Skip to main content

मैले उपप्रमं पद खोसेर लिएको हुं - गच्छदार

वीरगंज १५ माघ । मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकको कार्यकर्ता
भेला आज सम्पन्न भएको छ । कार्यकर्ता भेला अगावै पार्टर्ीीार्यालयको
उद्घाटन गर्न उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजय
कुमार गच्छेदारलाई आज बिहान मधेशी जन अधिकार फोरम नेपाल -उपेन्द्र यादव
समूहका) कार्यकर्ताहरुले मर्ूर्ली चोकमा कालो झन्डा देखाएपछि फोरम नेपाल
र प्रहरीबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले प्रहार गरेको लाठी लागेर फोरम नेपालका १६ नं. वडा
इकाइका अध्यक्ष नूरआलम अन्सारी घाइते भएका छन् । झडपका क्रममा फोरम
नेपालका ५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।
पार्टर्ीीार्यालय उद्घाटनपछि खाना खान होटल सम्झना पुग्नुभएका
उपप्रधानमन्त्रीको विरोधस्वरुप फोरम नेपालका कार्यकर्ताहरुले ट्राफिक
प्रहरीको ना १ झ ६७० नं.को गाडीमा आगो लगाएका थिए । आगलागीबाट गाडीमा
सामान्य क्षति पुगेको छ । सो आगलागी भएको गाडीलाई सोही स्थानमा रहेका
प्रहरीहरुले खरानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।
यता वीरगंजको नगरसभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला
निर्धारित समयभन्दा केही अवेर सुरु भएको थियो । भेलालाई सम्बोधन गर्दै
उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले लक्ष्मण चौधरी र उपेन्द्र यादवलाई
कुकुर र बिरालोको संज्ञा दिनुभएको थियो ।
उहांले समग्र मधेश एक प्रदेशको आवाज उठाउने उपेन्द्र यादव र समग्र
तर्राई थरुहट प्रदेशको आवाज उठाउने लक्ष्मण थारु दुवैजना एक भएर मधेशलाई
कमजोर पार्न खोजेको आरोप लगाउनुभयो । उपेन्द्र यादव समग्र मधेश एक
प्रदेशको भावना विपरित गएको बोल्नुभएका उपप्रमं गच्छदारले दुवैलाई कुकुर
र विरालोको संज्ञा दिनुभयो ।
उहांले उपप्रधानमन्त्री पद कसैले दिएर होइन, खोसेर लिएको बताउनुहुंदै
कसैको कृपाले उपप्रमंको पद नलिएको बताउनुभयो ।
उहांले शहीदको परिवारहरुका सदस्यहरुलाई रोजगारीको व्यवस्था, आन्दोलनमा
शहीद भएकाहरु अन्यलाई शहीद घोषणा गर्ने बताउनुभयो ।
गच्छदारले उपराष्ट्रपतिको विवाद साम्य गर्न खोज्दा उपेन्द्र यादव र
एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न बखेडा सिर्जना गरेको आरोप
लगाउनुभयो ।
कम्युनिष्ट विचारधारा बोकेका उपेन्द्र यादव सरकारमा छंदा ६ महिना विदेश
भ्रमण गरेर बिताएको र सरकार ढलेपछि मधेशको याद आएर सदरमुकाम नगएर
गाउं-गाउं लागेको, मधेशीहरुको लागि सरकारमा बसेर केही गर्न नसकेको,
एकलौटीरुपले पार्टर्ीीलाउन खोजेको आरोप लगाउनुभयो । उपेन्द्र यादवले
फोरमलाई अनाथ बनाएर नालामा फालेपछि आफूले अनाथ र नालामा फालेको
पार्टर्ीीई मिलाएर जोगाएको दाबी गर्नुभयो । उहांले हाम्रो पार्टर्ीी
नेपालमा बोल्ने सवै भाषालाई मान्यता दिलाएको बताउंदै नेपाली भाषा
बोल्नेहरुको विरोध गर्ने पार्टर्ीीोइन, अरुलाई कालोझन्डा देखाउने
पार्टर्ीीोइन भन्नुभयो । पर्यटनमन्त्री शरद्सिंह भण्डारी, केन्द्रीय
सदस्य वीरेन्द्रलाल नेपाली, कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम,
सभासद् दर्ुगा देवी मण्डल, के.स. वीरेन्द्र यादव लगायतले आ-आप\mनो
मन्तव्य राख्नुभएको सो कार्यक्रममा किशोरी यादवको सभापतित्वमा सम्पन्न
भएको थियो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।