Skip to main content

नागरिक दबाब रयाली र सांस्कृतिक सभा

काठमाडौं, २९ पुस । संविधान निर्माणको लागि राष्ट्रव्यापी युवा दवाब
अभियानले आज एक पत्रकार सम्मेलन गरी अभियानको संयोजनमा हुन गईरहेको वृहत
नागरिक दवाव र्‍याली र साँस्कृतिक सभाको बारेमा जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा जनआन्दोलनका र्घाईते मुकेश कायस्थको भनाइ यसप्रकार छ-
छ दशक देखिको निरन्तर संर्घष्ा, बलिदानी र अनेकौं उतारचढाव पार गर्दै
नेपाल अहिले 'संघीय लोकतान्त्रिक गणतन्त्र' लाई संस्थागत गर्ने यात्रामा
छ। द्वन्द्वबाट-शान्तितर्फ, निरंकुशताबाट लोकतन्त्रतर्फ अस्थिरताबाट
स्थिरतातर्फ, बहिष्करणबाट सामेलीकरणतर्फ, गरिबीबाट समृद्धितर्फ र
अँध्यारोबाट उज्यालो तर्फको यो यात्राको ढोका तबमात्र खुल्छ जब तोकिएकै
समयमा सबैका अधिकार लिपिबद्ध गर्दै नयाँ संविधान जारी हुन सक्छ। संविधान
निर्माणका लागि हाम्रा विचमा अब ५ महिना भन्दा कम समय मात्र बाँकी छ।
दलहरुबीचमा देखिएको मतभेद, अविश्वास, निषेध र प्रतिशोधको राजनीतिले
तोकिएको समयमा संविधान निर्माण हुने कुरामा आशंका पैदा भएको छ। नेपाली
जनताले ठूलो उत्साहका साथ संविधानसभाको निर्वाचनमा मतदान गरेको अर्थ
निश्चय पनि दलहरुबीचको अविश्वास र सत्ताकेन्द्रित खिचातानी देख्नका लागि
थिएन। नेपाल र नेपालीको भविष्य र सपनासँग जोडिएको शान्ति प्रक्रिया र
संविधान निर्माण कार्य समयमा टुँगिएन भने मुलुक, हाम्ो र भावी पुस्ताको
भविष्य समेत अन्धकारमा धकेलिने निश्चित छ।
हामी को हौं -
तोकिएको मितिमा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान र
शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन दवावका लागि स्वत स्फर्ुत रुपमा
"संविधान निर्माणका लागि राष्ट्रव्यापी युवा दवाव अभियान" भित्र गोलबद्ध
भएका नागरिकहरुको जमात हौं हामी। हामी कुनै दातृ निकायको आर्थिक सहयोगबाट
संचालित नभएर आफ्नै हैसियतमा स्वतस्फर्ुत उठेको यो स्वयँसेवी अभियानलाई
अगाडि बढाउँदै आएका छौं। हाम्रो अधिकार प्राप्तीको लागि अरुको अधिकार हनन
गर्ने कुरामा हामी विश्वास गर्दैनौं। नेकपा माओवादीले लोकतान्त्रीक
संस्कार अँगाल्नर्ैपर्छ र काँग्रेस, एमाले लगायतका दलहरुले अग्रगामी धार
छोड्न किमार्थ पाउँदैन भन्ने हाम्रो स्पष्ट अडान छ। यसमा कसैलाई कुनै पनि
किसिमको शंका नरहोस्।
यहि सैद्धान्तीक अडानमा रहि हामीले विभिन्न प्रकारका दवावमुलक
कार्यक्रमहरु गर्दै आईरहेका छौ। उदाहरणका लागि मानव साङ्गलो, पाङग्रे
जुलुस, हस्ताक्षर संकलन तथा हस्तान्तरण, संविधान सभाका सभासद्हरुलाई
सांकेतिक आशिवर्चन, संविधान यात्रा लगायतका कार्यक्रमहरु गर्दै आईरहेका
छौं। हाम्रो यि सबै कार्यक्रमहरुमा हामीले नत चक्काजाम गर्या,ैं नत टायर
नै बाल्या,ैं नत हाम्रो अभियानले र्सवसाधारणलाई नकारात्मक असर नै
पुर्याएका छौं, नत हामीले यो अभियानमा सहभागि हुनलाई आम नागरिकलाई दवाव
नै गर्यौं। यसै क्रममा भोली पौष ३० गते दिनको १.३० बजे भृकुटी मण्डपबाट
बृहत नागरिक दवाव र्‍यालीको आयोजना गरेका छौं। भृकुटीमण्डपको सो र्‍याली
वसन्तपुरमा पुगेर सांस्कृतिक सभामा परिणत हुनेछ जहाँ शान्ति र
संविधानसम्बन्धी प्रस्तुति रहनेछ।
यो तपाईं, हाम्रो साझा अभियानमा १०० भन्दा बढि संघ संस्था, नागरिक
आन्दोलनका अगुवा, मानव अधिकार कर्मि, अपाङ्ग, तेश्रो लिङ्ग,ि विभिन्न
पेशा व्यवसायी, कलाकार खेलाडि, पत्रकार, विद्यार्थी, राजनैतिक दलका भातृ
संगठन, नागरिक समाजका विभिन्न क्षेत्रले सहभागिताको लागि ऐक्यबद्दता
जनाईसकेका छन्।
आउनुहोस्, एकपटक पुनः राजनैतिक सहमति, शान्ति र संविधानको पक्षमा आफ्नो
स्पष्ट मत जाहेर गरौं। समयमै संघिय लोकतान्त्रीक समावेशी संविधान नबन्दा
हिजोका सबै संर्घष्ाका उपलब्धीहरु समाप्त हुनेछ। हिजोका संर्घष्ामा लगानी
गर्नुभएका प्रत्येक तह र तप्काका नागरिकहरु यो दवाव अभियानमा सहभागी
नहुने हो भने हामी कर्तव्य च्युत हुनेछौं भन्ने हाम्रो ठहर हो। त्यसैले
वर्तमानको मौनता राष्ट्रप्रतिको अपराध हो। वर्तमानको मौनताले भोलीका
पिढींमाथि अन्याय हुनेछ। यो मौनता अब तोड्नै पर्छ। आम नेपाली नागरिकलाई
हामी यहि नै अपिल गर्दछौं।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।