Skip to main content

प्रत्यक्ष अन्तरक्रिया खुला बहस कार्यक्रम

वीरगंज, २० पुस । नयां संविधान निर्माणमा आमनागरिकको दृष्टिकोणलाई समेत समावेश गर्न र गराउन सहयोग पुर्‍याउने उद्देश्यले सोमवार अपरान्ह स्थानीय घण्टाघरमा मीरेष्ट नेपालले र्सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।
मीरेष्ट नेपालद्वारा स्थानीय होटल कैलाशमा एक पत्रकार सम्मेलन गरी स्थानीय संचारकर्मीहरुका बीचमा वितरित प्रेस विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लामा संविधान निर्माता संविधानसभाका सदस्य र आम नागरिक बीच प्रत्यक्ष् अन्तरक्रियात्मक खुला बहस कार्यक्रम सुरु गरेको र सो अन्तरक्रियाको विवरण समायोजन टेलिभिजन कार्यक्रमका लागि छायांकन गरिनेछ। कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, संचारकर्मी, नागरिक समाजका अगुवाहरु, पेशागत संघसंगठनका प्रतिनिधि, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायी, श्रमिक र्सवसाधारण आम नागरिकलाई खुला आमन्त्रण गरेको उल्लेख छ।
वरिष्ठ संचारकर्मी सुरेश आचार्य अध्यक्ष रहनुभएको मीरेष्ट नेपालका कार्यकारी निर्देशक गौरब पुडासैनीले मीरेष्ट नेपाल आम संचारको क्षेत्रमा काम गर्ने स्वतन्त्र संस्था भएकाले संचारकर्मी साथीहरुसंग सहकार्य गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको थियो। मीरेष्ट नेपालका टेलिभिजन कार्यक्रम संयोजक स्वागत नेपालले पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्नुहुंदै राजनीतिक चेतना र जागरणको अग्रणी पर्सा जिल्लामा र्सार्वजनिक टेलिभिजन कार्यक्रम छायांकन हुन लागेको र मीरेष्ट नेपालले उत्पादन गरेको कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभएको थियो।
पत्रकार सम्मेलनमा मीरेष्ट नेपालका व्यवस्थापक दामोदर उप्रेती विभिन्न संचारमाध्यमका करिब तीन दर्जन संचारकर्मीहरुको उपस्थिति रहेको थियो। र्सार्वजनिक सुनवाइ कार्यक्रमका प्रमुख अतिथिहरुमा संविधानसभाका सभासदहरु जीतेन्द्र सोनल, अजयकुमार द्विवेदी, प्रमोदप्रसाद गुप्ता, रामचन्द्र प्यासी, इस्लाम हवारी धोबी र बिमलप्रसाद श्रीवास्तव रहनुभएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...