Skip to main content

वीरगंजमा खुलेआम व्यापक तस्करी

वीरगंज, १३ माघ। शान्ति-सुरक्ष्ँाको ब्रि्रदो अवस्थाका कारण भारतीय
अपराधीहरुले क्रिडास्थल बनाएको वीरगंज नगरमा अहिले गृह प्रशासन मातहत
रहेका निकाय प्रमुखहरुको सम्झौतायुक्त चरित्रका कारण लागू औषध
ब्राउनसुगर, गांजा एवं भारतीय जाली नोटका कारोबारी जुवा-तास, खुलेआम
तस्करीले व्यापक छुट पाएको छ।
अपराध नियन्त्रणका नाममा खटाएको घुमुवा प्रहरी, सुराकी कर्मचारीले
तस्करहरुसंग सम्बन्ध कायम गरी नजराना रकम संकलन गर्ने गरेबाटै यस नगरमा
सामाजिक अपराधले प्रश्रय पाएको नाम र्सार्वजनिक नगर्ने शर्तमा एक घुमुवा
प्रहरीले बताएका छन्। वीरगंजको इनर्वा गाउं नाकालाई समानान्तर भन्सार
कायम गर्राई सो ठाउंका प्रहरी इन्चार्जलाई पोका गन्ती एवं मासिक रुपमा
नजराना चर्ढाई तस्करीको सामान वीरगंज भित्र्याउने गरेका तस्करहरुले
खाद्यान्न लगायत विलासिताका सामान, मोटरपार्टस भित्र्याइरहेको एक तस्कर
सूत्रबाट बुझिन आएको छ।
सो नाकाबाट हाल तस्करी गरिरहेका सातवटा तस्कर समूहका तस्करहरुले पर्साका
प्रजिअ, अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षक, सशस्त्र
प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकलाई सोही
घुमुवा प्रहरीहरु मार्फ नजरानाको भाग पुर्‍याउने व्यवस्था मिलाएको तस्कर
सूत्रको दाबी छ।
वीरगंजका आधा दर्जनभन्दा बढी नाकाबाट तस्करीको सामान भित्रिरहेको
अवस्थामा दर्ुइ दिन अघि यस दैनिकको कार्यालय छेउबाटै सयौं साइकल कपडाको
गांठ, मोटरपार्टस तस्करहरुले गन्तव्य लादै गरेको तस्बिर खिंची जिल्ला
प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठलाई
नियन्त्रणका लागि टेलिफोनमार्फ जानकारी गराउंदा समेत कुनै पहल नगरेको
पाइयो।
त्यसैगरी आज पनि सोही ठाउंबाट तस्करहरुले साइकलमा तस्करीको सामान
ओसारिरहेको अवस्थामा अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी
उपरीक्षक केशव अधिकारीलाई टेलिफोनमार्फ सो ठाउंबाट तस्करीको सामान भित्रन
नदिन आग्रह गर्दा तत्काल जिल्लालाई आदेश दिएको बताउनुभए पनि घटनास्थलमा
कुनै प्रहरी सोधपुछ गर्न समेत नआएबाट वीरगंजमा भइरहेको खुलेआम तस्करीलाई
सुरक्ष्ँा निकायबाटै संरक्षण प्रदान गरिएको कुराले पुष्टि पाएको छ।
वीरगंज नगरमा अहिले सामाजिक अपराध, जुवा-तास, रंगदारी ट्याक्स, फिरौति,
चन्दा आतंक, लागूऔषध कारोबार, हत्या, हिंसा, अपहरणले व्यापकता पाउंदा
समेत सुरक्ष्ँा निकायबाट सो कार्यउपर नियन्त्रण गर्न नसक्नु पछाडि गृह
प्रशासन अर्न्तर्गत रहेका सुरक्ष्ँा निकाय प्रमुखहरुको सम्झौतायुक्त
चरित्र नै प्रमुख रहेको अडकल काट्न थालिएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...