Skip to main content

राज्य पर्ुनर्संरचना समितिको प्रतिवेदनमाथि छलफल

शशि कोइराला, काठमाडौं, १७ माघ। संविधानसभाको वैठकमा राज्यको
पुनर्संरचना र शक्तिको बांडफांड समितिको अवधारणापत्र र प्रारम्भिक
मस्यौदा सम्वन्धी प्रतिवेदन २०६६ माथिको छलफल आजबाट शुरु भएको छ।
सो समितिको प्रतिवेदन अन्तिम तथा एघारौ प्रतिवेदनका रुपमा
सविधानसभाको बैठकमा प्रवेश पाएको हो।
प्रतिवेदनमा समेटिएका मुल मुद्दामध्ये खासगरी राजनैतिक अग्राधिकार र
संघीयताको बाडफाडको नक्सासम्बन्धी विषयमा ठुला दलहरुवीच नै मतैक्यता हुन
सकेको छैन।
बैठकको प्रारम्भमा राज्यको पुनर्संरचना तथा शक्तिको बांडफांड
समितिका सभापति लोकेन्द्र विष्टले सो प्रतिवेदन माथि छलफल गरियोस् भनी
बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव र्सवसम्मत स्विकृत भएको छ।
आजको बैठकमा वोल्दै एकिकृत नेकपा माओवादीका नेता तथा सभाषद हितमान
शाक्यले राज्य पर्ुनर्संरचना गर्ने विषय निकै कठीन काम भएकाले यसमा थप
छलफल जरुरी रहेपनि समितिले प्रस्तुत गरेको प्रतिवेदन नै मूलत ठीक रहेको
दावी गर्नुभयो।
प्रतिवेदनमा पहिचानलाइ प्राथमिकतामा राखेर राज्य पर्ुनर्संरचनाको खाका
प्रस्तुत गरिएको वताउंदै उहांले सामर्थ्यलाइ पनि त्यसको आधार वनाइएको
जानकारी दिनुभयो।
समितिले तयार पारेको प्रदेश निर्माणको अवधारणा निकै महत्वपर्ूण्ा रहेको
दावी गर्दै उहांले त्यसकै आधारमा टेकेर सामान्य हेरफेर गर्न सकिने उल्लेख
गर्नुभयो।
राज्य पर्ूनर्संरचनाको मुद्धा टुंगो लगाउन आयोग निर्माण गर्नुपर्ने
विषय जरुरी नरहेको भन्दै उहांले अन्तिम समयमा आएर आयोग गठन गर्नुपर्ने
भन्ने भनाइले संविधान निर्माण हुन नदिने आशंका ब्यक्त गर्नुभयो।
उहांले बर्षौा देखि पछाडि पारिएका समुदायलाइ राजनीतिक अग्राधिकार दिनु
लोकतान्त्रिक मान्यता हो भन्दै राजनीतिक अग्राधिकार र आत्मनिर्ण्र्ााो
अधिकार महत्वपर्ूण्ा विषय रहेको उल्लेख गर्नुभयो।
नेपाली कांग्रसका उपसभापति रामचन्द्र पौडेलले राज्य पर्ुनर्संरचना
समितिले सिमा विभाजन गरेर प्रस्तुत गरेको नक्सा सहितको प्रतिवेदन
भ्रमपर्ूण्ा र निहीत स्वार्थ्र्ााुरा गर्न ल्याइएको आरोप लगाउनुभयो।
समितिले ल्याएको उक्त प्रतिवेदन हचुवा,निहित स्वार्थ पुरा गर्न र केही
मान्छेलाइ प्रभाव पार्न ल्याइएको भन्दै यसवाट देशका सवैभन्दा उत्पीडित
जनताले न्याय पाउन नसक्ने दावी गर्नुभयो।

सदियौं देखि मिलेर वसेका जनतालाइ जातिय विभाजन गरेर विवाद खडा गरिएको
वताउंदै उहांले यसवाट राष्ट्रलााइ कमजोर पार्ने खेल खेलिएको वताउनुभयो।
पहिचान र सामर्थ्यलाइ मात्रै आधार वनाएर नेपाली जनतालाइ अधिकार दिन
नसकिने वताउंदै राज्य कुनै एक जातीर्,धर्म र समुदायको मात्र नहुने
संविधानमा प्रष्ट लेखिएको भएपनि समितिको प्रतिवेदनले राज्यलाइ
जातीय,धार्मिक तथा साम्प्रदायिक आधारमा टुक्राउन खोजेको आरोप लगाउनुभयो।
प्रतिवेदनले संघीयतमाथि षडयन्त्र गरेको तथा लोकतन्त्रमाथि चिरहरण गरेको
उहांको आरोप थियो।
नेकपा एमालेकी सभाषद थममाया थापाले समितिले प्रस्तुत गरेको प्रतिवेदनले
सवै जातजाति र समुदायको पहिचानलाइ प्रतिविम्वित गरेकाले यो महत्वपर्ूण्ा
रहेको वताउनुभयो।
उहांले पहिचान तथा सामर्थ्यका आधारमा समितिले वनाएको
राज्यपूनर्संरचनाको खाकाले संघीय नेपालको सुन्दर तस्विर निर्माण गरेको
वताउनुभयो। पछाडि पारिएका समुदायलाइ राजनीतिक तथा प्रशासनिक हिसावले
अगाडि ल्याउन राजनीतिक अग्राधिकारले महत्वपर्ूण्ा भूमिका खेल्ने भन्देै
त्यसलाइ प्राथमिकता दिन आग्रह गर्नुभयो।
मधेसि जनअधिकार फोरमका आत्माराम प्रसाद शाहले मधेसमा थारु र गैरथारु
मधेसिलाइ विभाजन गरेर मधेस टुक्राउन खोजएको आरोप लगाउनुभयो। उहांले सवै
मधेसलाइ एउटै प्रदेश वनाउनुपर्ने जिकिर गर्नुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।