Skip to main content

जडिबुटी माफिया हर्बोदेखि होशियार

अखिलेश सिंखडा
काठमाडौं, १० माघ/ एकीकृत नेकपा माओवादीले जल, जंगल, जडिबुटी, जमिन र जल
माफियालाई सखाप पार्ने रणनीति लिएको थियो । तर, ९ महिने सरकार चलाउँदा
उसले यी पाँचै माफियालाई खुलेआम छोडिदियो र यसले गर्दा यी माफियाहरू
माओवादीको समेत संरक्षण पाइयो भनेर खुलेआम छाती फुलाएर हिँड्ने थाले ।
अहिले यी पाँच 'ज' माफिया माओवादीकै शरणमा रहेरनिर्वाध रूपमा आफ्नो
गोरखधन्दा संचालन गरिरहेका छन् ।
माओवादीको छत्रछायाँमा रहेर पछिल्लो पटक जडिबुटी माफियाहरूको सक्रियता
झन् बढेको छ । माओवादीले कर्ण्ाालीलाई जडिबुटी उद्योग संचालन गर्ने
उद्घोष गरेदेखि नै केही जडिबुटी माफियाहरू माओवादीनेताहरूकहाँ हात मोल्न
पुगेका थिए र माओवादी सत्ताबाट बाहिरिएपछि पनि बन्दुकको आडमा गोरखधन्दा
संचालन गराइदिने आशमा यी माफियाहरू माओवादीको शरणमै रहेका छन् ।
माओवादीले काँधमा हात राखिदिएपछि मख्ख पर्दै आफ्नो सञ्जाल विस्तार गर्ने
काममा तिक्तता दिएका जडिबुटी माफियाहरूमध्ये हर्वो इन्टरनेशनल अहिल अग्र
स्थानमा रहेको छ । नेर्टवर्क व्यवसायको आडमा जडिबुटीको कालो व्यापार
गरिरहेको हर्वोका कर्तुतहरू धमाधम बाहिर आउन थालेपछि यसका संचालकहरू पुनः
माओवादीको शरणमा हार-गुहार माग्न पुगेका छन् । हर्बोका गोकुल श्रेष्ठ,
पुष्पराज पुरुष, बसन्त पण्डितलगायतका माफियाहरू आफ्नो धन्दामा कानुनले
अंकुश लगाउने संकेत देखेपछि त्रसिद भएर माओवादीको बन्दुकसँग गुहार माग्न
पुगेको हर्वो पीडितहरूको भनाई छ ।
जडिबुटीबाट बनेको अर्ग्यानिक चिया, साबुन, तेल, दन्तमञ्जन जस्ता
वस्तुहरू चर्को मूल्यमा विक्री गरेर उपभोक्ता ठग्दै आएको हर्बो विरुद्ध
उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही हुने भएपछि यी माफियाहरू झोली तुम्बा
बोकेर कुलेलमा ठोक्ने कि माओवादीलाई कमिशन दिएर टिकीराख्ने भन्ने सोचमा
परेका छन् । एक हजार रुपैयाँमा चिया बेच्ने, दर्ुइ सय रुपैयाँमा साबुन
बेच्ने, चार हजार रुपैयाँ तेल बेच्ने, चारसय रुपैयाँमा दन्तमञ्जन बेच्ने
हर्बोका माफियाहरूले उपभोक्ता संरक्षण ऐनको खिल्ली उडाइरहेका छन् । तर,
उपभोक्ताको हक हितको ठेक्का लिन्छु भनेर बसेका उपभोक्ता संरक्षणबादीहरू
काम र मुखमा ठेली कोचेर बसेका छन् ।
उपभोक्ता संरक्षण मञ्च खोलेर डलर खेतीमा रमाएका ज्योति बानिया, हरेन्द्र
श्रेष्ठ, प्रेमलाल महर्जन जस्ता व्यक्तिहरू हर्बोको लुटभन्दामामौन
र्समर्थन गर्नुले उनीहरूले पनि माफियाबाट मोटो रकम कमिशन खाएको प्रष्ट
हुन्छ । खल्तीमा डलर भर्ने, उपभोक्ताको पक्षमा भाषण गर्ने, रडियो
कार्यक्रम चलाउने र उपभोक्ताको नाम बेचेर परिवार पाल्ने धन्दामा लागेका
यी उपभोक्ता अधिकारवादीहरूको हर्बोप्रतिको लचकताले आम र्सवसाधारण ठगिँदै
गएका छन् र माफिया, काला बजारीहरू झन् सुरक्षित बनेका छन् ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...