Skip to main content

संयन्त्रमा प्रधानमन्त्री आमन्त्रित रहनु नै उचित - सञ्चार मन्त्री

काठमाडौं, माघ ९। सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शंकर
पोखरेलले राजनीतिक गतिरोध अन्त्यका नाममा गणतन्त्र नेपालको पहिलो प्रतीक
राष्ट्रपतिको अपमान र मानमर्दन हुने सहमति सरकारलाई स्वीकार्य नहुने
बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री
पोखरेलले राष्ट्रपतिको गरिमा संस्थागत रुपमा आँच पुग्ने गरी कुनै पनि
छलफल गर्न सरकार तयार नभएको स्पष्ट पारे। उनले भने- राष्ट्रपतिको कदम
पर्ूण्ा संवैधानिक छ।
गतिरोध अन्त्यका निम्ति सरकार र माओवादी दुवै पक्ष लचिलो हुनुपर्ने भए
पनि झुकेको अनुभूति गर्न नहुने उनको धारणा थियो। उनले भने- सरकार कसैसामु
झुक्न सक्दैन। माओवादीले पनि झुकेको अनुभव गर्न नपरोस्।
कार्यक्रममा पोखरेलले कुनै दलका नेताको संयोजकत्वमा गठित उच्चस्तरीय
राजनीतिक संयन्त्रमा कार्यपालिकाको प्रमुख प्रधानमन्त्री सदस्य हुनुभन्दा
आमन्त्रित रुपमा रहनु उचित भएको दाबी गरे।
'संयन्त्रमा प्रधानमन्त्री सदस्यभन्दा आमन्त्रित रुपमा रहनु नै उचित
हो,' उनले भने- आफ्नोे उपस्थितिमा भएका बैठकका निर्ण्र्ाााई
मन्त्रिपरिषदबाट पारित गराउनुपर्ने भए पनि प्रधानमन्त्री अनुपस्थितिमा
हुने बैठकका निर्ण्र्ाामान्न सरकार बाध्य हुँदैन।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्ता पोखरेलले उच्चस्तरीय राजनीतिक
संयन्त्रले बन्द कोठाबाट सरकार गठन र विघटन गर्न नसक्ने बताए। 'शान्ति र
संविधानका लागि संयन्त्रले सरकारको आन्तरिक कार्यमा हस्तक्षेप गर्न
सक्दैन,' उनले भने- सरकारलाई गलहत्ताउने संयन्त्रको काम हुन सक्दैन। यो
काम त संसदमा रहेका दलहरुको हो।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले गर्न नसकेका काम वर्तमान
सरकारले गरेको उनको दाबी थियो। 'शिविरबाट अयोग्य लडाकु निकाल्ने, ११२
दिने कार्ययोजना ल्याएर सेना समायोजन विशेष समिति अघि बढ्ने,
संविधानसभाका सबै विषयगत समितिले प्रतिवेदन बुझाउनेलगायत काम भएका छन्,'
उनले भने- अब शान्ति र संविधान पनि यही सरकारले नै फत्ते गर्नेछ।
मन्त्री पोखरलले माओवादीले अनिश्चितकालीन आम हडताल फिर्ता लिनु
सकारात्मक भएको बतँए। 'तर, हडताल असफल हुने देखेरै माओवादीले फिर्ता
लिएको हो, जनस्तरमा त्यसको अवज्ञा हुने निश्चित थियो। राष्ट्रिय शक्ति
विभाजन गरी विदेशीलाई प्रभु भन्दै वार्ता गर्छर्ुुन्नु माओवादीको चरम
बेइमानी भएको उनको तर्क थियो। उनले भने- परराष्ट्र नीति भनेको देशको नीति
हो, यो दलैपिच्छे हुन सक्दैन।
साथै पोखरेलले विशेष समितिले रक्षा मन्त्रालय र नेपाली सेनासँग परामर्श
गर्नुपथ्र्यो भन्ने रक्षामन्त्री विद्यादेवी भण्डारीको भनाइ नाजायज नभएको
बताए। 'रक्षामन्त्रीको भनाईको आपत्ति प्रकट गर्ने या राजीनामै दिनुपर्ने
अवस्था छैन,' उनले भने- नेपाली सेनाको व्यावसायिक र संगठनात्मक रुपमा असर
पुग्ने गरी समायोजन हुन सक्दैन।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।