Skip to main content

हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता, जन आन्दोलन समितीको घोषणा, गाउँ परिषद सम्पन्न बिद्युत प्राधिकरणको प्रशारण लाईन बन्द

हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता
ज्ञानेन्द्र शर्मा
रोल्पा, ११ माघ। नेपाल परिवार स्वास्थ्य कार्यक्रम र भि.सि.पी रोल्पाको
सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पाको
बडाचौरमा उमाबिमा हाजिरि जवाफ र लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ।
हाजिरी जवाफ प्रतियोगिता तर्फगौरी शंकर निमाबि प्रथम, उच्च माबि बडाचौर
द्वितिय, सुर्योदय माबि मिझिङ तृतिय भएका छन्।
यसैगरी लोकगित तर्फअनुराधा खड्का र कुशमला रोका पहिलो, कमला बिष्ट र
प्रेम कुमारी बस्नेत दोस्रो र मिना केसी र दिलसरा रोका तेस्रो भएका छन्।

साथै कार्यक्रममा महिलाको लागि स्थाई बन्ध्याकरण र अस्थायी परवार
नियोजनका साधन राख्ने कार्यक्रम संचालन भइरहेको छ।

अहिले सम्म ११ जना महिलाले स्थायी बन्ध्याकरण, २० जना महिलाले
इम्प्लान्ट, आई.यु.सि.डी १२ जनाले लिएका छन्।

कार्यक्रममा स्वास्थ्य पर्दशनीका साथै स्वास्थ्य सम्बन्धि भिडियो चित्र
प्रस्तुुत गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख
डा.युबराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दलबहादुर
डागीँले गर्नुभएको थियो।


बिद्युत प्राधिकरणको प्रशारण लाईन बन्द

ज्ञानेन्द्र शर्मा/लिवाङ

लिवाङ रोल्पा माघ ११ गते

रोल्पाको इरिबाङ गाविसमा शनिवार बेलुकीदेखी बिद्युत प्राधिकरणको प्रशारण
लाईन बन्द भएको छ। बिद्युत उपकरणको उपकरणको रिटीफाएरले काम गर्न छाडेको
कारण बिद्युत प्रसारण बन्द भएको हो।

सो उपकरणलाई मर्मतको लागि इरिबाङ बिद्युत व्यवस्थापन समितीको बैठक बसेको
छ। बैठक बिर बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको हो।

बेठकले प्राधिकरणको नयाँ उपकरण खरिदका लागि ४ लाख ५० हजार आर्थिक संकलन
गरी बन्द रहेको लाईन तत्कालै प्रशारण गरिने निर्ण्र्ाागरेको बिद्युत
प्राधिकरणका प्राबिधिक चन्द्र बहादुर के.सी.ले बताउनु भयो।

गाउँ परिषद सम्पन्न

ज्ञानेन्द्र शर्मा/लिवाङ

लिवाङ रोल्पा माघ ११ गते

बजेट पारिद भए लगत्तै रोल्पा जिल्लामा गाउँ परिषद धमाधम चलिरहेको छ। यसै
विच आर्थिक बर्ष२०६६/०६७ को बाह्रौ मिरुल गाउँ परिषद सम्पन्न भएको छ।

परिषदमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, शिक्षक, नागरिक समाज,
र्सबसाधरण, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

परिषदले २५ लाख ७५ हजार मध्ये प्रशासनिक खर्चतर्फ४ लाख २० हजार,
प्राबिधिक तालिम खर्च तर्फ६४ हजार ९ सय ५०, सामाजिक सुरक्षा कार्यक्रम
तर्फ६ लाख २७ हजार १ सय ५, म्याचिङ फन तर्फ२८ हजार ७ सय ८२ र बिकास
निमार्ण्र्ाार्फ१४ लाख ३४ हजार ४ सय ६३ रुपैया बिनियोजन गरेको छ।

बिकास निर्माण तर्फमुख्य गरी घोडेटोबाटो, कृषि सडक, झोलङ्गे पुल र लघु जल
बिद्युतलाई जोड दिइएको छ। कार्यक्रम गाविस सचिव युबराज थापाको
अध्यक्षतामा सम्पन्न भएको थियो।

जन आन्दोलन समितीको घोषणा

ज्ञानेन्द्र शर्मा/लिवाङ

लिवाङ रोल्पा माघ ११ गते

जन आन्दोलन समितीको घोषणा सभा रोल्पाको पाखापानी स्थित माबि सिमखोलाको
प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रम जनआन्दोलन समिती अखिल नेपाल शिक्षक
संगठन समितकिा संयोजक रहेश प्रकाश मल्लको संयोजकत्वमा सम्पन्न भएको थियो।

सभाले राम बहादुर वलीको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरेको छ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका एरियार् इन्चार्ज चन्द्रकला वली,
मगरात राज्य समिती सदस्य सुन्दर वली, जिल्ला समिती सदस्य राम बहादुर वली,
अखिल नेपाल शिक्षक संघका दर्ुगा प्रसाद वली, माबि सिमखोलाका प्र.अ
योगनारायण दास, राजन वली बिद्यार्थी संगठनका संयोजक कल्याण थापा लगायतले
मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।