Skip to main content

गाउँ गाउँमा सहकारी र घरघरमा रोजगारीको नारालाई महिलाहरुले आत्मसाथ गरे

ज्ञानेन्द्र शर्मा/लिवाङ, रोल्पा १९ पुष। गरेपछ के संम्भव हुदैन र भन्ने कुराको पुष्टी गरका छन् सिर्जनशिल कृषि महिला सहकारी सस्था लिवाङ रोल्पाका महिलाहरुले। उनीहरुले गाउँ गाउँमा सहकारी घरघरमा रोजगारीको नारालाई र्सार्थक पार्न सफल भएका छन्। यस सहकारीबाट ३ जनाले दैनिक रोजगारी पाएका छन्।
आफुहरु संग भएको सानो पुजीँलाई आधार बनाई बिभिन्न संघ सस्थाहरुको सहयोगमा सहकारी खोली मध्य पश्चिमाञ्चल बिकास क्षेत्रमै उत्कृष्ट काम गरेबापत पुरस्कृत हुन सफल भएका छन्।
नेपाल जस्तो अबिकसित देशका शिक्षाको उज्यालोबाट बञ्चित भएका ग्रामिण भेगका महिलाहरु सधै चुलो चौकोमा जीवन अर्पण गर्न बाध्य भएकाहरुलाई चुनौति दिएका छन् श्रृजनशिल कृषि महिला सहकारी सस्थाका महिलाहरुले।
सुरुमा ३६ हजार लगानी गरी समुहमा काम थालेका उनीहरुले गत बर्ष२०६५ साल बैशाख २ गते सहकारी दर्ता गरी परिश्रम र मेहनतको बावजुद २० लाख भन्दा बढी आर्थिक लगानी गर्न सफल भएका छन्।
अहिले यस सहकारी सस्थाले कुखुरा पालन, मकै उत्पादन, सिचार्ँइ कार्यक्रम, गाविस स्तरिय नेतृत्व बिकास तालिम, सामुहिक तरकारी खेती, सहकारी पसल, प|mेस हाउस, प्लास्टिक पोखरी निमार्ण्र्ाानर्सरी बिउ उत्पादन लगायतका महत्वपर्ूण्ा कार्यहरु गर्न सफल भएको सहकारी सस्थाका अध्यक्ष हिरा घले बताउनु हुन्छ।
साथै उहाँले सहकारीको बचत ३ लाख नगद, १ लाख बराबरको खुद्रा पसल, २ लाख बराबरको कुखुरापालन, १ लाख बराबरको मकै बिउ उत्पादन, ५० हजार बराबरको तरकारी खेती, २५ हजार बराबरको नर्सरी, १२ लाख बराबरको भवन निमार्ण्र्ाा१ लाख बराबरको जमिन खरिद गरी करिब २१ लाख बराबर रकम संकलन गर्न सफल भएको बताउनु भयो।
सहकारी सस्था खुलेपछि आकस्मिक काम र दैबि प्रकोपको समयमा कसैको हात थाप्नु नपर्ने सहकारी सस्थाका सल्लाहकार दिल बहादुर गुरुङले बताउनु भयो। सहकारी सस्थालाई जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला बिकास कार्यालय, जिल्ला बिकास समिती, आर.आर. एन र गाउँ बिकास समितीले सहयोग गर्दै आएको सस्थाको अध्यक्ष हिरा कुमारी घलेले बताउनु भयो।
सुरुमा काम गर्दा पुरुषहरुको सहयोग नपाईएको भएपनि अहिले पुरुषहरुको सहयोग पाईएको र सस्थाले प्रतिव्यक्ति ७० हजार सम्म ऋण उपलव्ध गराएको सस्थाका अध्यक्ष घलेले बताउनु भयो। सहकारीले अहिले शौचालय निर्माण र सिंचाइका लागि प्लास्टिकका पोखरीहरु निर्माण गरिरहेको छ।
मध्यपश्चिमाञ्चल बिकास क्षेत्रमै नमुना सहकारीको रुपमा घोषित भएको यस सहकारीले जिल्ला पशु कार्यालय रोल्पाबाट र बिश्व खाद्य दिवशको अवसरमा कृषि तथा सहकारी मन्त्रालयबाट मध्यपश्चिममाञ्चल बिकास क्षेत्रमा उत्कृष्ट सहकारी भए बापत पुरस्कृत भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।