Skip to main content

फोहोरको आडमा माग पुर्‍याउन खोज्नु बेइमानी ः मन्त्रीहरु

दिपेश केसी
काठमाडौं, माघ ११। कानुन मन्त्री प्रेमबहादुर सिंहले भोलिदेखि जसरी पनि
राजधानीलगायतका सहरमा थुप्रिएका फोहोर उठाएर छाडिने बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री सिंहले
नागरिकको जीवनमा असर पुग्ने र सहरलाई कुरुप बनेको अवस्थामा सरकारले
वैकल्पिक बाटो अपनाएर भए पनि फोहोर उठाउने स्पष्ट पारे।
'सरकार काठमाडौं सहरलाई नरक बनाउन दिने पक्षमा छैन,' उनले भने-
कर्मचारीले पनि फोहोरलाई अघि राखेर माग पूरा गर्न खोज्नुहुँदैन।
विभिन्न माग राखेर स्थानीय निकायका कर्मचारीले मुलुकभरि तीनदेखि फोहोर
उठाएका छैनन्। मन्त्री सिंहले जनताको सहयोग लिएर भए पनि फोहोर उठाउन
सरकार अघि र्सर्ने बताए। थ्यगच दचयधकभच mबथ लयत कगउउयचत मष्कउबिथ या
तजष्क imबनभ।
उनले स्थानीय निकायका ७ हजार करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई
स्थायी गर्दा १ लाख ७ हजार शिक्षक, चिकित्सक, प्राद्यापकको समेत माग पूरा
गर्न अर्थतन्त्रले नधान्ने भएकाले समग्र अध्ययन गरी कदम चाल्न
प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
कार्यक्रममा वातावरण मन्त्री ठाकुर शर्माले स्थानीय निकायका कर्मचारीको
मागमा सरकार गम्भीर भए पनि फोहारमा राजनीति गर्न नहुने बताए। 'काठमाडौंका
सडक सडकमा थुप्रिएका फोहोरका कारण महिलाहरु उल्टी गरिरहेका छन्,' उनले
भने- यस्तो अवस्थामा वार्तालाई आन्दोलनको स्वरुपमा बदल्न ढिलो गर्नु
हुँदैन।
मन्त्री शर्माले फोहोरको आड लिएर आफ्ना माग पूरा गराउन खोज्नु उचित
नहुने बताए। 'सरकार कुनै पनि हालतमा महानगरलाई महामारीमा फँसाउन
चाहँदैन,' उनले भने-दर्ुगन्धित सहर लिएर नयाँ नेपाल बनाउन सकिँदैन।
कार्यक्रममा स्थानीय निकाय कर्मचारी युनियनका गंगाधर गौतम, स्थानीय
निकाय राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठ, गाविस
कर्मचारी संगठनका अध्यक्ष श्रीराम आचार्यलगायतले स्थानीय निकायका
कर्मचारीको स्थायी प्रक्रिया, वृत्ति विकास, बीमा, क्षतिपर्ूर्तिलगायतका
माग पूरा गरे फोहोर भोलिदेखि नै उठाउन तयार भएको बताए। 'हामीले ३५ हजार
कर्मचारीको मुद्दा उठाएका छौं,' उनीहरुले भने- सरकारको विश्वसनीयता
नभएकाले हामीले फोहोर उठाउन बन्द गर्नुपरेको हो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।