Skip to main content

वीउवासंघद्वारा राष्ट्रपतिसंग भेट

वीरगंज, ९ माघ। वर्तमान प्रर्रि्रेक्ष्यमा रहेका उद्योग व्यापारसंग
सम्बन्धि समस्या प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइ समाधानको लागि
आवश्यक पहल गर्न बीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष ओमप्रकाश सिकरियाको
नेतृत्वमा काठमाण्डौ गएको आठ सदस्यीय शिष्टमण्डलले नेपालका प्रथम
राष्ट्रपति रामवरण यादवसंग शिष्टाचार भेट गरी समसामयिक समस्याहरु वारे
राष्ट्रपतिलाई अवगत गराउँदै समाधानका लागि सम्बन्धि निकायलाई निर्देशन
हुन अनुरोध गरेको छ। साथै राष्ट्रपतिले आवश्यक पहल गर्ने आश्वासन दिनु
भएको समाचार प्राप्त भएको छ। त्यसैगरी सो शिष्टमण्डलले गृहमन्त्री माननीय
भिम रावल, उर्जामन्त्री माननीय प्रकाश शरण महत, उद्योगमन्त्री माननीय
महेन्द्र राय यादव समेतसंग गरेको छुट्टाछुट्टै भेटमा बिषयगत रुपमा
समस्याहरु अवगत गराएको थियो। बारा/पर्सा क्षेत्रको समस्या प्रति सरकार
गम्भिर रहेको छ। उद्योग व्यापार तथा नागरिक सरोकारका पक्षमा देखिएका
प्रत्येक समस्या समाधान तथा अमनचयन कायम गर्न सरकारले निर्ण्ाायक
कार्यहरु चाँडै नै गर्ने र कतिपय कार्यहरु प्रारम्भ समेत भई सकेको तथा सो
कार्य सम्पादनमा भारतले समेत सहयोग गर्ने सहमति दिएको जानकारी माननीय
मन्त्रीहरुबाट प्राप्त भएको शिष्टमण्डलले वताएको छ।
शिष्टमण्डलले नेपाल राष्ट्र बैंकका कायममुकाय गभर्नर कृष्ण बहादुर
मानन्धर तथा कार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीसंग भेट गरेको र भेटको
अवसरमा भारतीय मुद्राको उपलब्धता तथा भारतको लागि बनाईने बैंक ड्राफ्टमा
देखिएको अवरोध र बैंकसंग सम्बन्धित विविध बिषयहरु सम्बन्धमा आवश्यक छलफल
भएको थियो। सो शिष्टमण्डले उद्योग व्यापारीहरु केन्द्रीय छाता संगठन
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसंग समेत भेट गरी शिष्टमण्डले
काठमाण्डौमा राष्ट्रपति, मन्त्री तथा विभिन्न निकायका अधिकारीसंगको भेटमा
प्रस्तुत गरेको बिषयहरु बारे महासंघलाई अवगत गर्राई महासंघबाट समेत
समाधान सम्बन्धमा आवश्यक पहल गर्न अनुरोध गरेको समाचार प्राप्त भएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।