Skip to main content

बन सर्म्वर्द्धन कार्य

ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। ठुलोडाडाँ गैरा सल्लेरी सामुदायिक बन
उपभोक्ता समुह मिझिङ ४ को बन सर्म्वर्द्धन कार्य आजदेखी सुरु भएको छ। बन
सर्म्वर्द्धन कार्य अर्न्तगत ८ हेक्टर बन क्षेत्रमा झाडीँ सफाई,
हागाँकाटछाटँ गरिएको छ।
बन सर्म्वर्द्धन कार्यको प्राबिधिक सहयोग फेकोफन शिप कार्यक्रमका फिल्ड
संयोजक ओम प्रकाश बि.क.ले गर्नुभएको छ।
भोलीसम्म संचालन हुने कार्यमा कार्यमा ३२ महिला र ४० पुरुष गरी ७२ जनाको
सहभागिता रहेको थियो।


ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। एकिकृत नेकपा माओवादी रोल्पा जिल्ला
६ नम्बर्रर् इलाका संयोजन समिती राङ्कोट एरियाको बैठक आज सम्पन्न भएको छ।
एरिया सेक्रेटरी धु्रबको संयोजकत्वमा सम्पन्न बैठकमा जिल्ला समिती सदस्य
अर्जुन के.सी.को बिशेष उपस्थिती रहेको थियो।
बैठकले जनयुद्धको बाषिर्क उत्सवको तयारी, फाल्गुन ३, ४ र ५ गते
कोरीचौरमा मेला लगाइने निर्ण्र्ाागरेको छ।

ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। युनिक स्टार फिल्म प्रोडक्सन
प्रा.ली. रोल्पाको कार्यालय उद्घाटन आज एक कार्यक्रमका बिच गरिएको छ।
प्रहरी निरिक्षक गोबिन्द पुरीको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा
हिरा बि.क बिशिष्ट अतिथी रहनु भएको थियो।
साथै कार्यक्रममा दर्ुगा परियारद्वारा निर्मित दर्ुइ दिनको जिन्दगी नामक
नेपाली कथानक चलचित्रको पनि उद्घाटन गरिएको थियो।
प्रा.ली को कार्यालय उद्घाटन तथा दर्ुइ दिनको जिन्दगी चलचित्रको उद्घाटन
प्रहरी निरिक्षक गोबिन्द पुरीले रिबन काटेर गर्नुभएको थियो।
कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, संघ सस्था तथा कार्यालयका
प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

झाडीँ सरसफाई कार्यक्रम सम्पन्न
ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। ारोखोला महिला सामुदायिक बन उपभोक्ता
समुह र्घर्तिगाउँ ८ रोल्पाले झाडीँ सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
खण्ड ख को २१ हेक्टर बन क्षेत्रफलमा गरिएको उक्त र्सर्म्वद्धन
कार्यक्रममा २२ जना महिला र १३ जना पुरुष गरी ३५ जनाको सहभागिता रहेको
थियो।
समुहका उपाध्यक्ष हरी प्रसाद र्घर्ति र सदस्य हैकली र्घर्तिको नेतृत्वमा
सम्पन्न कार्यक्रमको सहजीकरण रुडास नेपाल शिप कार्यक्रमका स्थानिय
श्रोतव्यक्ति रत्नकला र्घर्तिले गर्नुभएको थियो।

महिला स्वास्थ्य स्वयम् सेबिका तालिम
ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। जीबन सुरक्षा महिला स्वास्थ्य स्वयम्
सेबिका तालिम आज रोल्पाको जैमाकसलामा सम्पन्न भएको छ।
तालिमको सहजीकरणर् इलाका हेल्थपोष्ट पोवाङकार् इन्चार्ज राजेन्द्र हमाल,
सेरम उपस्वास्थ्य चौकीकार् इन्चार्ज कमल परियारले गर्नुभएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पा र भिसिपी रोल्पाको आयोजनामा सम्पन्न
भएको उक्त तालिममा महिला स्वास्थ्य स्वयम् सेबिकाहरुले स्वास्थ्य
सम्वन्धि सक्षम कार्यहरु गर्ने, आमा र बच्चाको जीबन सुरक्षाको लागि धेरै
सेवा पुर्‍याउने बताएका छन।
पोवाङमा सम्पन्न तालिममा ९ जना र सेरममा सम्पन्न तालिममा ९ जना महिला
स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो।
यसैगरी उवा गाविसमा पनि यही माघ १९ र २० गते तालिम संचालन हुने आयोजकले जनाएको छ।

आमसभा सम्पन्न

ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ।रोल्पाको तेबाङ गाविस वडा नं ६ र ७
लगायत बिभिन्न वडाका स्थानियवासीहरुको उपस्थितीमा आज आमसभा सम्पन्न भएको
छ।
आमसभाले नयाँ प्रस्तावित राज्य पोखरी अर्कलधारा सामुदायिक बन उपभोक्ता
समुह गठन गर्ने, कार्य समिती गठन गर्ने, सामुदायिक बनको नामाकरण गर्ने,
सामुदायिक बनको दर्ताको लागि जिल्ला बन कार्यालयमा निबेदन दिने लगायतका
निर्ण्र्ाागरेको छ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ रोल्पा शिप
कार्यक्रमका स्थानिय श्रोत व्यक्ति बेगम बहादुर सिर्पाली र सिता खड्काको
उपस्थितीमा सम्पन्न बैठकको निर्ण्र्ााअनुसार ६ जना पुरुष र ५ जना महिला
गरी ११ जनाको समावेशी समिती चयन गरिएको छ। आम सभामा ४५ जनाको सहभागिता
रहेको थियो।

भलिबल प्रतियोगिता सम्पन्न

ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। नौनेधुरी युवा समुह सेरम ५ फुलीबन
रोल्पाको आयोजनामा आज भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा जनकल्याण युवा समुह थनवाङ जैमाकसला प्रथम, रौनेधुरी युवा
समुह द्वितिय, सेरम ६ घुसबाङ रोल्पा तृतिय र जन कल्याण युवा समुहको बि
टिम सान्त्वना भएको छन।
प्रतियोगितमा ७ वटा टिमबिच प्रतिस्पर्धा भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।