Skip to main content

९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी

बारा, १८ मंसिर । बाराको अमलेखगञ्जस्थित श्री नेपाल माध्यमिक विद्यालयका ९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी पाइएको छ ।
सो विद्यालय स्थापना भएको पाँच वर्षपछि वि.सं. २०३३ सालमा विद्यालय हातामै तीनसय २४ ड्रममा ४० मेट्रिकटन विषादी भण्डारण गरेको कारण उनीहरुमा प्रतिकूल असर परेको हो ।
सो विद्यालयका अधिकाँश विद्यार्थीको शरीरमा विषादीको मात्रा उच्च पाइएको हालै गरिएको एक अध्ययनले देखाएको छ । सो विद्यालयका ९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
भारत लुधियानास्थित गुरु अङ्गद देव भेटेनरी एण्ड एनिमल साइन्स युनिभर्सिटीबाट भेटेनरी जनस्वास्थ्यमा स्नातकोत्तर उत्तीर्ण डा. शीतलकाजी श्रेष्ठले विषादी भण्डारणस्थल नजिकको विद्यालयका सात शिक्षक तथा ४३ विद्यार्थीमाथि २०६५ पुसमा अनुसन्धान गरेका थिए ।
वि.सं. २०३४ देखि बिषादी भण्डारण गरिएकोले विद्यार्थी तथा स्थानीयवासिन्दाहरु मन्दवीषका कारण बिस्तारै अस्वस्थ्य हुँदै गइरहेका र कक्षा १० मा अध्ययनरत् छात्रा सरोदा ठकुरीको मृत्युसमेत भएको विद्यालयका लेखापाल तथा स्थानीय पुष्पा केसीले बताईन् ।
अमलेखगन्जका बासिन्दा तथा श्री नेपाल माध्यामिक विद्यालयका विद्यार्थीका शरीरमा विषादीको मात्रा उच्च पाईएको अनुसन्धानकर्ता डा. श्रेष्ठले बताए । उनका अनुसार बाराका बिद्यार्थीबाट लिइएको रगतको नमुनामा डिडिटीको मात्रा ४६ प्रतिशत, ईन्डोसल्फाईन विषादी ३८ प्रतिशत र क्लोरोफिरिपोस १२ प्रतिशतमा पाइएको छ ।
ती बिद्यार्थीहरु लगाताररुपमा विषादीको संसर्गमा रहेकाले त्यसो भएको अध्ययनको निष्कर्ष छ । सामान्य हावा चल्दा पनि वाकवाक लाग्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेजस्ता समस्या विद्यार्थीमा पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।
अमलेखगञ्जलगायत तीन ठाउँमा भण्डारण गरेको करिव ७० मेट्रिकटन विषादी एकवर्ष भित्रै व्यवस्थापन गर्न गत कात्तिक ४ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश कल्याण श्रेष्ठको इजलासले सरकारलाई आदेश दिएपनि हालसम्म विषादी हटाइएको छैन ।
विषादीले गर्दा सो स्थानको पानी, हावा, माटोसमेत प्रदूषित भईसकेको विभिन्न समयमा गरेको अध्ययनले देखाएको छ । विषादी भण्डारणलेगर्दा आफूपनि मुटुको रोगी भएको र गाउँलेहरुपनि रोगी भएको स्थानीय गङ्गा बलले बताइन् । उनले सर्वोच्च अदालतले गरेको न्यायलाई कार्यपालिकाले चाँडै लागु गरी विषदी हटाउने कार्य गरे राम्रो हुनेधारणा व्यक्त गरिन् ।
नेपालमा भण्डारण गरिएका विषादीमध्ये ४० प्रतिशत अर्थात ३२ मेटि्रकटन विषादी म्याद नाघेको बताइएको छ । त्यस्तै कुल विषादीमध्ये जर्मनीबाट ल्याइएको बढी रहेको वातावरण मन्त्रालयले जनाएको छ । म्याद नाघेको र हानीकारक विषादी सम्बन्धित राष्ट्रलेनै फिर्ता लैजानुपर्ने अन्तराष्ट्रिय कानुनी प्रावधान भएपनि जर्मन सरकारले फिर्ता लगेको छैन । जर्मन सरकारले आफ्नो देशबाटआएको विषादी मात्र नष्ट गर्नका लागि सहयोग गर्न चाहेको छ । तर, जर्मनीबाट आएको विषादीमात्र छुट्याउन सक्ने अवस्था नरहेको मन्त्रालयबाट बुझिएको छ ।
औलो नियन्त्रणका लागि नेपालमा विषादी ल्याइने गरिएको थियो । सो विषादीबाट प्राणी तथा वनस्पतिमा प्रत्यक्ष असर देखिएपछि विश्वभरी त्यसलाई प्रतिबन्ध लगाइएको छ ।
नेपालमा भण्डारण गरिएका विषादी लिडकन्टेनरमा राखी भण्डारण गरिएको भएपनि त्यसबाट चुहिरहेको छ ।- रासस

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...