Skip to main content

गाविसको गाउँ परिषद आज सम्पन्न, बक्तृत्व कला प्रतियोगिता, जिनावाङमा अन्तरक्रिया

ज्ञानेन्द्र शर्मा
रोल्पा, ९ माघ। बिकासको नयाँ खाका कोर्ने महत्व पर्ूण्ा स्थान ओगट्ने
गाउँ परिषदको लहर चलिरहेको बेला रोल्पाको बुढागाउँ गाविसको गाउँ परिषद
शुक्रवार सम्पन्न भएको छ।
गाबिसको कुल बजेट २८ लाख ९६ हजार ३ सय ७९ मध्ये सडक निर्माण तर्फ१२ लाख
५० हजार, शिक्षा तर्फ४ लाख, सिचार्ँइ तर्फ१ लाख, निगालपानी हाट बजार
व्यवस्थापन तर्फ१ लाख ५० हजार, उपाप कार्यक्रमका लागि ४६ हजार ५ सय २२
गाविसको कार्यालय संचालन तर्फ४ लाख २० हजार तथा क्षमता बिकास तर्फ५ लाख
३० हजार ८ सय ५७ रकम छुट्याईएको छ।
परिषदमा एकिकृत नेकपा माओवादीका राज्य समिती सदस्य भक्त बहादुर र्घर्ति,
नेपाली काग्रेसका वकिल बहादुर डागीँ, नेकपा एमालेका चन्द्रलाल बि.क लगायत
बिभिन्न ९ वडाका प्रतिनिधीहरुले मन्तव्य दिएका थिए।
रेश्मीराज अधिकारीको अध्यक्षतामा सम्पन्न परिषदको संचालन चन्द्र मगरले
गर्नुभएको बुढागाउँबाट पदम र्घर्तिले जनाएका छन्।

बक्तृत्व कला प्रतियोगिता
ज्ञानेन्द्र शर्मा
रोल्पा, ९ माघ। शान्ती श्रोत केन्द्र होलेरी र हरप्लेसको आयोजनामा
शुक्रवार खुल्ला बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी हेमन्त खड्का, रेशम बुढाथोकी, माधब सुबेदीको
बिशेष उपस्थिती रहेको थियो। प्रतियोगितामा बम कुमारी रोका प्रथम, कमला
कसी दोस्रो, बिमला र्घर्ति तृतिय र मालती बस्नेत सान्त्वना भएका छन्।
१२ जनाको सहभागिता रहको कार्यक्रमको संचालन मनोज पुनले गर्नुभएको थियो।
यसैगरी स्वयम् सेबक तालिम शुक्रवारदेखी होलेरीमा सुरु भएको छ। तालिममा
डुब्रिङ, सखी र झेनामबाट ३ निरिक्षक १० स्वयम् सेबक र २० जना महिला गरी
३३ जनाको सहभागिता रहेको त्यहाँबाट बिष्णु बहादुर बस्नेतले जनाएका छन्।

जिनावाङमा अन्तरक्रिया
ज्ञानेन्द्र शर्मा
रोल्पा, ९ माघ। उमावि नाउली जिनावाङमा शुक्रवार शिक्षक, अभिभाबक र
विद्यार्थी विच अन्तरक्रिया भएको छ।
"शैक्षिक गुणस्तर सुधार्न शिक्षक, अभिभाबक र विद्यार्थीको के कति
भूमिका"विषयक सो अन्तरक्रियाका सहभागीहरुले शिक्षक, अभिभाबक र
विद्यार्थीकोसम्बन्ध जिवन्त र एक अर्काको परिपुरकको रुपमा रहनु पर्ने
बताएका छन।
अन्तरक्रियामा विद्यालयको आयब्यय तुरुन्त प्रस्तुत गर्नुपर्ने र दर्ुइ
वर्षेखि वितरण नगरिएको छात्रवृत्ति तुरुन्त वितरण गर्नु पर्ने लगायतका
विषयमा पनि सहमति भएको छ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर ओली,
निमित्त प्रधान अध्यपक छत्र बहादुर डाँगी, अखिल क्रन्तिकारीका रोल्पा
जिल्ला सदस्य राम कुमार डाँगी र स्थानीय बुद्धिजीवि चन्द्र बहादुर
डाँगीले बोल्नु भएको थियो।
कार्यक्रम शिक्षक अभिभाबक संघका अध्यक्ष नेत्रलाल ओलीको अध्यक्षतामा
भएको थियो। कार्यक्रम जित बहादुर ओलीले सञ्चालन गर्नु भएको थियो।

हिज्जे प्रतियोगिता सम्पन्न
ज्ञानेन्द्र शर्मा/लिवाङ
लिवाङ रोल्पा माघ ९ गते
श्री जनज्योती मावि गुम्चालमा शुक्रबासरिय कार्यक्रम अर्न्तगत हिजो
हिज्जे प्रतियोगिता सम्पन्न भएको छ।

मावि स्तरिय प्रतियोगितामा प्रबिण बुढाथोकीले नेतृत्व गरेको उमेश सदन १०
अङ्क प्राप्त गरी प्रथम, नौसरा बुढाथोकीले नेतृत्व गरेको तुल्सी सदन ८
अङ्क प्राप्त गरी द्वितीय र खिम बहादुर गुरुङले नेतृत्व गरेको सेतु सदन ४
अङ्क प्राप्त गरी तृतीय भएका छन्।
यसैगरी प्राबि स्तरिय प्रतियोगितमा श्याम नेपालीले नेतृत्व गरेको दर्शन
सदन ७ अङ्क प्राप्त गरी प्रथम, बेगम रोकाले नेतृत्व गरेको सेतु सदन ६
अङ्क प्राप्त गरी द्वितीय र हेमला रोकालेे नेतृत्व गरेको तुल्सी सदन ५
अङ्क प्राप्त गरी तृतीय भएका छन्।
प्रध्यानाध्यापक टेक बहादुर सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको
संचालन माबि तर्फशिक्षक जुगलाल शर्मा र प्राबि तर्फशिक्षिका मिना कुमारी
महत्तोले गर्नुभएको थियो। कार्यक्रममा स्थानिय अभिभावक तथा
बुद्धिजिवीहरुको समेत उपस्थिती रहेको दामु मर्सिफुलले बताउनु भएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...