Skip to main content

बिद्यार्थी र शिक्षक मिलेर सडक निर्माण गरे

ज्ञानेन्द्र शर्मा
रोल्पा, १५ माघ ।
रोल्पाको राकँ गाविस वडा नं १ मा अवस्थित बुद्धि बिकाश निम्न माध्यामिक
बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सयुक्त पहलमा आज २ किलोमिटर सडक
निर्माण कार्य सम्पन्न गरेका छन् ।
बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सहभागिता र स्थानियवासीको
जनश्रमदानबाट निर्माण भएको सो सडक निर्माण कार्य सम्पन्न हुदाँसम्म करिब
५० हजार लगानी गरिएको छ ।
सडक नि.मा.बि. रातामाता राकँदेखी पाखापानीको लमाछेरा सम्म रहेको छ । सडक
निर्माण पश्चात दलसिङ्गे, लामामेला, खारा, जिवाङ लगायतका स्थानबाट त्यस
बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलार्य आवात जावतमा सहज हुने
बिद्यार्थीहरु बताउछन् ।
पश्चिम रोल्पाको बिकट गाबिस राकँ र त्यस आसपासका गाबिसहरुबाट पठन पाठन
गर्न आउने बिद्यार्थीहरुको लागि दैनिक बिद्यालय आवात जावत गर्न बाधा
भएपछि बिद्यार्थीहरु र शिक्षकहरु मिलेर बाटो निर्माणका लागि सयुक्त
जनश्रमदान गरेको उनीहरु बताउछन ।

जीबन सक्षम पुनरताजिगी तालिम

रोल्पा, १५ माघ । महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको लागि जीबन सक्षम
पुनरताजिगी तालिम आजदेखी रोल्पाको जंकोट जंकोट गाविसमा सुरु भएको छ ।
तालिममा बिशेषगरी गर्भ अबस्थामा सुत्केरीको अबस्था र प्रसुती अबस्था,
स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा दिनका लागि तालिमको आयोजना गरिएको
जंकोट हेल्थपोष्टकार् इन्चार्ज किशोर शाहले बताउनु भयो ।
तालिममा लिवाङ हेल्थपोष्टका निमिर्त्तर् इन्चार्ज जीत कुमार शर्मा र
जंकोट हेल्थपोष्टका राम कुमारी के.सी को पनि उपस्थिती रहेको छ । तालिमको
सहजीकरण लिवाङ हेल्थपोष्टका जीत कुमार शर्मा, जंकोट हेल्थपोष्टका किशोर
शाह र राम कुमारी के.सीले गर्नु भएको छ ।
भोली सम्म संचालन हुने तालिममा ९ जना महिला स्वास्थ्य स्वयम्
सेविकाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ताला खुल्यो

रोल्पा, १५ माघ । एस.एल.सी परिक्षा केन्द्र सारिएको बारेमा माबि तालाबाङ
रोल्पाको कक्षा १० का बिद्यार्थीहरुले गरेको तालाबन्दी आजदेखी खुलेको छ ।
स्रोत व्यक्ति कबिराज रिजाल, माबि तालाबाङका शिक्षकहरु, बिद्यालय
व्यवस्थापन समिती र बिद्यार्थी अभिभावक समझदारीमा बिद्यालयको तालाखोली
आजदेखी पठन पाठन सुचारु गरिएको छ ।
दर्ता तथा नबिकरण कार्य आजदेखी सुरु व्यापारीहरुको हक र हितको लागि
रोल्पा उद्योग बाणिज्य संघद्वारा पसल दर्ता तथा नबिकरण कार्य आजदेखी सुरु
गरिएको छ ।
रोल्पा बाणिज्य संघका उपाध्यक्ष सनत कुमार श्रेष्ठ, कोषाध्यक्ष शिब
प्रसाद आर्चाय, सदस्य बिष्णु कुमार चन्द सहित ५ जनाको टोलीले र्घर्तिगाउँ
बजारदेखी दर्ता तथा नबिकरण कार्य सुरु गर्दै जिनाबाङ, तालाबाङ, पाछाबाङ,
इरिबाङ, बागमारा बजारका पसलहरु दर्ता तथा नबिकरण कार्य सम्पन्न गरेको छ ।
जस अर्न्तगत पहिले दर्ता भई नबिकरण नभएका पसलहरुलाई नबिकरण गरिएको छ ।
जसमा २३ वटा पसलहरु रहेका छन् । ति मध्ये हाल दर्ता भएका ७६ पसलहरु दर्ता
तथा नबिकरण भएको छ ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।