Skip to main content

ट्राफिक प्रहरीद्वारा नम्बर इन्ट्रीका नाममा बलजफ्ती अनाधिकृत रकम संकलन

वीरगंज, २० पुस। सवारी ट्राफिक व्यवस्थापनका लागि खटाइएको रजतजयन्ती चोक भन्सार नजिक रहेको ट्राफिक प्रहरी बिटले भारतीय एवं नेपाली नम्बरका मालबाहक ट्रकहरुसंग नम्बर इन्ट्रीका नाममा बलजफ्ती लिने गरेको अनाधिकृत रकमको सवारीचालकहरुले विरोध जनाएका छन्।
भारतीय नम्बरका ट्रकहरुसंग रु. २० देखि ५० सम्म लिने गरेका ट्राफिक प्रहरीले उक्त रकम नदिने ट्रकहरुलाई चाहिनेभन्दा बढी लोड गरेको हुंदा तौल गर्नुपर्ने, माल झार्नुपर्ने जस्ता अनावश्यक झन्झट सिर्जना गरी बाध्य बनाई नम्बर इन्ट्री गर्दा तिर्नुपर्ने भन्दा तेब्बर-चौब्बर रकम असूल्ने गरेको कारण नम्बर इन्ट्रीकै बखत तोके बमोजिमको रकम दिंदा बेश हुने अवस्था बनाएको ट्रकचालकहरुले बताएका छन्।
त्यसैगरी दश बजेदेखि अफिस समयमा मालसमेतको ट्रक एवं खाली ट्रक बजारभित्र प्रवेश गर्न रोक लगाइए तापनि उक्त बिटले रु. ५० एवं १०० असूल गरी बजार प्रवेश गर्न दिने गरेको स्वयं चालकहरु बताउंछन्।
यसरी संकलन गरिएको रकम मध्य क्ष्ँेत्र ट्राफिक प्रहरी कार्यालय पथलैया लगायत वीरगंजस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुखसम्म पठाउनुपर्ने अवस्था रहेको कारण धेरै वर्षेखि चलिआएको चलनलाई हामीले थेक्दै आएको सोही बिटमा कार्यरत एक नाम नबताउन चाहने ट्राफिक प्रहरीले यस दैनिकलाई बताएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा अर्न्तर्गत रहेका ट्राफिक प्रहरीले सवारी ट्राफिक व्यवस्थापनका नाममा अनाधिकृत रकम संकलन गर्ने उल्लेखित बिट मात्र नभई आदर्शनगरस्थित ट्रान्सपोर्ट कम्पनी, वीरगंजमा चल्ने पुराना ट्रकका व्यापारीहरु, टेम्पोपार्क, बसपार्क जस्ता ठाउंहरुबाट समेत सवारीधनीहरुसंग दैनिक रकम असूल्ने गरेको बताइन्छ । नगरमा बढ्दै गएको सवारी ट्राफिक चांपका कारण दिनहुं हुने गरेको दर्ुघटना न्यूनीकरणका लागि योजनाबद्ध कार्य गर्न असफल भएको पर्सा ट्राफिक प्रहरीले अनाधिकृत रुपमा संकलन गर्ने गरेको रकम उपर रोक लगाउन सम्बन्धित निकायका उच्चपदस्थ प्रमुखहरुले ध्यान पुर्‍याउन नितान्त भएको नागरिक समाजको धारणा छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।