Skip to main content

बाल जागृति माध्यमिक विद्यालयले रजत जयन्ती मनायो

-यादव चौलागाइ
गौरीटार, २९ पुस/ वालजागृति युवा वर्षमाध्यमिक विद्यालय गौरीटारले विविध कार्यक्रम गरी पच्चीसोै वर्षपुगेको अवसरमा रजत जयन्ती मनाएको छ। विद्यालयले बिविध रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्दै सप्ताहव्यापी रुपमा रजतजयन्ती मनाएको हो। हेटौडा नगरपालिका वडा नं ६ मा रहेको विद्यालय २०४१ सालमा स्थापना भएको थियो। हेटौडा नगरको विद्यालय भएपनी नगरको विकट स्थानमा स्थापना भएको विद्यालयले उत्कृष्ठ शिक्षा प्रदान गर्दै मकवानपुरको एउटा राम्रो विद्यालयको रुपमा परिचित छ।
बिद्यालयको बुधवार शिक्षा विभागका निमित्त महानिर्देशक प्रकाशराज पाण्डेले रजत जयन्तीको समापन समारोहको उद्घाटन गर्नुभएको थियो। उहा“ले सोही अवसरमा बोल्दै समग्र विद्यालयको उन्नती भएमा मात्र नेपालको शिक्षा प्रणाली राम्रो हुनेमा जोड दिनुभयो। उहा“ले एउटा विद्यालयको लागी रजत जयन्ती भनेको महानतम उपलव्धी समेत हो भन्दै गुणस्तीय श्ािक्षाका लागी यस्ता उपलव्धीलाई जोडेर लानर्ुपर्छ भन्नुभयो । समापन समारोहमा नेपाली कांगे्रसका नेता तथा सुकुम्वासी आयोगका उपाध्यक्ष रामचनद्र अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला शिक्षा अधिकारी लगायतको उपस्थिति थियो।

चोलेन्द्र पण्डित लगायत विद्यालयका पर्ुव व्ािद्यार्थी तथा राष्टी्रय कलाकारहरुको समेत उपीथीती थियो।
रजत जयन्ती समारोहकै अवसर पारेर विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु हुने पर्ुव विद्यालय ब्यवसथापन समिती अध्यक्ष,पर्ुव प्रध्यानाध्यापक,तथा शिक्षकहरुलाई समेत सम्म्ाानित गरीएको थियो। विद्यालयका प्रथम ब्यवस्थापन समीती अध्यक्ष तिलकबहादुर दुलाल तथा प्रथम प्रध्यानाध्यापक तुलबहादुर र्राई समेतको समारोहमा उपस्थीती थियो। रजत समारोहकै अवसरमा विद्यालमा पोखरी निर्माण गरीएको थियो। पोखरीको समुद्घाटन प्रमुख अतिथी पाण्डेले गर्नु भएको थियो। विविध गायन तथा नृत्यको प्रतियोगीता सगै“ कार्यक्रम सम्पन्न्ा गरीएको थियो। सोही अवसरमा विद्यालयले हप्ताभरी गरेको प्रतियोगतिात्मक कार्यक्रमको पुरस्कार पनी सोही अवसरमा वितरण गरेको थियो।
विभीन्न व्यक्तित्व सम्मानित
विद्यालयले विभीन्न्ा कालखण्डमा विद्यालयमा अध्ययन गरी राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा बटुलेका पर्ुव विद्यार्थीहरुलाई सम्म्ाानित गरेको छ।
विद्यालयले हास्य कलाकार सुनिता गौतमर् मेरी बास्सै की मुइया े,नेपालकै होची कलाकार बृन्दा दुलाल, अर्न्तराष्ट्रिय बक्सीङ खेलाडीद्धय अजित गुरुङ र पुरनबहादुर र्राई, कलाकार भोला सापकोटा र मणीराज गौतम सम्म्ाानित गरीएको हो। पर्ुव विद्याथीलाई सम्म्ाानित गर्दै विद्यालयका प्रध्यानाध्यापक अर्जुन चौलागाईले यिनै राष्ट्रीय प्रतिभाले पनि स्कुलको शिर उ“चो बनाएको बताउनुभयो।
त्यसैगरी समारोहमा विद्यालयको विकासमा सञ्चारमाध्यम मार्फ शैक्षिक स्तर उठाउन तथा विद्यालयको प्रचारप्रसार गर्राई व्ािद्यालयलाइृ राष्ट्रिय स्तरमा पुर्याएको भन्दै पत्रकार प्रताप विष्ट र भिमसेन पौडेललाई सम्मान पत्र सहित सम्मान गरेको छ। विष्ट कान्तीपुर दैनिक तथा भिमसेन पौडेल हेटौडा एफएम लगायतका सञ्चालमाध्यममा सम्वन्धीत हुनुहुन्छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...