Skip to main content

शिक्षक नहुँदा विद्यालय बन्द

ज्ञानेन्द्र शर्मा रोल्पा, १ माघ। विद्यालयमा शिक्षक नहुँदा दाङको नेपाल-भारत सीमा क्षेत्रको एक विद्यालय गत भाद्रदेखि बन्द भएको छ। शिक्षक नभएपछि बेला गाविसस्थित प्रावि पटौलीनाकाको शाखा विद्यालयको रुपमा गुरुङ नाकामा रहेको जनता प्राथमिक विद्यालय बन्द भएको हो।
    स्थानीयबासी धनबहादुर रोकाले दिएको जानकारीअनुसार विद्यालयका शिक्षक हरिनारायण चौधरीले तलब नपाएपछि गत भाद्रदेखि पढाउन छोडेका हुन्।
    ०६३ सालदेखि एएफसी नामक संस्थाले मासिक दर्ुइ हजारको दरले तलब दिएपछि शिक्षक हरिनारायण चौधरीले पढाउँदै आएका थिए। तर, गत भाद्रदेखि कार्यक्रम सकिएको भन्दै संस्थाले तलब दिन छोडेपछि शिक्षक चौधरीले पनि पढाउन छोडिसकेका छन्।
    कक्षा ३ सम्म सञ्चालित विद्यालय बन्द भएपछि त्यहाँ पढ्ने ४०/४५ जना बालबालिकाले पर्ढाई छोड्न बाध्य भएका छन्। गाउँमा एउटामात्र विद्यालय भएको र अर्को विद्यालय पुग्न झण्डै चार/पाँच घण्टा टाढा हिड्नुपर्ने भएकोले बालबालिकाले पर्ढाई छोड्नुपरेको हो।
    ०४० सालमा स्थानीयबासीको आप\mनै पहलमा स्थापना गरेको उक्त विद्यालयले अहिलेसम्म सरकारी मान्यता पाएको छैन। शुरुमा स्थानीयबासीले रकम उठाएर मासिक दर्ुइसयमा एकजना शिक्षक राखेका थिए।
    पछि ०५८ देखि ०६१ सम्म माओवादीको पहलमा निःशुल्करुपमा पढाउने व्यवस्था मिलाइदिएको स्थानीय कुमार रोकाले बताउनुभयो। विद्यालय बन्द भएपछि गुरुङनाकाका बालबालिका अविभावकसँगै घाँसदाउरा र खेतीपातीमा समय बिताउन थालेका छन्।
    गुरुङनाकाबाट नजिकको विद्यालय जान जंगलको बाटो कि त ३ घण्टा हिडेर कोइलाबास आउनुपर्ने कि त ४ घण्टा हिडेर पटौलीनाका पुग्नुपर्ने बाध्यता रहेको स्थानीय जेबी बुढाले बताउनुभयो।
    यता जिल्ला शिक्षा कार्यालय दाङले सरकारी मान्यता नपाएका कुनै पनि विद्यालयमा दरबन्दी दिन नमिल्ने जनाएको छ। विद्यालयको मान्यता पाउन स्थानीयबासीले १५ हजार धरौटी बुझाउनुपर्ने कानूनी प्रक्रिया भएको र गुरुङनाकाबासीले सो रकम जम्मा गर्न नसकेपछि अहिलेसम्म सरकारले त्यहाँ विद्यालय स्थापना गर्न मान्यता दिएको छैन।

पश्चिम दाङमा पनि उस्तै समस्या
    गाउँमै निम्न माध्यमिक स्तरको विद्यालय नभएपछि पश्चिम दाङको एक गाउँका बालबालिका  पर्ढाई छोड्न बाध्य भएका छन्। पुरन्धारा गाविस-८ जौबारीका बालवालिका गाउँमा निम्न माध्यमिक तहको विद्यालय नभएका कारण कक्षा ५ पास गरेर विद्यालय छोड्न बाध्य भएका हुन्।
    जौवारीमा प्राथमिक तहको एक मात्र विद्यालय रहेको छ। स्थानीय मोतीलाल विकका अनुसार निमावि पढ्नका लागि जंगलको बाटो पाँच घन्टाको पैदल हिड्नर्ुपर्दछ। जसका कारण बालबालिकाहरु प्राथमिक तहभन्दा माथिल्लो कक्षाको पर्ढाईबाट वञ्चित भएका छन्।
    करीब तीन सय घरपरिवार रहेको सो गाउँमा आर्थिक स्थिति न्युन भएका दलित तथा जनजातिको बसोवास रहेको बताइएको छ।
    आर्थिक अभावका कारण गाउँभन्दा टाढा डेरा गरेर पढाउन नसकिएकोले छोराछारीको पर्ढाई बीचैमा छुटाउन बाध्य भएको अविभावक गुमानसिंह विकले बताए।
    गाउँमा विद्यालय नभएका कारण बालबालिकाहरुले बीचमै पर्ढाई छाडेपनि प्राविको स्तरवृद्धिका लागि कुनै पनि पहल नगरिएको स्थानीयबासीको भनाई छ। स्थानीय बुद्धिराम विकका अनुसार अहिलेसम्म सो गाउँबाट कसैले पनि एसएलसी उतर्ीण्ा गरेका छैनन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...