Skip to main content

कुवेतमा विच्च्ाली परेपछि २२ दिनमा स्वदेश फर्किइन दिलकुमारी, एमनेष्टिको साधरण सभा

यादव चौलागाई
हेटौ"डा,१० माघ/टन्न पैसा कमाउने र जिवन हासिखुसीसाथ विताउने मिठो सपना
बोकेर खाडी मुलुक कुवेत पुगेका मकवानपुरकी एक युवती स्वदेश फर्काइएकी
छिन। चुरीयामाइ गाविस व्ाडानं ८ जाते"की दिलकुमारी स्याङ्तान ँनाम
परर्ीवर्तन' लगातार २२ दिनको शारीरीक शोषणमा परेपछी स्वदेश फर्काएकी हुन।
गाउ"कै एजेन्टमार्फ नगद ४० हजार बुझाएर मसिंर ८ गते कुवेत उडेकी
स्याङ्तान कुवेतकै एक सामाजीक सस्था"ले उद्धार गरीदिएपछि दिल्ल्ाी हुदै"
स्वदेश फर्किएकी हुन। घरेलु कामदारको रुपमा कुवेत पुर्याइएकी स्याङ्तानले
कुवेतमा घरेलु काममात्रै गर्नु परेन हरेक दिन शारीरीक शोषणमा समेत परीन।
माइति नेपालको कार्यलयका विहीबार भेटीएकी स्याङ्तानले आफनो दर्दनाक पीडा
सुनाउदै" भनिन हरेक दिन मैले साउलाई जिवन अर्पीत मात्र गरीन २४ सै घण्टा
काममा समेत जोतिनुपर्यो। उनले २२ दिन काम गरेको पैसा उनलाई उद्धार गर्ने
सस्"थाले ६० हजार दिलाइदिएपछि दिल्ल्ाी हुदै" आएकी उनलाई दिल्ल्ाीमा आएर
समेत आफुलाई कुवेत पठाउने एजेन्टले लुटेको बताइन्।
दिल्ल्ाीमा लुटीएपछि उनी लगातार ४ दिनसम्म्ाको भोको यात्रा गरेर
काठमाण्डौ आएकी उनले रुदै" भनिन। उनलाई गाउकै" पत्नेश्री भोलन तथा
मानबहादुर स्याङ्बोले कवेत पठाएका हुन। दिलकुमारीले भनिन मसगै उडेका
गाउ"का अन्य तिनजना समेत कुवेतमा विचल्ल्ाीमा छन ,उनको समेत अत्तोपत्तो
छैन। दिलकुमारी सगै" उडेका मनकुमारीको पनि अवस्था दर्दनाक रहेको उनले
सुनाइन। गाउ"बाट गएको ५ महिना अर्थात असोज ३ कुवेत गएकी विवाहीत
आइतिमायाको पनि गएदेखी सर्म्पर्क समेत छैन।
माइती नेपालमा संयुक्त रुपमा उजुरी दिन आएका श्रीमान कृष्ण
स्याङ्तानले बताए। उनले भने गाउ"बाट रीन खोजेर ल्याएर पासर्पोट बनाए।
एजेन्टलाई पैसा पठाए,अहिले पैसा त छैन नै श्रीमतीको समेत अत्तोपत्तो छैन
उनले भावहृविल हुदै" बताए। दिलकुमारीले आफ्नो पिडा सुनाउदै गर्दा छेउमा
बसेका आमाबुवा मात्र होइन गाउलेहरु समेत दुखित देखिन्थे। उमेरले भर्खर १७
वसन्त पार गरेकी दिलकुमारी को अनहारमा मलिनता मात्रै थिएन शारीरीक तथा
मानसिक रुपमा कमजोर देखीन्थीन्। दिलकुमारीका अनुसार चुरीयामाइबाट १० देखी
१२ जनासम्म कुवेतमा युवतीहरु विचल्ल्ीमा रहेका छन।

एमनेष्टिको साधरण सभा

एमनेष्टि इन्टरनेशनल नेपाल समुह ६७ को १०औ" वाषिर्क सभा शनिबार हेटौ"डामा
भएको छ। दिपक प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतमा भेला भएको हो।
सभामा सचिव विष्णुप्रसाद सिग्देलले प्रगति प्रतिवेदन तथा
कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सभाले र्सवसम्म्ात
रुपमा विश्वनाथ रेग्मीको संयोजकत्वमा नया कार्यसमिती चयन गरेको छ।
समुहको सहसंयोजकमा अर्जुनप्रसाद पोख्रेल,सचिव विष्णु
सिग्देल,कोषाध्यक्ष सुधिर श्रेष्ठ लगायत रहेका छन। भने सल्लाहकारमा
विजयकुमार वैद्य चयन भएका छन। वैद्यले नया" कार्यसतिलाई १हजार ५सय सहयोग
गरेका थिए।

फापरबारी वन व्यवस्थापन तालिम

फापरबारी गाविसमा वन व्यवस्थापन सम्वन्धि तालिमको शनिबार समापन भएको छ।
स्थानिय वनकाली सामुदायिक वन उपभोक्ता समुह फापरबारी-२ ले आयोजना गरेको
सामुदायिक वन व्यवस्थापन तालिमको समापन गरीएको हो।
मंगलबार देखी सुरु भएको तालिममा सहायक वन अधिकृत शुसील यादवले
प्रशिक्षण प्रदान गरेका थिए।उहाँले सोही अवसरमा बोल्दै वन क्षेत्रको
विकास गर्न सर्म्वर्द्धन, सदुपयोग र संरक्षण स्थानिय समुदायले नै गर्ने
भएकाले संरक्षणमा पनि समुदायले विषेष ध्यान दिनुपर्ने बताए।
तालिममा फापरवारी रेष्जपोष्टका वन कार्य सहायक लक्ष्मीप्रसाद
लामीछानेले तालिमको औचित्यता र प्रभावकारीताको बारेमा मन्त्यब्य राखेका
थिए भने तालिमको सहजीकरण वनरक्षक कृष्ण काफ्लेले गरेका थिए। तालिममा
सामुदायिक बन समुहका तिस भन्दा बढी उपभोक्ताहरुको सहभागिता रहेको थियो।

यातायात मजदुरको अञ्चल अधिबेशन

एमाले निकट नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठन नारायणी अञ्चल कमिटीको
अधिवेशन शनिबार हेटौडामा भएको छ।
नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष उद्धव केसीको
प्रमुख आतिथ्यता ता महासचिव उमेश उप्ाध्यायको विशेष आतिथ्यमा भेला भएको
हो। भेलाले पुन दिपक काफ्लेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिती
चयन गरेको छ। समीतीको उपाध्यक्षमा शुरेस लिम्वु, सचिवमा मणी
पाठक,सहसचिवमा सहदेव ठाकुर कोषध्यक्षमा डवल महर्जन रहका छन । भेलाले
सम्पर्ुण्ा यातायात मजदुरको सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, र
मजदुरहरुहुने विभेदको अन्त्य गर्न सरकारलाई जोड दिने निर्ण्र्ाागरेको छ।

दिपक काफ्लेको सभाध्यक्षतामा भएको भेलामा नेपाल स्वतन्त्र यातायात
मजदुर सङ्गठनका महासचिव उमेश उपाध्याय,कार्यवाहक अध्यक्ष डिल्ल्ाीबहादुर
राना सचिव बलराम फँुयाल,केन्द्रिय सदस्यहरु मदन रिमाल, अर्जुन अर्याल
धु्रव अर्याल,केन्द्रिय सल्लाहकार हेमबहादुर न्यौपाने लगायतको उपस्थिती
थियो।

साहित्य सन्ध्या खेम बानियाँ स्मृति विशेष

सहित्य सङ्गम मकवानपुरको १ सय ७१ औ सन्ध्या खेम बानियाँ स्मृति
विशेषको रुपमा शनिबार मनाइएको छ। साहित्य सङ्गम तथा तरङ्ग साँस्कृतिक
परिषद्ले स्वर्गीय खेम बानियाँको स्मृतिमा विशेष कार्यक्रम गरेको हो।
सङ्गमका पर्ूव सह-सचिव तथा परिषद्का संस्थापक स्वर्गीय बानियाँको
स्मृति दिवसको सर्न्दर्भमा विशेष कार्यक्रम भएको सङ्गमका सचिव रामशरण
पुडासैनीले जानकारी दिनुभयो। सङ्गमका अध्यक्ष निमेष निखिलको
सभाध्यक्षतामा भएको कार्यक्रममा सङ्गमका सस्थापक उपाध्यक्ष कौशल पाण्डे,
नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष आरसी रिजाल,
सहित्यकार तुल्सी थापा, तुलसी घिमिरे, रमेशमोहन अधिकारी, भीमप्रसाद
भट्टर्राई, माधव भण्डारी, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष डा
गणेशकुमार पौडेल, मातृभूमि साहित्य समाज हेटौँडाका अध्यक्ष देवराज खरेल,
नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष खेम बोलखे लगायतले स्वर्गीय
खेम बानियाँको विषयमा रचनावाचन गर्नुभएको थियो।

मनहरीमा कानुनी सचेतना तालिम

कानुनिय अध्ययन तथा परामर्श केन्द्र मकवानपुरले मनहरीमा एकदिने
कान'नी सचेतना तथा महिला साक्षरता तालिम प्रदान गरेको छ। कानुनि
अध्ययनपरामर्श केन्द्रका उपाध्यक्ष कृष्णप्रसाद न्यौपाने र सचिव चञ्चला
कैनीले तालिमको सहजिकरण गरका थिए।महेन्द्र किरण मावि ज्यामिरेमा भएको
कार्यक्रममा मनहरीका अन्ठाउन्न्ा महिलाहरुको सहभागिता रहेको
थियो।कार्यक्रममा सउपत्री समूहको कोषाध्यक्ष सुनिता सुवेदीको
सभाध्यक्षतामा कार्यक्रम भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।