Skip to main content

गहुंबाली पानीको अभावले खेतबारीमै सुक्न थाल्यो

ज्ञानेन्द्र शर्मा/लिवाङ
रोल्पा, २  माघ। समयमा पानी नपर्दा यसपाली रोल्पाका किसानहरु मार्कामा परेका छन्। धान र मकै पछिको प्रमुख खाद्यान्नको रुपमा चिनिने गहँुबाली पानीको अभावले खेतबारीमै सुक्न थालेपछि झनै उनीहरु चिन्तित देखिएका छन्। 
    रोल्पाको अधिकाशं भू-भागहरु सिचार्ँइ रहित भएकाले बालिनाली लगाएपछि आकाशे पानिको बाटो हेरेर आकाश हर्ेर्नुको बिकल्प छैन। अधिकाशं स्थानहरुमा कृषकहरुले उत्पादन गरेको अन्नलेे ६ महिना सम्म पनी खान नपुग्ने स्थिती रहेको छ।
    गत बषर्ाको समयमा पनि भने बमोजिम पानी नपरेर मकै बाली उत्पादनमा कमी आएको र गहँुले उत्पादन सुरु गनर्ुर्ेेमयमा पनि आकाशबाट पानी नपरेकोले यसबर्षभोकमरी पर्न सक्ने कृषकहरु बताउछन्।
    नेपाल जलश्रोतको धनि देश भएपनि यहाँको पानीलाई सदुपयोग गर्न नसक्नाले उत्पादनमा कमी, खानेपानीको अभाव, जलबिद्युतको अभाव जस्ता सम्ास्याहरु नेपालमा बस्ने अधिकाशं जनाताहरुले झल्दै आएका छन्।
    समयमा पानी नर्पनु, किटनाशक औषधी समयमा उपलब्ध हुन नसक्नु, सिचार्ँइको अभाव, आधुनिक खेत्रि्रणाली सम्वन्धि ज्ञान नहुँनु, खेतियोग्य भूमिको अभाव हुनु लगायतका समस्याले गर्दा रोल्पा जिल्लाका कृषकहरुलाई आफुले उत्पादन गरेको अन्नले ६ महिना सम्ममात्र खानपुग्ने समस्या देखा परेको हो।
    रोल्पा जिल्लाको जङ्कोट, कोटगाउँ, जुँगार, खुग्री, नुवागाउँ, जेद्वाङ, थवाङ, नुवागाउँ, लिवाङ, र्घर्तिगाउँ, मिझिङ लगायतका गाविसका केही स्थानहरुमा सिचार्ँइ भएपनि अन्य स्थानहरुमा भने सिचार्ँइको सुबिधा नभएकाले आफुहरुले सोचेअनुरुपको उत्पादन हुन नसकेको कृषकहरु बताउछन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।