Skip to main content

वी.पी. उद्यानमा वी.पी. सभागृह होइन नेपाल-भारत मैत्री सभागृह बन्ने रे !

वीरगंज, २० पुस। वीरगंजको मध्यभाग घण्टाघर उत्तर वी.पी. उद्यानको जग्गामा निर्माण गरिने भनिएको नेपाल-भारत वी.पी. मैत्री सभागृहको नाम हटाएर भारत सरकारले नेपाल-भारत मैत्री सभागृह हुनुपर्ने नाम प्रस्ताव गरेको छ।
वी.पी. उद्यानमा भारत सरकारले नेपाल-भारत मैत्री सभागृह बनाउने नाम प्रस्ताव गरेपछि नानाथरिका आशंका पर्साका बुद्धिजीवी, चेतनशील नागरिकहरुको बीच उठेको छ। साविकको प्रस्तावित नाम बदलेर नयां नाम प्रस्ताव गरिनुलाई भारतको कूनियत रहेको स्पष्ट छ। यसलाई अर्थपर्ूण्ा रुपमा हेरिएको छ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका तत्कालीन महावाणिज्यदूत सी. गुरुराज रावले वीरगंजवासीको कुनै मांगबिना नै आफूखुशी वीरगंज नगरमा एउटा नगर सभागृह भारत सरकारको अनुदानमा निर्माण गर्न सकिने विषय एक र्सार्वजनिक समारोहमा उठाएका थिए ।
नेपाल-भारत सहयोग मंचका पदाधिकारीरुले त्यसपछि सभागृह निर्माणका लागि पहल गर्न खोजे। वीरगंज उपमहानगरपालिका कार्यालय र नेपाल-भारत सहयोग मंचका पदाधिकारीहरुबीचको छलफल पछि वीरगंज उपमहानगरपालिका कार्यालयले तत्कालीन मेयर स्व. माधवलाल श्रेष्ठको पालामा वी.पी. उद्यान निर्माणका लागि नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल यातायात संस्थानको मैत्री सभागृह प्रोजेक्ट भारत सरकारले स्वीकार गर्‍यो। हर्रि्रसाद गिरीको घर जहां यतिखेर भारतीय महावाणिज्य दूतावास छ, सोसंगै जोडिएको वी.पी. उद्यानको जग्गामा वी.पी. सभागृह निर्माण गर्न १८ करोडको लागत इष्टिमेट भयो।
ऐतिहासिक रेल्वे एस.जे.आरको कार्यालय रहेको लाल बिल्डि·को नामले चर्चित पुरानो भवन भत्काएर वी.पी. सभागृह निर्माणका लागि नामको विवादका कारण त्रिपक्षीय सम्झौता एम.ओ.यू हुन सकेको छैन।
वीउमनपा कार्यालयका स्रोत अनुशार वी.पी. उद्यानमा भारत सरकारको अनुदानमा नेपाल-भारत बीपी मैत्री सभागृह निर्माणका लागि प्रक्रिया सम्बन्धित निकायमार्फ अगाडि बढ्दै जाने एनेकपा माओवादीले नेतृत्व गरेको सरकारले वीपी सभागृह निर्माणको कुरालाई कुनै महत्व नदिएको जानकारी हुन आएको छ।
वरिष्ठ उद्योगपति हर्रि्रसाद गिरी र बाबुलाल चाचानको सभागृह निर्माणका लागि पटक पटक ताकेतापछि एमालेका नेता माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल-भारत वीरगंज सभागृह नाम प्रस्ताव गर्ने निर्ण्र्ाा
गर्‍यो।
नेपालस्थित भारतीय राजदूतावासले नेपाल सरकारले गरेको निर्ण्र्ाााई अस्वीकार गरी नेपाल-भारत मैत्री सभागृह नाम प्रस्ताव गरी पत्र पठाएको बुझिएको छ। भारत सरकारले प्रस्ताव गरेको नामलाई वर्तमान सरकारले लगभग स्वीकार गर्ने अवस्था रहेको एक स्रोतले बताएको
छ।
२०६१ सालदेखि निर्माण गरिने भनिएको सभागृह अहिलेसम्म नामका विवादका कारण शिलान्यास समेत हुन सकेको छैन।
मिस्टर एण्ड मिसेस एम.एल. कायस्थ कन्सल्टेन्सी कम्पनीले सो नगरसभागृहको डिजाइन गरेको छ। १८ करोड लागतको १००० सिट क्षमताको नगर सभागृह निर्माणका लागि अर्थमन्त्रालय वीउमनपा र भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता हुन जरुरी छ।
नेपाल-भारत वीपी मैत्री सभागृह वा नेपाल-भारत मन्त्री सभागृह दर्ुइमध्ये एक रोज्ने काम स्थानीय जनताको हो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...