Skip to main content

प्रहरीमा सर्म्पर्क गर्न अनुरोध, बैठक बहिस्कार, तालिमको उद्घाटन, जनश्रमदानमा ११ दिने गोरेटोबाटो निर्माण कार्य, प्रौढहरुको लागि ५ दिने साक्षरता तालिम, नेपाल सरकारद्वार संचालित नमुना बस्ती पवर्द्धन बिकास

प्रहरीमा सर्म्पर्क गर्न अनुरोध
ज्ञानेन्द्र शर्मा
रोल्पा, १३ माघ। रोल्पाको गजुल गाविस डाडाँगाउँ घर भएका चन्द्र बहादुर
थापाको छोरा लाल बहादुर थापा नेपाल भारत यात्रा क्रममा नेपालको सिमानामा
पर्ने कञ्चनपुर गड्डा चौकीमा बेहोस अबस्थामा फेला परेकोमा महाकाली अञ्चल
अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
मृतकका आफन्त गजुल डाडाँगाउँ निवासी वा नजिकको नातेदारले यस सम्वन्धि
जानकारी लिन जिल्ला प्रहरी कार्यालय रोल्पाको फोन नंम्बर ०८६४४०११३ वा
४४०१९९ मा सर्म्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

नेपाल सरकारद्वार संचालित नमुना बस्ती पवर्द्धन बिकास

ज्ञानेन्द्र शर्मा
रोल्पा, १३ माघ। नेपाल सरकारद्वार संचालित नमुना बस्ती पवर्द्धन बिकास
अर्न्तगत प्राप्त बजेटबाट मोटरबाटो निर्माणमा जुटेका रोल्पा जेल्वाङ
गाविसका सर्म्र्पूण जनताहरुलाई एक भेला गरी काम संचालनको लागि कार्य
तालिका निर्माण गर्नुका साथै प्रशिक्षण दिइएकोे छ।
एकिकृत नेकपा माओवादी मगरात राज्य समिती सदस्य आश बहादुर पुनले
प्रशिक्षण दिनुभएको कार्यक्रमको संचालन जिल्ला बिकास समिती सदस्य
बिस्फोटले संचालन गर्नु भएको थियोे।
कार्यक्रममा बिकास निर्माणका प्राबिधिक सब-इन्जिनियर दिनेश भाई
अधिकारीको पनि उपस्थिती रहेको थियो।
गत माघ ६ गतेदेखी ५ सय जना स्थानियबासीहरुले रोल्पाको जेल्वाङ गाविस
जोड्ने मोटरबाटो निर्माण गरिरहेका छन्।

प्रौढहरुको लागि ५ दिने साक्षरता तालिम
ज्ञानेन्द्र शर्मा
रोल्पा, १३ माघ। अनौपचारिक शाक्षरता कार्यक्रम अर्न्तगत प्रौढहरुको लागि
५ दिने साक्षरता तालिम र्घर्तिगाउँ स्रोत केन्द्रमा मंगलबार सम्पन्न भएको
छ।
कार्यक्रममा र्घर्तिगाउँ, ओत र तालाबाङ गाविसका प्रत्येक वडाका १/१ जना
गरी २७ जना र ३ जना स्थानिय निरिक्षक गरी जम्मा ३० जनाको सहभागिता रहेको
थियो।
माघ ८ गतेदेखी सुरु भएको उक्त तालिमको सहजीकरण र्घर्तिगाउँ स्रोत
केन्द्रका स्रोत व्यक्ति कबिराज रिजालले गर्नुभएको थियो।
तालिमको समापन कार्यक्रममा प्रशिक्षक कबिराज रिजालले साक्षरता अभियानलाई
सफल पार्न ५ दिने तालिम कोसेढुङ्गा साबित हुने बताउनु भयो।
तालिममा प्रशिक्षार्थीहरुले लक्षित उद्देश्य अनुसार आफुले ग्रहण गरेका
शिप लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रिय साक्षरता अभियान स्वयम् सेवक तालिम गुम्चाल स्रोत केन्द्र
रोल्पामा सम्पन्न भएको छ। ५ दिन सम्म संचालन भएको तालिमको समापन
कार्यक्रम नेपाल राष्ट्रिय निमाबि हार्जङ व्यवस्थापन समितीका अध्यक्ष
प्रभाकर रोकाको सभापतित्वमा भएको हो।
तालिममा गुम्चाल, हार्जङ, स्युरी, सेरम र गाम गरी ५ वटा गाविसका ४५ जना
स्वयम् सेवक र ५ जना निरिक्षक गरी ५० जनाको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण माबि गुम्चाल स्रोत केन्द्र अर्न्तगतका स्रोत व्यक्ति
नारायण गिरीले गर्नुभएको थियो।
यसैगरी मिझिङ स्रोत केन्द्रमा पनि साक्षरता स्वयम् सेबक तालिम सम्पन्न
भएको छ। तालिममा अरेश, खुमेल र मिझिङ गरी ४० जना स्वयंसेबकको सहभागिता
रहेको थियो।
तालिमको सहजीकरण मिझिङ स्रोत केन्द्रका स्रोत व्यक्ति दामोदर अधिकारीले
गर्नुभएको थियो।
यसैगरी बाल कल्याण उमाबि स्रोत केन्द्रमा पनि साक्षरता स्वयम् सेबक
तालिम सम्पन्न भएको छ। तालिममा लिवाङ, धवाङ र हृवामा गरी ३० जना स्वयम्
सेबकको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण लिवाङ स्रोतका स्रोत व्यक्ति राजेश सुबेदीले गर्नुभएको
थियो भने कार्यक्रमको संचालन अस्मिता बुढाले गर्नुभएको थियो।


जनश्रमदानमा ११ दिने गोरेटोबाटो निर्माण कार्य

ज्ञानेन्द्र शर्मा
रोल्पा, १३ माघ। नौखोर्य महिला सामुदायिक बन उपभोक्ता समुह भुम रोल्पाका
उपभोक्ताहरुले ११ दिन जनश्रमदान गरी गोरेटोबाटो निर्माण गरेका छन्।
गोरेटोबाटो धाङ्सीखोला पुलदेखी थापा खर्क ठुलो पाखा सम्म र धवाङ झाग्रीँ
खोला देखी उपल्लो भुम सम्म करिब १० किलोमिटर रहेको छ।
४ समुहमा बिभाजन गरी निर्माण गरिएको गोरेटोबाटोको लागि कुनै संघ
सस्थाबाट सहयोग प्राप्त नभएको तर जनताहरु आफै सक्रिय भएर लागी परेको
स्कुल अभिभावक संघका अध्यक्ष लाल बहादुर बस्नेतले बताएका छन्।

तालिमको उद्घाटन
ज्ञानेन्द्र शर्मा
रोल्पा, १३ माघ। जिल्ला कृषिर् बिकास कार्यालय रोल्पाको आयोजनामा जिल्ला
स्तरीय अगुवा कृषक तालिम -तरकारी बाली) मंगलबार सम्पन्न भएको छ।
वरिष्ठ कृषि बिकास अधिकृत राजेन्द्र कोईराला, बागवाणी बिकास अधिकृत
बिष्णु घिमिरे, कृषि प्रचार प्रसार अधिकृत राज प्रसाद त्रिपाठि, पृथ्वी
लामिछाने दिलिप चौधरी, लेखापाल बालचन्द्र गौतम, अमर बिष्ट लगायतले
तालिममा प्रशिक्षण दिनु भएको थियो।
तालिमको उद्देश्य कृषकहरुका लागि मौसमी बेमौसमी तरकारी खेतीका बारेमा
जानकारी दिनुका साथै सक्रिय कृषक बनाउने, समुह र सहकारी सस्थाहरुको
व्यवस्थापन लेखासम्वन्धि व्यवस्थापन ब्यवस्थीत गर्ने लगायत रहेको छ।
तालिममा १३ गाविसका २१ जना कृषकहरुको सहभागिता रहेको थियो।
३ दिनसम्म चलेको तालिमको संयोजन बिष्णु घिमिरेले गर्नुभएको थियो भने
पुथ्वी लामिछाने र सहयोगी भिमे र्घर्तिले संचालन गर्नुभएको थियो।

बैठक बहिस्कार
ज्ञानेन्द्र शर्मा
रोल्पा, १३ माघ। एस.एल.सी परिक्षा केन्द्र सारिएको बिरोधमा उत्रिएका माबि
तालाबाङ रोल्पा कक्षा १० का बिद्यार्थीहरुको विरोधका कारण मंगलबार त्यस
क्षेत्रको स्रोत केन्द्र स्तरिय प्रध्यानाध्यापक बैठक बस्न सकेन्।
बिद्यार्थीहरुले माबि तालाबाङमा मंगलबार पठन पाठन ठप्प पारी नाराजुलुश
गर्नुका साथै माबि तालाबाङका प्रध्यानाध्यापकलाई घेराउ समेत गरेका थिए।
बिद्यार्थीहरु गाविस भरिका प्रत्येक प्राबि र निमाबि लगायतका
प्रध्यानाध्यापकलाई स्रोत केन्द्र स्तरिय प्रध्यानाध्यापक बैठक बहिस्कार
गराउन परिचालित भएका थिए।
बिद्यार्थीहरुले गत पुष १७ गतेको प्रध्ाानाध्यापक बैठक समेत बहिस्कार
गरेका थिए। बिद्यार्थीहरुले बिज्ञप्ती निकाली प्रधानाध्यापकलाई बैठक
बहिस्कार गर्न अनुरोध गरेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।