Skip to main content

संयन्त्रमा प्रधानमन्त्रीलाई स्थायी आमन्त्रित सदस्य राख्न प्रचण्ड सहमत

सरकार बनाउने र सरकार गिराउने खेलका लागि गठन भएको होइन ः सिटौला

काठमाडौं, पुस ३०। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद
सिटौलाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरीय राजनीतिक
संयन्त्रमा प्रधानमन्त्रीलाई स्थायी आमन्त्रित सदस्य राख्न सहमत भएको
बताएका छन्। बिहीबार बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र
माओवादी अध्यक्ष दाहालबीच त्यस्तो सहमति भएको सिटौलाले जानकारी दिए।
रिपोर्टर्रर््स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले उच्च संयन्त्र
सरकार बनाउने र सरकार गिराउने खेलका लागि गठन नभएको दाबी गरे। उनले भने-
यो संयन्त्र विशुद्ध रुपमा शान्ति र संविधानका लागि हो। यसबाट
प्रधानमन्त्रीलाई समेत काम गर्न सजिलो हुन्छ।
संविधानसभा गठन भएको १ वर्ष७ महिनासम्म पर्खिदा पनि राजनीतिक सहमति,
संविधान लेखन र माओवादी लडाकु समायोजन तथा पुनर्स्थापन हुन नसक्ने देखेर
संयन्त्र बनेको उनको भनाइ थियो। उनले भने- शान्ति र संविधान तार्किक
निष्कर्षा नपुगेसम्म संयन्त्र रहिरहन्छ। त्यसको बैठकमा प्रमुख पार्टर्ीी
साथमा अन्य नेताहरु पनि रहन्छन्।
उनले संयन्त्रकै अभावका कारण द्वन्द्वपीडितलाई न्याय दिलाउन, सत्य निरुपण
तथा मेलमिलाप आयोग र शान्ति आयोग बन्न नसकेको बताए। उनले भने- संयन्त्र
नेताको जुँगाको लर्डाईं होइन। अब एकअर्कालाई होच्चाएर र गाली गरेर मात्र
हुँदैन। र, संयन्त्र समानान्तर शक्ति केन्द्र पनि होइन। अबको
शक्तिकेन्द्र कोही छ भने संविधानसभा र दलहरु नै हुन्।
रिपोर्टर्रर््स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा
सिटौलाले एमाले अध्यक्ष झलनाथ खनाल फर्केपछि माघ ४ गते संयन्त्रको पहिलो
बैठक बस्ने, कार्ययोजना बनाउने र त्यसलाई पर्ूण्ाता दिइने जानकारी दिए।
उनले २०६७ जेठ १४ गते संविधान बनाउनका लागि संविधानसभामा सहमति खोज्न
आवश्यक भएको बताए। उनले भने- अब बहुमत र अल्पमतले चल्दैन। संविधान बनाउने
हो भने सकेसम्म र्सवसम्मत र नभए दर्ुइ तिहाई बहुमत जुटाउनर्ुपर्छ।
संयन्त्र गठन अहिले भएका विवादको अन्त्य गर्नलाई नै हो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।