Skip to main content

बन्दविरुद्ध उद्योगी/व्यवसायी एकबद्ध हुने

-अर्जुन सुवेदी
हेटौडा, २३ पुस। पटकपटकको बन्दबाट यातायात व्यवसायी र उद्योगीहरु सबैभन्दा पीडित भएको भन्दै बन्दका विरुद्ध एकताबद्ध हुन सम्बद्ध संघहरु सकारात्मक देखिएका छन्। बन्दका विरुद्धमा कार्यदल नै बनाएर सहकार्य थाल्ने उनीहरुले बिहीबार एक कार्यक्रमका बीच हेटौंडामा प्रतिबद्धता जनाएका छन्।
उद्योग संघ हेटौंडाका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा एक्ला-एक्लै हिंड्ने बानी हटाउने विषय उठेको नारायणी संघका सञ्चार संयोजक अर्जुन क्षितिजले बताउनु भयो। हेटौंडामा सवारीबीच स्वतन्त्र प्रतिस्पर्धा भएको, राजनीतिक र औद्योगिक वातावरण सुमधुर रहेकोसम्बन्धमा व्यापक जानकारी गराउन सके नयां उद्योगहरु भित्रन सक्ने कार्यक्रमको निचोड रहेको उहांले जानकारी दिनु भयो।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले व्यवस्थापन पद्धति र सहयोग हस्तान्तरणको कार्य शुरु गर्न अनुरोध गर्नु भएको थियो। व्यवसायको सफलता सक्षम व्यवस्थापनमा निर्भर रहने भएकोले उद्योगले यातायात व्यवसायमा पनि व्यवस्थापकीय सक्षमताका लागि पहल गर्नु पर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रममा बोल्दै उद्योग संघ हेटौँडाका अध्यक्ष ऋषिराम घिमिरेले बन्दका विरुद्ध र आपसी हितका लागि साझा संयन्त्र बनाएर अघि बढ्न आफूहरु तत्पर रहेको जनाउनु भयो। सबैभन्दा बढी सवारी भएको संस्था, सबैभन्दा ठूलो औद्योगिक क्षेत्र र सबैभन्दा सचेत राजनीतिक दल भएको जिल्लामा संस्थागत सहकार्यले निकै सकारात्मक वातावरण श्रृजना गर्नेछ अध्यक्ष घिमिरेले बताउनु भयो।
दुबै संस्थाका अध्यक्षसमेत रहीसक्नु भएका व्यवसायी माधव अधिकारीले समय अनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न दुबै संस्थाहरुलाई आग्रह गर्नु भयो। बन्दको विरुद्धमा संयुक्त प्रतिबद्धतासहित सडकमै ओर्लिनु परे पनि पछि नहट्न उहांले दुबै संस्थालाई अनुरोध गर्नु भयो। कार्यक्रमको समापन मन्तव्यका क्रममा नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष गोकर्ण्र्ाासाद पराजुलीले सहकार्यलाई व्यवहारमा उतारेर यसक्षेत्रमा सकारात्मक प्रभाव पार्न सबैलाई अनुरोध गर्नु भयो।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले यातायात र उद्योगबीच नङ-मासुको सम्बन्ध रहेको बारे प्रकाश पार्नु भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।