Skip to main content

अन्सारी पक्राउ परेपछि जाली नोटका तस्करहरुवीच खैलबैला

१९ पुस, वीरगंज । भारतिय जाली नोटको कारोबारमा संलग्न राष्ट्रिय जनता दलका अध्यक्ष यूनिस अन्सारी काठमाडौंमा पक्राउ परेको समाचारसंगै मध्य तराईको बारा, पर्सा र रौतहट जिल्लाका जालि नोटको कारोबारीहरु विच ठुलो हलचल मच्चिएको छ ।

जाली नोट कारोवारीमा अन्तराष्ट्रिय गिरोहका प्रमुख नाईके समेत कहलिएका युनुस पुर्व मन्त्रि सलिम मियाँ अन्सारीका छोरा हुन् । अन्सारी २० लाख भन्दा बढी नक्कली भारतिय रुपैयाँ सहित शनिबार राजधानिमा पक्राउ परेपछि मध्य तराई क्षेत्रमा जाली नोटको सञ्जाल फैलाउने सो गिरोहका सदस्यहरुवीच अहिले खैला बैला मच्चिएको छ ।

प्रहरीले विगतमा जालीनोटको कारोबारमा संलग्न भएको आरोपमा वीरगंजको गहवाबाट साजिद अन्सारी सहितको गिरोहलाई पक्राउ गरेपछि यस धन्दामा पुर्व मंत्रि सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीको संलग्नता रहेको आशंका गरीए पनि प्रमाण नभेटिएको कारण पक्राउ गर्न नसकिरहेको अवस्थामा २० लाख भन्दा बढी भारतिय जालि नोट सहित अंसारी पक्राउ परेपछि अव सो कारोबारमा संलग्न सञ्जालको पर्दाफास हुने दाबी पर्सा प्रहरीले गरेको छ ।

युनिसको पक्राउपछि उनको कारोवारलाई सघाउंदै आएकाहरुले समातिने डरले भागेको पारिवारिक श्रोतले जनाएको छ ।

नक्कली नोटमा अन्सारी संलग्न रहेको चर्चा लामो समयदेखि चल्दै आएपनि नेपाल सरकारले यसअघि उनलाई एक पटक पनि पक्राउ वा सोधपुछ गरेको थिएन । भारतीय विदेश मन्त्री एसएम कृष्णा माघ १ गते नेपाल आउने भएपछि छिमेकी मुलुकलाई खुशी पार्नका लागि सरकारले युनुस अन्सारीलाई पक्राउ गरेको हुनसक्ने उच्च सुरक्षा अधिकारीहरुको भनाई छ ।

भारत सरकारले युनुसलाई पक्राउ गर्नका लागि पटक पटक नेपाल सरकारसाग आग्रह गर्दै आएको थियो ।

यता विगत केहि दिन अगाडि बारा जिल्लामा जाली नोटकै धन्दामा संलग्न भएको आरोपमा ताज महम्मद, शेर महम्मद लगाएत आधा दर्जन भन्दा बढी व्यक्तीहरुलाई प्रहरीले खोजिकार्य तिव्र पारेको र केहिलाई पक्राउ समेत गरेको दावि जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विज्ञान सर्माले बताउनुभयो ।

पाकिस्तानि खुफिया एजेन्सि आई.एस.आई र अन्तराष्ट्रिय अपराधिक गिरोह दाउद ईम्ब्राहिमको समुहमा संलग्न भई नेपालको भुमि प्रयोग गरेर भारतमा जाली नोट पुर्‍याउने धन्दामा युनुस अन्सारी नेपालको प्रमुख एजेन्ट भएको समाचार सार्वजनिक भएपछि भारतको दवावमा युनुस अन्सारी पक्राउ परेको बताईएको छ ।

विगत केहि समय यता तराईका जिल्लाहरुमा व्यापक रुपमा भारतिय जाली नोटको कारोबार बढी रहेको अवस्थामा प्रमुख नाईकेनै पक्राउ परे पछि अव यो धन्दा समाप्त हुने विश्वास यस क्षेत्रका बासिन्दाहरुले गरेका छन् ।

पक्राउ परेका युनुस अन्सारी हालै परीक्षण प्रारम्भ गरेको नेशनल टेलिभिजनका अध्यक्ष समेत रहेको बुझिएको छ ।- अनलाइनखबर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...