Skip to main content

हामी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउँछौं : माओवादी

प्रचण्डको मनस्थिति खलबलिएको छ : भरतमोहन
काठमाडौं माघ १३ । संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालले सेना समायोजन विशेष
समितिको चेन अफ कमान्ड र सचिवालयको संयोजक एकीकृत माओवादी हुन नसक्ने बताएका
छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री रिजालले
सचिवालयको संयोजकमा स्वतन्त्र सुरक्षाविज्ञ रहने दाबी गरे ।
'सेना समायोजनका लागि ११२ दिनको कार्ययोजना बनेको छ' सेना समायोजन विशेष
समितिका सदस्य समेत रहेका रिजालले भने- तर समयमै संविधान निर्माण गर्नुपर्ने
भएकाले हामी ११२ दिन कुर्न सक्दैनौं ।
कृष्णप्रसाद सिटौला र कृष्णबहादुर महराले हस्ताक्षर गरेको हतियार तथा लडाकु
व्यवस्थापन सम्झौताको दफा ४.१.२ का आधारमा लडाकु समायोजन हुने उनले स्पष्ट पारे

उनले बहृत् शान्ति सम्झौतामा कहीँ पनि माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन
गर्न नभएको र प्रहरी सशस्त्र प्रहरी या अन्य सुरक्षा बलमा उनीहरुलाई समायाजन
गर्न सकिने बताए । मन्त्री रिजालले उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्न
निर्माण गठन नभएको उनको धारणा थियो ।
साथै उनले मंगलबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग माओवादी अध्यक्ष
प्रचण्डले दायाँ हात दिन तयार छु हजुरले प्रधानमन्त्री खाइदिनुपर्यो भनेको कुरा
पत्रपत्रिकामा पढेको तर यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार
कार्यक्रममा एमाले नेता भरतमोहन अधिकारीले कांग्रेस सभापति गिरिजाप्रसाद
कोइरालालाई माओवादी अध्यक्ष प्रचण्डले दायाँ हात दिन तयार रहेको बताएपछि उच्च
संयन्त्र षडयन्त्र हो भन्ने पुष्टि भएको बताए । 'प्रचण्डको मनस्थिति खलबलिएको छ
उहाँले सत्ताबाहेक केही देख्न छाड्नुभएको छ' अधिकारीले भने- गिरिजाबाबुजस्तो
बूढा मान्छेलाई फकाउनु असन्तुलित मानसिकताको उपज हो ।
सरकार ढाल्ने र बनाउने खेलले शान्ति र संविधान अनिश्चित बन्ने उनले बताए । उनले
भने- माधवकुमार नेपाल नेतृत्वको सरकारलाई नै एमालेको पूर्ण समर्थन छ ।
माओवादी नेता जनार्दन शर्माले मन्त्रीहरुले तोतामैनाले जस्तो सुरक्षाकर्मीको
भाषा बोलिरहेको आरोप लगाए । सेना समायोजनका विभिन्न बखेडा सिर्जना गरेर संविधान
नबनाउने खेल खेलिएको उनले बताए । साथै उनले मन्त्री रिजालले विशेष समितिका
सदस्य रहेर त्यसको आचारसंहिता उल्लंघन गरेको आरोप लगाए । 'कठपुतली सरकारका
मन्त्रीहरु जे पायो त्यही बक्दै हिँडेका छन्' उनले भने- राष्ट्रपतिलाई समेत
कानुन तोड्न उक्साउनेले आचारसंहिता तोड्नु अनौठो भएन ।
नेता शर्माले प्रचण्डले कोइरालालाई प्रधानमन्त्री खाइदिनुपर्यो नभनेको जिकिर
गरे । 'हुँदै नभएको कुरा पत्रपत्रिकामा आएको छ' उनले भने- हामीले कोइरालालाई
प्रधानमन्त्री बनाउने कुरा हुनै सक्दैन हामी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार
बनाउँदैछौं ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...