धेरै छ। गीता मन्दिरले जिन्सी सामानहरू पनि जोडेको छ। गीता मन्दिरमा भाद्र कृष्ण जन्माष्टमीका दिन भगवान कृष्ण महोत्सव प्रत्येक वर्षमार्ग शुक्ल एकादशीदेखि ११ दिनसम्म गीता जयन्ती, शोभा यात्रा, बेलाबेलामा भण्डारा, धार्मिक प्रवचन हुने गर्दछ। गीता मन्दिर संचालक समितिले गीता मन्दिरको सम्भार, संरक्षण र निर्माण जारी राखेको छ। गीता मन्दिरप्रति भक्तजनहरूको ठूलो आस्था भएकोले गीता मन्दिर संचालनमा कुनै कठिनाइ देखापरेको छैन। योजनाबद्ध र व्यवस्थित ढंगले गीता मन्दिर संचालनमा आएको पाइन्छ। गीता मन्दिर संचालक समितिले धार्मिक जागरणका कार्यक्रमलाई निरन्तर रूपले अगाडि बढाउन सक्नु पर्दछ। गीता मन्दिरमा सधैंजसो केही न केही कार्यक्रम भइरहनु पर्दछ। हिन्दू धर्मका विशिष्ठ ख्याती प्राप्त नेपाल तथा भारतको विद्वानहरूलाई आमन्त्रण गरी हिन्दू धर्मको विकास र उत्थानका लागि विशेष समारोहहरू आयोजना गर्दा गीता मन्दिरको महत्व र प्रभावकारिताले अझ विशेष स्थान ओगट्न सक्दछ। गीता मन्दिरमा धर्म, दर्शनका पुस्तकहरू संकलन गरी पुस्तकालय संचालन गर्न जरूरी छ। गीता जयन्तीमा होम, यज्ञ, भजनकिर्तन, पूजाआजा, प्रवचन, १८ अध्याय गीता पाठ, गीता सिद्धान्तको व्याख्या आदि गरिन्छ।
गीता अध्ययन मण्डलका संस्थापक स्वर्गीय महामण्डलेश्वर श्री १००८ स्वामर्ीर् इश्वरानन्द गिरीज्यूको स्मृतिमा प्रत्येक वर्षकार्तिक कृष्ण नवमीका दिन वाषिर्क भण्डारा लगाउन गीता मन्दिरले सुरू गरेमा संचालक समितिले गर्दै आएका कामहरूमा सुनमाथि सुगन्ध थपिदै जानेछ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।