Skip to main content

महायज्ञको भव्य समापन

-बिजय तिमलसिना, हेटौडा, १९ पुस/ स्थानिय ज्योति निम्न माध्यमिक बिद्यालय
र ओम वृद्धाश्रमको सहयोगार्थ चौकिटोलमा आयोजित श्रीमद्भागवत् सप्ताह
ज्ञान महायज्ञको शनिवार भव्य समापन गरिएको छ।
पांच करोड संकलन लक्ष्यसहित संचालित महायज्ञ अवधिभर तीनकरोडभन्दा बढी
रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ। हामीले पांच
करोड संकलन लक्ष्य लिएकोमा तीनकरोडभन्दा बढी रकम जम्मा गर्‍यौ।, महायज्ञ
आयोजक मूल समितिका उपाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ँहामी
सामाजिक, सांस्कृतिक र धार्मिक एकताको सन्देश दिन सफल बनेका छौ' उहांले
थप्नुभयो।
महायज्ञ समापनको क्रममा प्रमुख वाचक पण्डित दीनबन्धु पोखरेललाई
हात्तिमा चढाइ नगरपरिक्रमा गराइएको थियो। महायज्ञ मूल आयोजक समितिका
अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षता तथा वाचक पोखरेलको प्रमुख
आतिथ्यता र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलको आतिथ्यतामा
कार्यक्रम सम्पन्न भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रजिअ पौडेले
धार्मिक कार्यमार्फ सामाजिक उत्थानका े प्रयास गरिएकोमा सह्राहना
गर्नुभयो।
महायज्ञले लिएको लक्ष्य पुरा भएको भन्दै आयोजक समिति अध्यक्ष समितिका
अध्यक्ष अरुणराज सुमार्गीले महायज्ञबाट सामाजिक, सांस्कृतिक र धार्मिक
उत्थानमा टेवा पुगेको बताउनुभयो। महायज्ञ समापनसंगै वाचक पोखरेल शनिवारै
काठमाडौ प्रस्थान गर्नुभएको छ।
सात दिनसम्म चलेको महायज्ञमा पांच हजार भक्तजन अटाउन सक्ने क्षमताको
पण्डाल व्यबस्था गरिएको थियो। मञ्च र स्टेज निर्माणमा आयोजकको जांगरको
वाचक पोखरेलले खुलेरै प्रशंसा गर्नुभयो।
महायज्ञस्थलमा गंगा सुवेदीको नेतृत्वमा रहेको महिला टोलिले गृहिणीहरुलाई
साक्षर बन्न आव्हान गर्दै १० हजार पम्प्लेट वितरण गरेको थियो।
महायज्ञको अन्तिम दिन ५० लाख बढी रकम संकलन भएको आयोजकले जनाएको छ।
वाचक पोखरेलले आफूले पाउने पारिश्रमिकबाट १५ हजार ११ रुपियां महायज्ञलाई
दान गर्नुभएको छ। अन्तिम दिन रामजी दाहालले आफ्नी श्रीमतीको छैठौ पूण्य
तिथिको अवसरमा १५ हजार एकसय ११ रुपियां दान गर्नुभएको छ। महायज्ञको
अन्तिम दिन ७३ जनाको सामुहिक व्रतबन्ध गरिएको जानकारी आयोजकले दिएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...