Skip to main content

हिमशिखरमा नयाँ नेतृत्व, नेतृत्व विकास कार्यक्रम सम्पन्न, कविता प्रतियोगिता

कविता प्रतियोगिता

कुमार नेगी
मकवानपुर, २६ पुस। श्री कालिका माध्यमिक विद्यालय नामटारमा क्रियाशील कालिका बाल क्लबको आयोजनामा तहगत कविता प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्राथमिक तहमा सजिना थापा प्रथम, सुसन विक द्वितीय र सगुन प्रजा तृतीय भएका थिए। त्यसैगरी मावि/निमावितर्फमिलन पुडासैनी प्रथम, कोपिला बर्तौला द्वितीय र शुभद्रा रेग्मी तृतीय भएका थिए।
कार्यक्रममा रामप्रसाद बर्तौला, राजाराम पराजुली, रमेशमोहन अधिकारी, देवकी उप्रेती, सपना बर्तौला, सन्चमाया बुलुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
र्सर्मिला हटवालको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रमको पुरस्कार प्रयोजन सिविन नेपालले गरेको शिक्षक रमेशमोहन अधिकारीले जानकारी दिनुभयो।

नेतृत्व विकास कार्यक्रम सम्पन्न

कुमार नेगी
मकवानपुर, २६ पुस। जनवादी सांस्कृतिक मञ्च दामनले नेतृत्व विकाससम्बन्धी कार्यक्रम दामनको विकास घरमा शनिबार सम्पन्न गरेको छ। जन आवाज सांस्कृतिक मञ्चका केन्दिय सदस्य दिप शक्ति क्षेत्रिको प्रमुख आतिथ्य तथा जनवादि सांस्कृतिक मञ्चका अध्यक्ष विकास नेपालिको सभाध्यक्षतामा कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिले विविधताले भरिएको देशमा कुसंस्कार हटाउन धेरै समय लाग्ने भएकोले क्रमिक रुपमा कुसंस्कारलाई हटाउदै लैजानु पर्नेमा जोड दिए।
नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य इश्वरनाथ पौडेलले दलितहरुको उत्थानका लागि दलितलाई दया होइन जागरुक हुन जरुरी रहेको र त्यसका लागि शिक्षाको आवश्यक्तता रहेको बताए।
त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका २ नंं. क्षेत्रिय इन्चार्ज विष्णु विष्टले दलितको आर्थिक स्थितिमा सुधार भए मात्र सामाजिक सुधार हुने बताए।
कार्यक्रममा पिस नेपाल मकवानपुरका अध्यक्ष कुमार नेगी, एकीकृत नेकपा माओवादीका दामन गाउँकमिटी इन्चार्ज अरुण रायमाझी, दामन पालुङ गाविस सचिव रामचन्द्र रायमाझी, पालुङ जेसिजका अध्यक्ष चिनिया लामा लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए।

हिमशिखरमा नयाँ नेतृत्व

कुमार नेगी
मकवानपुर, २६ पुस। आग्राको डाँडाबासमा सम्पन्न हिमशिखर बचत तथा ऋण सहकारी संस्थाको प्रथम वाषिर्क साधारण सभाले शुभराज थिङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।
समितिको उपाध्यक्ष बिुद्धिलाल थिङ, कोषाध्यक्ष इमानसिं थिङ , सचिब सुजिन्द्र गोले रहेका छन्। त्यसैगरी सदस्यहरुमा प्रतापसिं गोले , राजेन्द्र थोकर, शान्तकुमारी गोले, सानोकान्छी थिङ, राजकुमार थिङ, डम्बरबहादुर लामा, चक्रबर्ती मोक्तान रहेका छन्।
यसैगरी साधारणसभाले रामचन्द्र थिङको संयोजकत्वमा लेखा समिति चयन गरेको छ। समितिका सदस्यहरुमा रामबहादुर स्याङ्तान र भक्तमान थिङ रहेका छन्।
रत्नबहादुर गोलेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य ८७ वषर्ीया सुनमाया थिङले गरेकी थिइन्।
संस्थाले ६ महिना यता ३५ लाख रपैया बराबरको कारोबार गरेको सुजिन्द्र गोलेले बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...