Skip to main content

न्याय र स्वतन्त्रताको लागि आवाज

ज्ञानेन्द्र शर्मा/लिवाङ
लिवाङ रोल्पा माघ १० गते
एकीकृत ने.क.पा माओवादी मगराँत राज्य समिति सेक्रेटरी पर्ूण्ा र्घर्तीले
विगतमा पनि न्याय र स्वतन्त्रताको लागि आवाज उठाउँदा सत्तापक्षले दमन
गरेकाले आन्दोलन गर्न बाध्य भएको बताउदै हालको सरकारले पनि शान्तपर्ूण्ा
आन्दोलनलाई दबाएर तह लगाउन खोजेकेा आरोप लगाउनुभयो।
एकिकृत ने.क.पा.माओवादीले आज रोल्पाको सुलिचौरमा गरेको आम सभालाई
सम्बोधन गर्दै सेक्रेटरी र्घर्तिले सो कुरा बताउनु भएको हो।
उहाँले सरकारी दमनको बिरुद्धमा देशैभरी आन्दोलन भएकाले आन्दोलनको
नेतृत्व नेकपा माओवादीले गर्ने बताउनु भयो। उहाँले नागरिक सर्बोच्चता
बहालि नहुदाँसम्म नयाँ सबिधान, राष्ट्रिय स्वाधिनता, सेना समायोजन र दीगो
शान्ति स्थापना नहुने बताउनु भयो।
सेक्रेटरी र्घर्तिले राष्ट्रिय स्वाधिनताको पक्षमा सरकार मौन रहेपनि
एकिकृत नेकपा माओवादीले जनताको साथमा आन्दोलन गरी राष्ट्रिय स्वाधिनताको
मुद्दालाई अगाडी बढाउने बताउनु भयो।
सभालाई सम्बोधन गर्दै राजकुमार कक्षपतीले सदैब जनताहरु सचेत रहन आग्रह
गर्नु भयो। आश बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन
झिल्कोले गर्नुभएको थियो भने जन्जीरले स्वागत मन्तव्य दिनु भएको थियो।
कार्यक्रममा जलजला सास्कृतिक परिवारले बिभिन्न गित प्रस्तुत गरेको थियो।
कार्यक्रममा रोल्पा जिल्लाको १ नम्बर कमाण्डका जनताहरुको सहभागिता रहेको
थियो।
यसैगरी रोल्पाको होलेरीमा जनसभा सुरु भएको छ। सभालाई एकिकृत नेकपा
माओवादीका केन्द्रीय सदस्य दिपेन्द्र पुन र केन्द्रय सल्लाहकार हस्त
बहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ। कार्यक्रममा जिल्ला सेक्रेटरी
चुडामणी वली आर्दश र २ मगरात राज्य समिती सदस्य रेशम पुनको उपस्थिती
रहेको छ। कार्यक्रममा करिब ४ हजार जनाको सहभागिता रहेको छ।
यसैगरी रोल्पाको थवाङमा भएको आमसभालाई सम्बोधन गर्दै एकिकृत माओवादीका
केन्द्रीय सल्लाहकार नन्द बहादुर बुढाले जनयुद्ध पर्ूव बावुराम
भट्टर्राईको संयोजकत्वमा राष्ट्रियता, गणतन्त्र र जन जिवीकाको
मुद्दाहरुलाई उठाइएको र अहिले सो मुद्दालाई प्रमुख प्राथमिकतामा राखेर
राष्ट्रिय स्वाधिनता र नागरिक सर्बोच्चताको आनदोलनलाई सशक्त रुपमा अगाडी
बर्ढाईएको बताउनु भयो।
उहाँले बर्तमान सरकार बिदेशीहरुको प्रत्यक्ष निर्देशनमा चलेकाले यसले
जनताको पक्षमा कुनैपनि काम गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो।
कार्यक्रममा माओवादी रोल्पा जिल्लार् इन्चार्ज बिकल्पले नेपाल र
नेपालीको राष्ट्रियता गम्भिर संकटमा पर्दै गएकाले बिदेशी हस्तक्षप नाङ्गो
रुपमा बढिरहेकोले सर्म्र्पूण देशभक्त गणतन्त्रबादीहरु एकताबद्ध भएर
राष्ट्रिय स्वाधिनता र नागरिक सर्बोच्चताको लर्डाई लड्नु पर्ने बताउनु
भयो।
कार्यक्रममा मगरात राज्य समिती सदस्य प्रताप लगायतका अतिथीहरुले मन्तव्य
राख्नु भएको थियो। अबशेषको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हित
प्रसाद रोकाले गर्नुभएको थियो। कार्यक्रममा करिब ५ सय जनाको उपस्थिती
रहेको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...