Skip to main content

मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणा गर्ने तयारी

हेटौडा, २९ पुस। मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणाका लागि आवश्यक पर्ुवाधार तयारी स्वरुप उद्योग संघ हेटौडा श्वेत पत्र जारी गर्ने तयारीमा जुटेको छ। सो कुरा संघले मंगलबार आयोजित पत्रकार भेटघाटमा र्सार्वजनिक गरेको हो। औद्योगिक विकास विना देशको आर्थिक विकास हुन नसक्ने र औद्योगिक शान्ति विना उद्योगको विकास हुन नसक्ने ठहर गर्दै औद्योगिक जिल्ला घोषणाका लागि पहिलो कदम स्वरुप औद्योगिक शान्ति स्थापना गर्न सरोकारवालाहरुको सहभागितामा श्वेत पत्र जारी गर्न लागिएको संघले जानकारी दिएको छ। त्यसका लागि जिल्ला स्थित राजनैतिक दलहरुसंघ छलफल भै सकेको र टूेड युनियहरु संघ पनि विभिन्न चरणमा छलफल भै सकेको संघले जनाएको छ। उद्योग संघ हेटौडाको आयोजनामा यही पौष २३ गते सम्पन्न परिचयात्मक तथा औद्योगिक बातवरण निर्माण विषय अन्तरक्रिया कार्यक्रमा औद्योगिक जिल्ला घोषणाकालागि आवश्यक पर्ुवाधार तयारी गर्न एक श्वेत पत्र जारी गर्ने निर्ण्र्ाागरिएको संघका निर्वतमान अध्यक्ष माधव अधिकारीले कार्यक्रमा जानकारी दिनु भयो। अन्य जिल्ल्ाामा भन्दा मकवानपुर जिल्लामा उद्योग स्थापना र सञ्चालनका लागि मैत्रिपर्ूण्ा बातावरण श्रृजना गर्न सकेमात्र समग्र जिल्लाको विकास हुनेमा अधिकारीले जोड दिनु भयो। कार्यक्रममा श्वेत पत्र जारी गर्ने तयारी स्वरुप सरोकारवालाहरु संघ बृहत छलफल भै रहेको र एक महिना भित्र श्वेत पत्र जारी गर्ने तयारीका साथ संघ जुटेको संघका महासचिव नन्दकिश्वोर बस्नेतले जानकारी दिनु भयो।
कार्यक्रममा मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषण गर्न पर्ुवाधार तयार गर्न आवश्यक सहयोग सहित समाचार सम्प्रेशण गरिदिन सञ्चार गृह र पत्रकारहरुलाई संघले आग्रह समेत गरेको थियो। सोही कार्यक्रममा पत्रकार महासंघले आफ्नो भवन निर्माण गर्न थालेकोमा खुशी ब्यक्त गर्दै संघले त्यस अभियानमा उद्योग संघ पनि साथमा रहेको विश्वास दिलाउदै यथा सक्य सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रम संघका अध्यक्ष ऋषीराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।